प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+

  • युहन्‍ना १६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि न्यायको विषयमा किनकि यस संसारको शासकको न्याय भएको छ।+

  • प्रेषित २६:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि म तिमीलाई यो जाति अनि अन्यजातिका मानिसहरूको हातबाट जोगाउनेछु, जसकहाँ म तिमीलाई पठाउँदै छु।+ १८ तिनीहरूले ममाथि राखेको विश्‍वासको आधारमा आफ्ना पापहरूको क्षमा पाऊन्‌+ अनि मैले पवित्र ठहराएकाहरूले पाउने उत्तराधिकार पनि पाऊन्‌ भनेर तिनीहरूको आँखा खोल्न,+ तिनीहरूलाई अन्धकारबाट+ ज्योतितिर+ फर्काउन र सैतानको अख्तियारबाट+ मुक्‍त गरेर परमेश्‍वरको अख्तियारमुनि ल्याउन म तिमीलाई तिनीहरूकहाँ पठाउँदै छु।’

  • २ कोरिन्थी ४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ वास्तवमा यदि हामीले घोषणा गर्ने सुसमाचारमा घुम्टो लागेको छ भने यो नष्ट हुनेहरूका लागि घुम्टो लागेको हो। ४ विश्‍वास नगर्ने ती मानिसहरूमाथि परमेश्‍वरको प्रतिरूप+ ख्रिष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्‌+ भनेर यस युगको* ईश्‍वरले+ तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।+

  • एफिसी २:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यसबाहेक परमेश्‍वरले तिमीहरूलाई जीवित पार्नुभयो किनकि तिमीहरू आफ्ना अपराधहरू अनि पापहरूले गर्दा मरेका थियौ।+ २ तिमीहरू कुनै बेला यस युगको तौरतरिकाअनुसार*+ अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको+ इच्छाअनुसार चल्थ्यौ, जुन मनोभावले+ अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ।

  • १ युहन्‍ना ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हामी परमेश्‍वरका हौँ भनी हामीलाई थाह छ तर सारा संसार त्यस दुष्टको* हातमा परेको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने