-
व्यवस्था १:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तिमीहरूले आ-आफ्नो पालमा बसेर यसो भन्दै गनगन गरिरह्यौ, ‘यहोवा परमेश्वर हामीलाई घृणा गर्नुहुन्छ। त्यसैले त उहाँले हामीलाई एमोरीहरूको हातमा सुम्पन र नाश गर्न मिश्रबाट* छुटाएर यहाँ ल्याउनुभयो। २८ हाय, हामी कस्तो ठाउँमा जाँदै छौँ! त्यो देश हेरेर आउनेहरूले हामीलाई यसो भनेर हतोत्साहित बनाए,+ “त्यहाँका मानिसहरू हामीभन्दा एकदमै बलिया अनि अग्ला रहेछन्। त्यहाँका सहरहरू एकदम ठूलठूला रहेछन् अनि आकाशै छुने पर्खालले घेरिएका रहेछन्।+ हामीले त्यहाँ अनाकीहरू पनि देख्यौँ।”’+
-