-
१ समुएल १८:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० भोलिपल्ट परमेश्वरले साउलको मन बेचैन हुन दिनुभयो।+ अरू बेलाजस्तै दाउदले साउलको महलमा वीणा बजाइरहेको बेला+ साउलले अनौठो व्यवहार* गर्न थाले। त्यतिबेला साउलको हातमा भाला थियो।+ ११ अनि साउलले मनमनै यसो भन्दै दाउदलाई भाला हाने:+ ‘यसलाई त म भित्तामै उनिदिन्छु!’ साउलले दुई पटक यसो गरे तर दाउद दुवै पटक उम्के।
-
-
१ समुएल १९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० साउलले दाउदलाई भालाले हानेर भित्तामै उनिदिन खोजे तर दाउदले छले। भालाचाहिँ भित्तामा गड्यो। त्यही रात दाउद त्यहाँबाट भागे।
-