-
मत्ति २०:१७-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यरुसलेम उक्लँदै गर्दा येसुले १२ जना चेलालाई अलग्गै एक ठाउँमा लैजानुभयो र यसो भन्नुभयो:+ १८ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्+ १९ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन् अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्, उसलाई कोर्रा लगाउनेछन् र खम्बामा टाँग्नेछन्+ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+
-
-
लुका १८:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ तब ती १२ जना चेलालाई अलग्गै लगेर उहाँले भन्नुभयो: “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ। अनि मानिसको छोराको विषयमा भविष्यवक्ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन्।+ ३२ जस्तै: ऊ अन्यजातिका मानिसहरूको हातमा सुम्पिइनेछ,+ उसको गिल्ला गरिनेछ,+ बेइज्जत गरिनेछ र उसलाई थुकिनेछ।+ ३३ अनि कोर्रा लगाएपछि तिनीहरूले उसलाई मार्नेछन्+ तर तेस्रो दिनमा ऊ ब्युँतनेछ।”+
-