-
प्रस्थान ३४:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। ७ मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ।+ म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु+ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्दिनँ।+ बुबाले गरेको गल्तीको सजाय तिनका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिन्छु।”+
-
-
यर्मिया ४६:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ ‘तर ए मेरो दास याकुब, नडराऊ
अनि ए इस्राएल, भयभीत नहोऊ।+
किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु,
तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+
याकुब आफ्नो भूमिमा फर्केर शान्तिसित बस्नेछ
र कसैले पनि उसलाई तर्साउनेछैन।’+
२८ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले ए मेरो दास याकुब, नडराऊ किनकि म तिम्रो साथमा छु।
जुन-जुन देशमा मैले तिमीलाई छरपस्ट पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+
तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+
ठीक मात्रामा अनुशासन दिनेछु।*+
तिमी सजाय नपाई उम्कनेछैनौ।’”
-