प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि येसुले त्यस केटोमा बास गरेको प्रेतलाई* हप्काउनुभयो र त्यो प्रेत त्यस केटोबाट निस्क्यो अनि उत्तिखेरै ऊ निको भइहाल्यो।+

  • मर्कुस १:२३-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसबेला प्रेतले* सताएको एक जना मानिस पनि तिनीहरूको सभाघरमा थियो अनि उसले चिच्याउँदै यसो भन्यो: २४ “हे नासरी येसु, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”+ २५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज!”

  • लुका ४:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “हे नासरी येसु,+ तपाईँको हामीसित के सरोकार?* के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ।”+ ३५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज।” तब त्यस प्रेतले उसलाई सबैको अगाडि पछाऱ्‍यो र उसलाई कुनै चोट नपुऱ्‍याई बाहिर निस्क्यो।

  • प्रेषित १०:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ अर्थात्‌ नासरतबाट आउनुभएको येसुको। परमेश्‍वरले उहाँलाई पवित्र शक्‍ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्‌नुभयो। परमेश्‍वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने