प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ मसित माग र म जातिजातिका मानिसलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु

      अनि सारा पृथ्वी तिमीलाई सुम्पनेछु।+

       ९ तिमीले तिनीहरूलाई फलामको राजदण्डले फोर्नेछौ;+

      माटोको भाँडोलाई जस्तै चकनाचुर पार्नेछौ।”+

  • भजन ४५:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ पूरै वैभवमा सवार भएर विजयतर्फ* अघि बढ;+

      सत्य, नम्रता र धार्मिकताको लागि सवार होऊ+

      अनि तिम्रो दाहिने हातले अचम्म-अचम्मका कामहरू गर्नेछ।*

       ५ तिम्रा तीखातीखा काँडहरूले राजाका शत्रुहरूको मुटु नै छेड्‌छ+

      अनि तिनीहरू तिम्रो चरणमा आएर ढल्छन्‌।+

  • मत्ति २८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि नजिक गएर येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।+

  • प्रकाश ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि हेर, मैले एउटा सेतो घोडा देखेँ।+ त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो+ अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे।+

  • प्रकाश १२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तब ती स्त्रीले एउटा बालक, हो, एउटा छोरा जन्माइन्‌,+ जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्‍याउनेछ।+ त्यसपछि तिनको बालकलाई खोसेर परमेश्‍वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो।

  • प्रकाश १९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्‍वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्‍वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्‌।

  • प्रकाश १९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्‍याउनेछन्‌।+ साथै तिनले सर्वशक्‍तिमान्‌ परमेश्‍वरको भयानक क्रोधको कोल पनि पेल्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने