प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • खासखास अवसरमा चढाइने भेटीहरू (१-१५)

      • कुलनायकको सम्पत्तिको उत्तराधिकारी (१६-१८)

      • भेटीका जनावरहरू उमाल्ने ठाउँ (१९-२४)

इजकिएल ४६:१

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४०:३२
  • +प्रस्थ २०:९
  • +इज ४४:१, २

इजकिएल ४६:२

मार्जिनल रेफरेन्स

  • +इज ४४:३

इजकिएल ४६:३

मार्जिनल रेफरेन्स

  • +भज ८१:३; यसै ६६:२३

इजकिएल ४६:४

मार्जिनल रेफरेन्स

  • +गन २८:९, १०; इज ४५:१७

इजकिएल ४६:५

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४६:११

इजकिएल ४६:६

मार्जिनल रेफरेन्स

  • +गन २८:११-१५

इजकिएल ४६:८

मार्जिनल रेफरेन्स

  • +इज ४६:२

इजकिएल ४६:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१४; व्य १६:१६
  • +इज ४०:२०
  • +इज ४०:२४

इजकिएल ४६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९९, पृ. १६

इजकिएल ४६:११

मार्जिनल रेफरेन्स

  • +इज ४५:२१, २४; ४६:६, ७

इजकिएल ४६:१२

मार्जिनल रेफरेन्स

  • +लेवी १:३
  • +इज ४५:१७
  • +इज ४६:१, २

इजकिएल ४६:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३८; गन २८:३, ५

इजकिएल ४६:१७

मार्जिनल रेफरेन्स

  • +लेवी २५:१०

इजकिएल ४६:१९

मार्जिनल रेफरेन्स

  • +इज ४२:९
  • +इज ४२:१

इजकिएल ४६:२०

मार्जिनल रेफरेन्स

  • +लेवी २:४, ५
  • +इज ४४:१९

इजकिएल ४६:२२

फुटनोट

  • *

    यसले लामो हातलाई जनाउँछ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४६:२४

मार्जिनल रेफरेन्स

  • +२इ ३५:१३

अरू

इज. ४६:१इज ४०:३२
इज. ४६:१प्रस्थ २०:९
इज. ४६:१इज ४४:१, २
इज. ४६:२इज ४४:३
इज. ४६:३भज ८१:३; यसै ६६:२३
इज. ४६:४गन २८:९, १०; इज ४५:१७
इज. ४६:५इज ४६:११
इज. ४६:६गन २८:११-१५
इज. ४६:८इज ४६:२
इज. ४६:९प्रस्थ २३:१४; व्य १६:१६
इज. ४६:९इज ४०:२०
इज. ४६:९इज ४०:२४
इज. ४६:११इज ४५:२१, २४; ४६:६, ७
इज. ४६:१२लेवी १:३
इज. ४६:१२इज ४५:१७
इज. ४६:१२इज ४६:१, २
इज. ४६:१३प्रस्थ २९:३८; गन २८:३, ५
इज. ४६:१७लेवी २५:१०
इज. ४६:१९इज ४२:९
इज. ४६:१९इज ४२:१
इज. ४६:२०लेवी २:४, ५
इज. ४६:२०इज ४४:१९
इज. ४६:२४२इ ३५:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४६:१-२४

इजकिएल

४६ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘भित्री चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वार+ हप्ताको छ दिन+ बन्द रहनेछ।+ तर विश्रामदिन* र औँसीको दिन भने त्यो खुला रहनेछ। २ कुलनायक त्यस प्रवेशद्वारको मुखमा भएको दलानतिरबाट आउनेछन्‌+ र प्रवेशद्वारको चौकोसनेर उभिनेछन्‌। तिनले ल्याएको अग्निभेटी र मेलबलि पुजारीहरूले वेदीमा चढाउनेछन्‌। कुलनायक भने प्रवेशद्वारको सँघारमै रहनेछन्‌ र तिनले त्यहीँबाट दण्डवत्‌ गर्नेछन्‌। त्यसपछि तिनी फर्कनेछन्‌। तर प्रवेशद्वार भने बेलुकीसम्म खुल्लै रहनेछ। ३ विश्रामदिन र औँसीको बेला अरू मानिसले पनि त्यस प्रवेशद्वारअगाडि आएर यहोवालाई दण्डवत्‌ गर्नेछन्‌।+

४ “‘विश्रामदिनमा कुलनायकले भेडाका छ वटा पाठा र एउटा थुमा अग्निभेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउनुपर्छ। ती सबै जनावर खोटरहित हुनुपर्छ।+ ५ तिनले अन्‍नभेटीको रूपमा थुमाको साथमा एक एपा* अन्‍न चढाउनुपर्छ र भेडाको पाठाको साथमा जति सक्छन्‌, त्यति अन्‍न चढाउनुपर्छ। अनि तिनले प्रत्येक एपा अन्‍नसँगै एक हिन* तेल पनि चढाउनुपर्छ।+ ६ औँसीको दिन कुलनायकले अग्निभेटीको रूपमा बगालबाट एउटा बहर, भेडाका छ वटा पाठा र एउटा थुमा चढाउनुपर्छ। ती सबै जनावर खोटरहित हुनुपर्छ।+ ७ तिनले अन्‍नभेटीको रूपमा बहरको साथमा एक एपा अन्‍न, थुमाको साथमा एक एपा अन्‍न र भेडाको पाठाको साथमा जति सक्छन्‌, त्यति अन्‍न चढाउनुपर्छ। अनि तिनले प्रत्येक एपा अन्‍नसँगै एक हिन तेल पनि चढाउनुपर्छ।

