प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

फिलिप्पी विषयवस्तु

      • अभिवादन (१, २)

      • परमेश्‍वरलाई धन्यवाद; पावलको प्रार्थना (३-११)

      • गाह्रो अवस्थाको बाबजुद सुसमाचार फैलिन्छ (१२-२०)

      • बाँचे ख्रिष्टको निम्ति, मरे पनि आफ्नै फाइदाको निम्ति (२१-२६)

      • सुसमाचारको योग्य जीवन बिताओ (२७-३०)

फिलिप्पी १:१

मार्जिनल रेफरेन्स

  • +प्रे १६:१२
  • +१ ति ३:१, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सङ्‌गठित, पृ. ५३

फिलिप्पी १:४

मार्जिनल रेफरेन्स

  • +१थि १:२

फिलिप्पी १:६

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:८; फिलि २:१३

फिलिप्पी १:७

मार्जिनल रेफरेन्स

  • +एफि ३:१; फिलि १:१३; कल ४:१८; २ति १:८; फिले १३
  • +प्रे २४:१०, १४; २५:१०-१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ७/२०२३, पृ. ३

    साक्षी दिनुहोस्‌, पृ. १३१-१३२

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ २१

    प्रहरीधरहरा,

    २/१५/२०१५, पृ. २२-२३

    ८/१५/१९९९, पृ. २१-२२

    १२/१/१९९८, पृ. १८

फिलिप्पी १:९

मार्जिनल रेफरेन्स

  • +युह १७:३
  • +हिब्रू ५:१४
  • +१थि ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०२२, पृ. ३

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१९, पृ. ९-१०

    प्रहरीधरहरा,

    ३/१५/१९९७, पृ. १६-१७

    ६/१५/१९९५, पृ. २०

फिलिप्पी १:१०

मार्जिनल रेफरेन्स

  • +रोमी १२:२
  • +रोमी १४:१३, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १२

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२० पृ. १२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१९, पृ. १०-१२

    प्रहरीधरहरा,

    ११/१/२००८, पृ. २३-२४

    ३/१५/१९९७, पृ. १६-१७

फिलिप्पी १:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +युह १५:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ८/२०१९, पृ. १२

    प्रहरीधरहरा,

    ५/१/२००७, पृ. १२

फिलिप्पी १:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एफि ३:१
  • +प्रे २८:३०, ३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१३, पृ. १४-१६

फिलिप्पी १:१६

मार्जिनल रेफरेन्स

  • +फिलि १:७

फिलिप्पी १:१९

मार्जिनल रेफरेन्स

  • +युह १५:२६
  • +२कोरि. १:११

फिलिप्पी १:२०

मार्जिनल रेफरेन्स

  • +रोमी १४:८; १प ४:१६

फिलिप्पी १:२१

मार्जिनल रेफरेन्स

  • +गला २:२०
  • +१थि ४:१४; २ति ४:८; प्रका १४:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९५, पृ. ३०

फिलिप्पी १:२२

फुटनोट

  • *

    शा., “शरीरमा।”

फिलिप्पी १:२३

मार्जिनल रेफरेन्स

  • +२ति ४:६
  • +२कोरि. ५:६, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००८, पृ. ३१-३२

    ३/१/१९९५, पृ. ३०-३१

फिलिप्पी १:२७

फुटनोट

  • *

    वा “मनका।”

मार्जिनल रेफरेन्स

  • +एफि ४:१, ३; कल १:१०
  • +रोमी १५:५, ६; १कोरि. १:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. ११-१२

    ९/१/२०१०, पृ. १७

फिलिप्पी १:२८

मार्जिनल रेफरेन्स

  • +२थि १:६
  • +लुका २१:१९; २थि १:४, ५

फिलिप्पी १:२९

मार्जिनल रेफरेन्स

  • +प्रे ५:४१

फिलिप्पी १:३०

मार्जिनल रेफरेन्स

  • +प्रे १६:२२, २३; १थि २:२

अरू

फिलि. १:१प्रे १६:१२
फिलि. १:११ ति ३:१, ८
फिलि. १:४१थि १:२
फिलि. १:६१कोरि. १:८; फिलि २:१३
फिलि. १:७एफि ३:१; फिलि १:१३; कल ४:१८; २ति १:८; फिले १३
फिलि. १:७प्रे २४:१०, १४; २५:१०-१२
फिलि. १:९युह १७:३
फिलि. १:९हिब्रू ५:१४
फिलि. १:९१थि ३:१२
फिलि. १:१०रोमी १४:१३, २१
फिलि. १:१०रोमी १२:२
फिलि. १:११युह १५:५
फिलि. १:१३एफि ३:१
फिलि. १:१३प्रे २८:३०, ३१
फिलि. १:१६फिलि १:७
फिलि. १:१९युह १५:२६
फिलि. १:१९२कोरि. १:११
फिलि. १:२०रोमी १४:८; १प ४:१६
फिलि. १:२१गला २:२०
फिलि. १:२११थि ४:१४; २ति ४:८; प्रका १४:१३
फिलि. १:२३२ति ४:६
फिलि. १:२३२कोरि. ५:६, ८
फिलि. १:२७एफि ४:१, ३; कल १:१०
फिलि. १:२७रोमी १५:५, ६; १कोरि. १:१०
फिलि. १:२८२थि १:६
फिलि. १:२८लुका २१:१९; २थि १:४, ५
फिलि. १:२९प्रे ५:४१
फिलि. १:३०प्रे १६:२२, २३; १थि २:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
फिलिप्पी १:१-३०

फिलिप्पी

१ ख्रिष्ट येसुका दास हामी पावल र तिमोथि, फिलिप्पीमा+ बस्ने ती सबै पवित्र जन, जो ख्रिष्ट येसुसित एकतामा छन्‌, उनीहरूका साथै निरीक्षकहरू र सहायक सेवकहरूलाई+ लेख्दै छौँ:

२ परमेश्‍वर, हाम्रा बुबा र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

३ जब म तिमीहरूलाई सम्झन्छु, तब म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु; ४ तिमीहरू सबैका लागि हरेक चोटि उत्कट बिन्ती चढाउँदा म खुसीसाथ त्यसो गर्नेगर्छु+ ५ किनकि सुसमाचार सुनेको दिनदेखि अहिलेसम्म तिमीहरूले सुसमाचार फैलाउनमा निकै योगदान पुऱ्‍याएका छौ। ६ म यस कुरामा ढुक्क छु कि तिमीहरूमा जसले असल कामको सुरुवात गर्नुभयो, उहाँले नै ख्रिष्ट येसुको दिनसम्ममा त्यो काम पूरा पनि गर्नुहुनेछ।+ ७ तिमीहरू सबैको विषयमा मैले यस्तो सोच्नु एकदमै उचित हो किनकि तिमीहरू मेरो हृदयमा बसेका छौ अनि चाहे म बन्धनमा पर्दा होस्‌+ वा सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दा,+ तिमीहरूले मलाई साथ दिएका छौ। त्यसैले हामी परमेश्‍वरको असीम अनुग्रहका साझेदार हौँ।

८ तिमीहरू सबैलाई भेट्‌न म कत्ति आतुर छु, परमेश्‍वर त्यसको साक्षी हुनुहुन्छ। तिमीहरूप्रति मेरो कोमल स्नेह ख्रिष्ट येसुको जस्तै छ। ९ अनि म यही प्रार्थना गरिरहन्छु कि सही ज्ञान+ र पूर्ण समझसँगै+ तिमीहरूको प्रेम झन्‌झन्‌ बढ्‌दै जाओस्‌+ १० अनि अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक+ ताकि ख्रिष्टको दिनसम्म तिमीहरू दोषरहित रहन सक र तिमीहरूले गर्दा अरूले ठेस खान नपरोस्‌+ ११ अनि तिमीहरूले येसु ख्रिष्टमार्फत प्रशस्त मात्रामा धार्मिकताको* फल फलाउन सक,+ जसले गर्दा परमेश्‍वरको महिमा र प्रशंसा हुनेछ।

१२ भाइहरू हो, तिमीहरूले यो जान भन्‍ने म चाहन्छु, म अहिले जस्तो अवस्थामा छु, त्यसले सुसमाचार फैलाउन सहयोग नै पुऱ्‍याएको छ। १३ ख्रिष्टको खातिर म कैदमा परेको हुँ+ भन्‍ने कुरा सिजरको* अङ्‌गरक्षक दलका सबैलाई र बाँकी अरूलाई पनि थाह भइसकेको छ।+ १४ अनि अहिले धेरैजसो भाइहरू म कैदमा परेको कारण अझ आँटिला भएका छन्‌ र परमेश्‍वरको वचनबारे निर्धक्क भई बोल्न पहिलेभन्दा झन्‌ धेरै साहस देखाउँदै छन्‌।

१५ यो कुरा साँचो हो कि कसै-कसैले ईर्ष्या र शत्रुताको भाव राखेर ख्रिष्टबारे प्रचार गर्दै छन्‌ तर अरूले भने राम्रो मनसायले गर्दै छन्‌। १६ राम्रो मनसायले प्रचार गर्नेहरूले प्रेमको कारण ख्रिष्टबारे घोषणा गर्दै छन्‌ किनकि मलाई सुसमाचारको पक्षमा खडा हुन नियुक्‍त गरिएको छ भनेर तिनीहरूलाई थाह छ।+ १७ तर वैमनस्यताको भाव राखेर प्रचार गर्नेहरूचाहिँ शुद्ध मनसायले नभई म कैदमा परेको बेला मेरो सङ्‌कष्ट अझ बढाउने उद्देश्‍यले त्यसो गर्दै छन्‌। १८ त्यसोभए यसको नतिजा के भएको छ? चाहे कसैले खराब मनसायले त्यो काम गरोस्‌ वा सही मनसायले, जसरी भए पनि ख्रिष्टकै विषयमा घोषणा हुँदै छ अनि यसमा म रमाउँछु। भनौँ भने म रमाइरहने पनि छु १९ किनकि मलाई थाह छ, तिमीहरूको उत्कट बिन्ती र येसु ख्रिष्टले दिनुहुने पवित्र शक्‍तिको मदतद्वारा+ मेरो उद्धार हुनेछ।+ २० अनि म तीव्र इच्छा र आशा गर्छु कि म कुनै पनि कुरामा सर्माउन नपरोस्‌ तर जसरी अहिलेसम्म बोल्दै आएको छु, त्यसरी नै निर्धक्क भई साहसका साथ बोलेर मेरो शरीरद्वारा ख्रिष्टको महिमा होस्‌, चाहे म बाँचूँ या मरूँ।+

२१ मेरो सन्दर्भमा भन्‍नुपर्दा यदि म बाँचेँ भने ख्रिष्टको निम्ति बाँच्छु+ र यदि मरेँ भने पनि त्यो मेरै फाइदाको निम्ति हुनेछ।+ २२ जबसम्म म यस संसारमा* बाँच्नेछु, मैले आफ्नो कामद्वारा अझ धेरै फल फलाउन सक्नेछु। तर म के रोज्छु, सो थाह दिन्‍नँ। २३ यी दुईमध्ये कुनचाहिँ रोज्ने भनेर म दोधारमा परेको छु। किनकि म छुटकारा पाएर ख्रिष्टसँगै हुने इच्छा गर्छु,+ जुन पक्कै पनि उत्तम कुरा हो।+ २४ तथापि तिमीहरूको खातिर म यस संसारमा बाँचिरहनु झनै आवश्‍यक छ। २५ यस कुरामा विश्‍वस्त भएकोले मलाई थाह छ, म बाँचिरहनेछु अनि तिमीहरूको प्रगति र तिमीहरूको विश्‍वासद्वारा पाइने आनन्दका लागि तिमीहरू सबैसित रहनेछु २६ ताकि म फेरि तिमीहरूकहाँ आउँदा ख्रिष्ट येसुमा तिमीहरूको खुसी प्रशस्त होस्‌।

२७ तिमीहरूको चालचलन ख्रिष्टसित सम्बन्धित सुसमाचारसँग सुहाउँदो होस्‌+ ताकि चाहे म तिमीहरूकहाँ आएर तिमीहरूलाई भेटूँ वा तिमीहरूकहाँ नआऊँ, मैले यो सुन्‍न पाऊँ कि तिमीहरू स्थिर छौ अनि एउटै सोचाइ र एकै ज्यानका* भएर+ सुसमाचारमा आधारित विश्‍वासको निम्ति एकजुट भई प्रयत्न गरिरहेका छौ २८ अनि आफ्ना विरोधीहरूसित रतीभर डराएका छैनौ। तिनीहरू नाश हुनेछन्‌+ तर तिमीहरूको भने उद्धार हुनेछ भन्‍ने प्रमाण यही हो।+ यस्तो प्रमाण परमेश्‍वरले नै दिनुभएको हो। २९ किनभने ख्रिष्टको खातिर तिमीहरूलाई यो सम्मान दिइएको छ कि तिमीहरूले उहाँमाथि विश्‍वास राख्ने मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ।+ ३० मैले जे-जस्तो सङ्‌घर्ष गरेको तिमीहरूले देख्यौ+ र अहिलेसम्म पनि जे-जस्तो सङ्‌घर्ष गर्दै छु भनी तिमीहरूले सुनिरहेका छौ, तिमीहरूले पनि त्यस्तै सङ्‌घर्ष गरिरहेका छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने