-
हिब्रू ९:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यदि अशुद्ध भएका मानिसहरूमाथि बोका र बहरहरूको रगत+ अनि कोरलीको* खरानी छर्कँदा तिनीहरूको शरीर परमेश्वरको नजरमा शुद्ध हुन्छ भने+ १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्तिद्वारा परमेश्वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्वरलाई पवित्र सेवा चढाउन सकौँ?+
-
-
१ युहन्ना २:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हे मेरा साना केटाकेटी हो, म तिमीहरूलाई यी कुराहरू लेख्दै छु ताकि तिमीहरूले पाप नगर। तर यदि कसैले पाप गरिहाल्यो भने पनि बुबासँग हाम्रो निम्ति एक जना मदतगार* हुनुहुन्छ अर्थात् येसु ख्रिष्ट,+ जो धर्मी हुनुहुन्छ।+ २ अनि हाम्रा पापहरूका लागि उहाँ प्रायश्चितको बलिदान+ हुनुहुन्छ,+ भनौँ भने हाम्रो लागि मात्र होइन तर सारा संसारका पापहरूका लागि।+
-
-
१ युहन्ना ३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरूलाई यो पनि थाह छ, हाम्रा पापहरू मेटाउन येसु ख्रिष्ट प्रकट हुनुभएको थियो+ र उहाँमा कुनै पाप छैन।
-
-
१ युहन्ना ४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यसबाहेक बुबाले आफ्नो छोरालाई यस संसारको उद्धारकको रूपमा पठाउनुभएको हो+ भनेर हामी आफैले देखेका छौँ र त्यसको साक्षी दिइरहेका पनि छौँ।
-