प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २२:८-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ पृथ्वी बेसरी काँप्न र हल्लिन थाल्यो;+

      उहाँ रिसाउनुभएकोले आकाशका जगहरू डगमगाए+

      र यताउता हल्लिन थाले।+

       ९ उहाँको नाकको पोराबाट धुवाँ निस्कियो;

      उहाँको मुखबाट दनदनी बलेको आगो निस्कियो;+

      बलिरहेको भुङ्‌ग्रो उहाँबाट निस्कियो।

      १० तल झर्दा उहाँले आकाशलाई निहुराउनुभयो+

      अनि उहाँको पैतालामुनि निस्पट्ट अन्धकार थियो।+

      ११ उहाँ करूबमाथि* सवार भएर उड्‌दै आउनुभयो।+

      स्वर्गदूतको* पखेटामा उहाँ देखा पर्नुभयो।+

      १२ उहाँले आफूवरपर अन्धकारलाई पालजस्तै फिँजाउनुभयो;

      मडारिएको कालो बादलले आफैलाई ढाक्नुभयो।+

      १३ उहाँसामु बिजुली चम्कियो र त्यसबाट बलिरहेको भुङ्‌ग्रो निस्कियो।

      १४ तब यहोवा आकाशबाट गर्जन थाल्नुभयो+

      सर्वोच्च परमेश्‍वरले आफ्नो स्वर सुनाउनुभयो।+

      १५ उहाँले काँडहरू बर्साउनुभयो+ र शत्रुहरूलाई तितरबितर पार्नुभयो;

      बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+

      १६ यहोवाको हप्काइले गर्दा,

      उहाँको नाकबाट निस्केको सासको वेगले गर्दा+

      समुद्रको पिँध देखियो र धर्तीका जगहरू उदाङ्‌ग भए।+

  • भजन ७७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तपाईँको गर्जनको आवाज+ रथको पाङ्‌ग्राको जस्तो थियो;

      बिजुली चम्कँदा धर्ती नै उज्यालो भयो;+

      पृथ्वी काँप्यो र हल्लियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने