प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ;+

      तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो।+

  • भजन ७२:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७२ हे परमेश्‍वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्‌,

      राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्‌।+

       २ तिनी धार्मिकतासाथ तपाईँका मानिसहरूको पक्षमा खडा होऊन्‌।

      अनि तपाईँका पीडित जनहरूलाई न्याय दिलाऊन्‌।+

  • यसैया ९:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+

      हाम्रो लागि एउटा छोरा दिइएको छ।

      शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+

      तिनलाई बुद्धिमान्‌ सल्लाहकार,+ शक्‍तिशाली ईश्‍वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्‍ने नाम दिइनेछ।

       ७ तिनको शासन सबैतिर फैलँदै जानेछ

      र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+

      दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्‌।

      आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+

      तिनले अहिले र सदासर्वदा

      धार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्‌।

      सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।

  • यसैया ३२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ हेर! राजाले+ न्यायोचित+ शासन गर्नेछन्‌;

      राजकुमारहरूले न्यायसित शासन गर्नेछन्‌।

  • यर्मिया २३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्‌।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्‌, देशमा न्याय कायम गर्नेछन्‌ र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने