प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्‍नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+ २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस्‌ भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई पक्का गर्छ।+

  • लुका २२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० साँझको खाना खाइसकेपछि उहाँले कचौरा पनि लिएर त्यसै गर्नुभयो र भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको+ आधारमा+ बाँधिनेछ।

  • १ कोरिन्थी ११:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो+ र भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।+ जब-जब तिमीहरू यसबाट पिउँछौ, तब-तब मेरो सम्झनामा यो गर्ने गर।”+

  • हिब्रू ८:८-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ किनकि उहाँ यसो भनेर मानिसहरूलाई दोषी ठहराउनुहुन्छ: “‘हेर, यस्ता दिनहरू आउँदै छन्‌,’ यहोवा* भन्‍नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु। ९ त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा+ तिनीहरूसित गरेको करारजस्तो हुनेछैन किनकि तिनीहरूले मेरो करार भङ्‌ग गरेकोले मैले तिनीहरूको वास्ता गर्न छोडिदिएँ,’ यहोवा* भन्‍नुहुन्छ।

      १० “‘ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,’ यहोवा* भन्‍नुहुन्छ। ‘मेरा नियमहरू म तिनीहरूको दिमागमा राखिदिनेछु र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।+

      ११ “‘तिनीहरूमध्ये कसैले पनि आफ्नो देशवासीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: “यहोवालाई* चिन!” किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌। १२ किनकि म तिनीहरूका खराब कामहरू माफ गरिदिनेछु र फेरि कहिल्यै तिनीहरूका पापहरू सम्झनेछैनँ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने