१२ साथै उहाँबाहेक+ अरू कसैद्वारा उद्धार हुन सक्दैन किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।”+
३१ इस्राएलले पश्चात्ताप गरोस् र पापहरूको क्षमा पाओस्+ भनेर परमेश्वरले उहाँलाई मुख्य माध्यम+ र उद्धारकको+ रूपमा उच्च पार्नुभयो अनि आफ्नो दाहिने बाहुलीतर्फ राख्नुभयो।+
७ ख्रिष्टले आफ्नो रगतद्वारा तिर्नुभएको फिरौतीमार्फत+ हामीले छुटकारा पाएका छौँ। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौँ,+ जुन हामीमाथि परमेश्वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।
२५ यसैले गर्दा उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।+
२४ हामी पापहरूबाट मुक्त हुन सकौँ अनि हामीले धर्मी जीवन बिताउन सकौँ भनेर उहाँ हाम्रा पापहरू बोकेर+ खम्बामा* टाँगिनुभयो।+ अनि “उहाँका चोटहरूद्वारा तिमीहरू निको भयौ।”+