प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ थिस्सलोनिकी विषयवस्तु

      • पावल निकै चिन्ता गर्दै एथेन्समा पर्खन्छन्‌ (१-५)

      • तिमोथि सान्त्वनादायी खबर ल्याउँछन्‌ (६-१०)

      • थिस्सलोनिकीहरूको निम्ति प्रार्थना (११-१३)

१ थिस्सलोनिकी ३:१

मार्जिनल रेफरेन्स

  • +प्रे १७:१५

१ थिस्सलोनिकी ३:२

फुटनोट

  • *

    वा सम्भवतः “परमेश्‍वरका सहकर्मी।”

  • *

    वा “बलियो पारून्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रे १६:१, २; रोमी १६:२१; १कोरि. १६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००९, पृ. १८

१ थिस्सलोनिकी ३:३

फुटनोट

  • *

    वा “यस्ता कुराहरू हाम्रो निम्ति तोकिएका छन्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रे १४:२२; १कोरि. ४:९; १प २:२१

१ थिस्सलोनिकी ३:४

मार्जिनल रेफरेन्स

  • +१थि २:१४

१ थिस्सलोनिकी ३:५

मार्जिनल रेफरेन्स

  • +मत्ति ४:३; २कोरि. ११:३
  • +१थि ३:२

१ थिस्सलोनिकी ३:६

मार्जिनल रेफरेन्स

  • +प्रे १८:५

१ थिस्सलोनिकी ३:७

फुटनोट

  • *

    शा., “खाँचो।”

मार्जिनल रेफरेन्स

  • +२थि १:४

१ थिस्सलोनिकी ३:८

फुटनोट

  • *

    शा., “हामी बाँच्छौँ।”

१ थिस्सलोनिकी ३:१०

मार्जिनल रेफरेन्स

  • +२थि १:३

१ थिस्सलोनिकी ३:१२

मार्जिनल रेफरेन्स

  • +१थि ४:९; २थि १:३

१ थिस्सलोनिकी ३:१३

मार्जिनल रेफरेन्स

  • +१कोरि. १:८; १थि २:१९; ५:२३; २थि २:१, २

अरू

१ थिस्स. ३:१प्रे १७:१५
१ थिस्स. ३:२प्रे १६:१, २; रोमी १६:२१; १कोरि. १६:१०
१ थिस्स. ३:३प्रे १४:२२; १कोरि. ४:९; १प २:२१
१ थिस्स. ३:४१थि २:१४
१ थिस्स. ३:५मत्ति ४:३; २कोरि. ११:३
१ थिस्स. ३:५१थि ३:२
१ थिस्स. ३:६प्रे १८:५
१ थिस्स. ३:७२थि १:४
१ थिस्स. ३:१०२थि १:३
१ थिस्स. ३:१२१थि ४:९; २थि १:३
१ थिस्स. ३:१३१कोरि. १:८; १थि २:१९; ५:२३; २थि २:१, २
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ थिस्सलोनिकी ३:१-१३

पहिलो थिस्सलोनिकी

३ तिमीहरूको हालखबर बुझ्ने तीव्र इच्छाले गर्दा एथेन्समा एक्लै रहनु हामीलाई ठीक लाग्यो+ २ अनि हाम्रा भाइ तिमोथि,+ जो ख्रिष्टबारे सुसमाचार सुनाउन परमेश्‍वरले खटाउनुभएको सेवक* हुन्‌, तिनले नै तिमीहरूलाई स्थिर गराऊन्‌* र तिमीहरूको विश्‍वासलाई दह्रो बनाउन सान्त्वना देऊन्‌ भनेर तिनलाई तिमीहरूकहाँ पठायौँ ३ ताकि यी सङ्‌कष्टहरूले गर्दा तिमीहरूमध्ये कोही पनि ढलपल नहोस्‌। किनकि यस्ता कुराहरूबाट हामी उम्कन सक्दैनौँ* भनेर तिमीहरूलाई पनि थाहै छ।+ ४ वास्तवमा हामीले सङ्‌कष्ट भोग्नुपर्नेछ भनेर तिमीहरूसित हुँदा हामीले पहिल्यै भन्‍ने गरेका थियौँ र ठीक त्यस्तै भएको छ, जुन तिमीहरूलाई पनि थाहै छ।+ ५ त्यसैले कतै प्रलोभकले+ तिमीहरूलाई कसै गरी प्रलोभनमा त पारेन अनि कतै हाम्रो मेहनत खेर त गएन भनी तिमीहरूको वफादारीबारे बुझ्न मैले तिमोथिलाई पठाएँ किनकि म तिमीहरूको हालखबर बुझ्न आतुर थिएँ।+

६ तर तिनी भर्खरै तिमीहरूकहाँबाट फर्केका छन्‌+ र तिमीहरूको वफादारी अनि प्रेमबारे हामीलाई राम्रो खबर सुनाएका छन्‌। तिमीहरू सधैँ हाम्रो मीठो सम्झना गरिरहन्छौ र हामीले तिमीहरूलाई भेट्‌ने तीव्र इच्छा गरेजस्तै तिमीहरू पनि हामीलाई भेट्‌न तीव्र इच्छा गरिरहेका छौ भनेर पनि तिनले हामीलाई बताए। ७ त्यसैले हे भाइ हो, हामीले दुःख* अनि सङ्‌कष्टको सामना गर्नु परिरहेको भए तापनि तिमीहरू र तिमीहरूले देखाएको वफादारीबारे सुनेर हामीले सान्त्वना पाएका छौँ।+ ८ प्रभुमा तिमीहरू स्थिर भएको हुनाले हामीले पुनःस्फूर्ति पाएका छौँ।* ९ तिमीहरूले गर्दा परमेश्‍वरसामु हामीले जुन आनन्द महसुस गरिरहेका छौँ, त्यसको निम्ति परमेश्‍वरलाई हामी कसरी धन्यवाद देऔँ? १० तिमीहरूलाई भेट्‌न पाऔँ अनि तिमीहरूको विश्‍वासमा जे-जस्तो कमी छ, त्यो पूरा गर्न सकौँ भनेर हामी दिनरात पूरा जोसका साथ उत्कट बिन्ती चढाइरहन्छौँ।+

११ अब हाम्रा परमेश्‍वर अनि बुबा आफैले र हाम्रा प्रभु येसुले तिमीहरूसम्म पुग्ने बाटो हाम्रो निम्ति तयार पारिदेऊन्‌। १२ यसबाहेक जसरी तिमीहरूप्रति हाम्रो प्रेम बढ्‌दै गइरहेको छ, त्यसरी नै प्रभुले तिमीहरूको प्रेम बढाइरहून्‌, हो, एकअर्काप्रति अनि सबैप्रति प्रशस्तगरि तिमीहरूको प्रेम बढोस्‌।+ १३ यसप्रकार हाम्रा प्रभु येसु आफ्ना सबै पवित्र जनसित उपस्थित हुनुहुँदा हाम्रा परमेश्‍वर अनि बुबासामु उहाँले तिमीहरूको हृदयलाई स्थिर, दोषरहित अनि पवित्र बनाऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने