प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १७:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले उनी गइन्‌ र एलियाले भनेझैँ गरिन्‌। एलिया, ती विधवा र उनको परिवारको निम्ति धेरै दिनसम्म खानेकुरा पुग्यो।+ १६ यहोवा परमेश्‍वरले एलियामार्फत भन्‍नुभएझैँ घ्याम्पोको पीठो सिद्धिएन र भाँडोको तेल पनि रित्तिएन।

  • १ राजा १७:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवा परमेश्‍वरले एलियाको बिन्ती सुन्‍नुभयो+ र त्यो बालक जिउँदो भयो।+

  • १ राजा १७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तब ती स्त्रीले एलियालाई भनिन्‌: “अब मलाई पक्का भयो, तपाईँ साँच्चै यहोवा परमेश्‍वरका सेवक हुनुहुँदो रहेछ+ र तपाईँको मुखबाट निस्केको उहाँको वचन सत्य रहेछ।”

  • १ राजा १८:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ त्यतिबेला साँझको अन्‍नभेटी चढाउने समय भएको थियो।+ भविष्यवक्‍ता एलिया वेदीनजिकै गए र यसो भने: “हे यहोवा! अब्राहाम,+ इसहाक+ र याकुबका* परमेश्‍वर! इस्राएलमा तपाईँ मात्र परमेश्‍वर हुनुहुन्छ अनि म तपाईँको सेवक हुँ र तपाईँकै आज्ञाअनुसार मैले यी सब गरेको हुँ भनी आज साबित गरिदिनुहोस्‌।+

  • १ राजा १८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तब यहोवा परमेश्‍वरले आगो पठाउनुभयो र त्यसले अग्निभेटी, दाउरा, ढुङ्‌गा र धुलो सबै भस्म पारिदियो+ अनि खाल्टोको पानी पनि सुकाइदियो।+

  • १ राजा १८:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ तर यहोवा परमेश्‍वरले आफ्नो हात एलियामाथि राख्नुभयो। तिनले आफ्नो लुगा माथि सारेर कम्मरमा कसे अनि आहाबको अघिअघि दौडेर यिज्रेलसम्मै पुगे।

  • २ राजा २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि एलियाले आफ्नो लुगा* लिए+ र त्यसलाई बटारेर पानीमा हिर्काए। तब नदीको पानी दायाँ र बायाँ अलग भयो। त्यसपछि तिनीहरूले सुक्खा जमिनमा हिँडेर नदी पार गरे।+

  • २ राजा २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरू आपसमा कुरा गर्दै हिँडिरहेको बेला अचानक त्यहाँ अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे+ अनि तिनीहरू दुई जनालाई अलग पारे। त्यसपछि आँधीले एलियालाई आकाशतिर उठाएर लग्यो।+

  • लुका १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साथै बुबाहरूको हृदय छोराछोरीतर्फ फर्काउन+ र अनाज्ञाकारीहरूलाई धर्मी मानिसहरूको बुद्धि दिन ऊ एलियाको जोस* र शक्‍तिका साथ+ उहाँको अघिअघि जानेछ। यसरी उसले यहोवा* परमेश्‍वरको निम्ति योग्य मानिसहरू तयार पार्नेछ।”+

  • युहन्‍ना १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तब यहुदीहरूले यरुसलेमबाट पुजारी अनि लेवीहरू पठाए र युहन्‍नालाई “तिमी को हौ?” भनी सोध्न लगाए।+

  • युहन्‍ना १:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ अनि उनीहरूले तिनलाई सोधे: “त्यसोभए तिमी को हौ त? के तिमी एलिया हौ?”+ तिनले जवाफ दिए: “होइनँ।” “के तिमी भविष्यवक्‍ता हौ त?”+ तिनले जवाफ दिए: “होइनँ!”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने