प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १५:१-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?

      तपाईँको पवित्र डाँडामा को बस्न पाउला?+

       २ त्यो मानिस, जसले निर्दोष* जीवन बिताउँछ,+

      जसले असल काम गर्छ+

      र मनैदेखि सत्य बोल्छ।+

       ३ त्यो मानिस, जसले निन्दा गर्दैन,+

      छिमेकीको खराबी गर्दैन+

      र साथीहरूको बेइज्जत गर्दैन।*+

       ४ त्यो मानिस, जसले नीच मानिसलाई तिरस्कार गर्छ+

      तर यहोवाको डर मान्‍नेलाई आदर गर्छ

      र आफ्नै हानि भए पनि आफ्नो वचन* पूरा गर्छ।+

       ५ त्यो मानिस, जसले पैसा ब्याजमा लगाउँदैन,*+

      जसले निर्दोष मानिसविरुद्ध घुस लिँदैन।+

      यस्ता कामहरू गर्ने कहिल्यै डग्नेछैन।*+

  • भजन २७:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तर मैले यहोवासित एउटा कुरा मागेको छु,

      —मैले चाहेको पनि यही हो—

      यहोवाको शोभा हेर्न

      र कृतज्ञ भई* उहाँको मन्दिरलाई हेर्न+

      जीवनभर यहोवाको भवनमा* रहन पाऊँ।+

  • भजन ६५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छ

      र तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+

      तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूले

      हामी तृप्त हुनेछौँ।+

  • भजन १२२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२२ तिनीहरूले मलाई यसो भन्दा म रमाएँ:

      “आऊ, हामी यहोवाको भवनमा जाऔँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने