-
प्रस्थान २३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ कुनै गरिबको मुद्दाको फैसला गर्दा तिमीले पक्षपात नगर्नू।+
-
-
व्यवस्था १:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “त्यतिबेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यस्तो निर्देशन दिएको थिएँ, ‘मुद्दामामिलाको फैसला गर्दा तिमीहरूले पक्षपात नगर्नू,+ चाहे त्यो इस्राएली-इस्राएलीबीचको होस् वा इस्राएली अनि इस्राएलीहरूमाझ बसोबास गर्ने विदेशीबीचको।+ १७ तिमीहरूले न्याय गर्दा कसैको पक्ष नलिनू।+ साना-ठूला सबैको कुरा सुन्नू।+ तिमीहरूले परमेश्वरको तर्फबाट न्याय गर्ने+ भएकोले मानिसदेखि नडराउनू;+ यदि कुनै मामिला सुल्झाउन तिमीहरूलाई एकदमै गाह्रो भयो भने त्यसलाई मकहाँ ल्याउनू। त्यो मामिला म हेर्नेछु।’+
-
-
२ इतिहास १९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि तिनले ती न्यायकर्ताहरूलाई यसो भने: “तपाईँहरू आफ्नो काम सोचविचार पुऱ्याएर गर्नुहोस् किनकि तपाईँहरू कुनै मान्छेको तर्फबाट होइन, यहोवा परमेश्वरको तर्फबाट न्याय गर्दै हुनुहुन्छ। जब तपाईँहरू कुनै फैसला सुनाउनुहुन्छ, तब उहाँ तपाईँहरूको साथमा हुनुहुनेछ।+
-
-
रोमी २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ किनकि परमेश्वर कसैको पक्षपात गर्नुहुन्न।+
-