-
प्रस्थान ३०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिमीले त्यस वेदीमा परमेश्वरले तोक्नुभएको बाहेक अरू किसिमका धूप नबाल्नू+ अनि त्यहाँ अग्निभेटी, अन्नभेटी वा मद्यभेटी पनि नचढाउनू।
-
-
लेवी १६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ हारुनका दुई छोराको मृत्युपछि यहोवा परमेश्वरले मोसालाई केही नियम दिनुभयो। उनीहरू अनुचित तरिकामा यहोवा परमेश्वरसामु गएकोले मरेका थिए।+ २ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+
-