-
१ तिमोथि ६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर जो हरहालतमा धनी बन्न चाहन्छन्, तिनीहरू प्रलोभन र पासोमा पर्छन्+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+ १० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन् र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका छन्।+
-