-
उत्पत्ति १२:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+ २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष् दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष् साबित हुनेछौ।+ ३ तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।”*+
-
-
उत्पत्ति २२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तब यहोवा परमेश्वरको दूतले स्वर्गबाट अब्राहामलाई फेरि बोलाए
-
-
उत्पत्ति २६:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष् दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+ ४ ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु+ र तिनीहरूलाई म यो सबै इलाका दिनेछु।+ तिम्रा सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्।’+
-