८ “‘कुलनायक भेटी चढाउन प्रवेशद्वारमा आउँदा प्रवेशद्वारको मुखमा भएको दलानतिरबाट आउनेछन्‌ र त्यहीँबाट फर्कनेछन्‌।+ ९ मानिसहरू चाडको बेला यहोवाको उपासना गर्न उहाँसामु आउँदा+ उत्तरको प्रवेशद्वारबाट+ भित्र पसेकाहरू दक्षिणको प्रवेशद्वारबाट+ बाहिर जाऊन्‌ र दक्षिणको प्रवेशद्वारबाट भित्र पसेकाहरू उत्तरको प्रवेशद्वारबाट बाहिर जाऊन्‌। कोही पनि जुन प्रवेशद्वारबाट भित्र पसेको थियो, त्यसैबाट बाहिर ननिस्कोस्‌। तिनीहरू आफू आएको प्रवेशद्वारको पारिपट्टिको प्रवेशद्वारबाट बाहिर निस्कून्‌। १० कुलनायक पनि मानिसहरूसँगै भित्र आऊन्‌ र तिनीहरूसँगै बाहिर जाऊन्‌। ११ चाडको समयमा कुलनायकले अन्‍नभेटीको रूपमा बहरको साथमा एक एपा अन्‍न, थुमाको साथमा एक एपा अन्‍न र भेडाको पाठाको साथमा जति सक्छन्‌, त्यति अन्‍न चढाउनेछन्‌। अनि तिनले प्रत्येक एपा अन्‍नसँगै एक हिन तेल पनि चढाउनेछन्‌।+

१२ “‘कुलनायकले स्वैच्छिक भेटीको रूपमा यहोवाको लागि अग्निभेटी+ वा मेलबलि चढाउन चाहे भने भित्री चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वार तिनको लागि खोलिनेछ। त्यसपछि तिनले विश्रामदिनमा जस्तै आफूले ल्याएको अग्निभेटी वा मेलबलि पुजारीलाई दिनेछन्‌।+ कुलनायक प्रवेशद्वारबाट बाहिर निस्केपछि प्रवेशद्वारको ढोका बन्द गरिनेछ।+

१३ “‘प्रत्येक दिन बिहान यहोवाको लागि अग्निभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठो चढाउनू।+ १४ त्यसका साथै अन्‍नभेटीको रूपमा यहोवाको लागि प्रत्येक दिन बिहान एपाको छैटौँ भाग अन्‍न चढाउनू। त्यससँगै मसिनो पीठोमा खन्याउन हिनको एक तिहाइ तेल पनि दिनू। यो नियम सधैँ पालन गर्नू। १५ प्रत्येक दिन बिहान भेडाको एउटा पाठो, अन्‍नभेटी र तेल अग्निभेटीको रूपमा चढाउनू।’

१६ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘कुलनायकले आफ्नो प्रत्येक छोरालाई उपहारस्वरूप आफ्नो जमिन दिए भने त्यो तिनका छोराहरूकै हुनेछ। त्यो तिनीहरूको पैतृक सम्पत्ति हुनेछ। १७ तर यदि तिनले आफ्नो नोकरलाई उपहारस्वरूप जमिन दिए भने त्यो जमिन ऊ स्वतन्त्र नभएसम्म मात्रै उसको हुनेछ।+ नोकर स्वतन्त्र हुने वर्षमा त्यो जमिन फेरि कुलनायककै हुनेछ। कुलनायकका छोराहरूले पाएको जमिन मात्रै सधैँको लागि तिनीहरूको हुनेछ। १८ कुलनायकले कसैको पनि जमिन हडप्नु हुँदैन। तिनले कसैलाई पनि उसको पुर्ख्यौली जमिनबाट धपाउनु हुँदैन। मेरा मानिसहरू आफ्नो पुर्ख्यौली जमिनबाट जबरजस्ती ननिकालिऊन्‌। कुलनायकले आफ्ना छोराहरूलाई आफ्नै जमिनबाट अंश दिनुपर्छ।’”

१९ त्यसपछि तिनले मलाई उत्तरपट्टि पुजारीहरूको पवित्र भोजनकक्षहरू भएका भवनहरूको ढोकामा+ पुऱ्‍याए। उत्तरतिरको+ त्यस ढोकाबाट तिनले मलाई ती दुई भवनबीचको बाटोमा लगे। मैले त्यो बाटोको पुछारमा पश्‍चिमपट्टि एउटा ठाउँ देखेँ। २० तिनले मलाई यसो भने: “यहाँ पुजारीहरूले दोषभेटी र पापभेटीको जनावरको मासु उसिन्‍नेछन्‌ अनि अन्‍नभेटी भुट्‌नेछन्‌।+ भेटीहरू यहीँ तयार पारिने भएकोले पुजारीहरूले बाहिरी चोकमा केही पनि लैजाँदैनन्‌। अन्यथा पुजारीहरूको पवित्रता अरू मानिसमा सर्नेछ।”+

२१ त्यसपछि तिनले मलाई बाहिरी चोकमा ल्याए अनि चोकको चारै कुनामा लगे। प्रत्येक कुनामा मैले एक-एक वटा सानो चोक देखेँ। २२ ती साना चोकहरूको लम्बाइ ४० हात* र चौडाइ ३० हात थियो। चारै वटा चोक एकै नापका थिए। २३ ती चारै वटा चोकको वरिपरि होचो पर्खाल थियो। त्यो पर्खालको मुनिपट्टि भेटीको रूपमा चढाइने जनावरको मासु उसिन्‍नको लागि चुलो बनाइएको थियो। २४ अनि तिनले मलाई यसो भने: “मानिसहरूले भेटी चढाउन ल्याएका जनावरको मासु मन्दिरका सेवकहरूले त्यहीँ उसिन्छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने