प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌+ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्‌।+ १८ मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ।+ अनि तिमीहरूले तिनीहरूलाई र जातिजातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।+

  • मत्ति २४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्‌+ र मार्नेछन्‌+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।+

  • मर्कुस १३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तिमीहरूचाहिँ सतर्क रहो किनकि मानिसहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌।+ तिमीहरू सभाघरहरूमा कुटिनेछौ+ र मेरो खातिर तिमीहरू राज्यपाल अनि राजाहरूसामु कठघरामा उभ्याइनेछौ र तिमीहरूले उनीहरूलाई साक्षी दिनेछौ।+

  • प्रेषित २५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यसकारण भोलिपल्ट अग्रिपा र बर्णिस आफ्ना सेनापतिहरू र सहरका प्रतिष्ठित मानिसहरूसहित बडो धूमधामका साथ सभाकक्षमा प्रवेश गरे। अनि फेस्तसले आदेश दिएपछि पावललाई भित्र ल्याइयो।

  • प्रकाश २:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।+ हेर! तिमीहरूको पूर्ण रूपमा जाँच होस्‌ र तिमीहरूले दस दिन सङ्‌कष्ट भोग भनेर दियाबलले तिमीहरूमध्ये कोही-कोहीलाई बारम्बार झ्यालखानामा हाल्नेछ। मृत्युसम्मै आफूलाई विश्‍वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने