प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • परमेश्‍वरले रोज्नुभएका मानिसहरूले पाउने आशिष्‌ (१-५)

      • यहोवाबाहेक अरू कुनै ईश्‍वर छैन (६-८)

      • मानिसले बनाएका मूर्तिहरू व्यर्थ (९-२०)

      • इस्राएललाई मोल तिरेर छुटाउनुहुने यहोवा (२१-२३)

      • कोरेसमार्फत फर्काउने (२४-२८)

यसैया ४४:१

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१, ७; ३५:१०, ११; यसै ४१:८

यसैया ४४:२

फुटनोट

  • *

    यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई दिइएको उपाधि।

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१; ४४:२१
  • +व्य ३२:१५; ३३:५, २६
  • +यसै ४१:१०; यर्मि ३०:१०

यसैया ४४:३

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१७
  • +यसै ३२:१४, १५

यसैया ४४:४

फुटनोट

  • *

    लहरे पिपलजस्तै एक प्रकारको रूख।

मार्जिनल रेफरेन्स

  • +यसै ६१:११

यसैया ४४:५

मार्जिनल रेफरेन्स

  • +जक १३:९

यसैया ४४:६

मार्जिनल रेफरेन्स

  • +व्य ३३:५; यसै ३३:२२
  • +प्रस्थ ६:६; यर्मि ५०:३४
  • +यसै ४१:४; ४८:१२; प्रका २२:१३
  • +व्य ४:३५, ३९; यसै ४३:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. २७

यसैया ४४:७

मार्जिनल रेफरेन्स

  • +यसै ४६:९
  • +यसै ४३:९; ४५:२१

यसैया ४४:८

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१०
  • +यसै ४३:१०
  • +व्य ३२:४; २स २२:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ११/२०२२, पृ. ४

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. १०

यसैया ४४:९

फुटनोट

  • *

    यसले मूर्तिहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +न्याय १०:१४; १रा १८:२६; १कोरि. ८:४
  • +भज ११५:४, ५
  • +यर्मि ५१:१७

यसैया ४४:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि १०:५; प्रे १९:२६

यसैया ४४:११

मार्जिनल रेफरेन्स

  • +१स ५:३, ७

यसैया ४४:१२

मार्जिनल रेफरेन्स

  • +यसै ४०:१९; ४१:७; ४६:६

यसैया ४४:१३

फुटनोट

  • *

    काठमा गोलो वा अन्य किसिमको रेखा खिच्न प्रयोग गरिने साधन।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:४; व्य ४:१५, १६; प्रे १७:२९
  • +व्य २७:१५

यसैया ४४:१४

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२०; यर्मि १०:३

यसैया ४४:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:४, ५; लेवी २६:१; हब २:१८, १९

यसैया ४४:१७

मार्जिनल रेफरेन्स

  • +यसै ३७:३७, ३८; ४५:२०; ४६:७

यसैया ४४:१८

फुटनोट

  • *

    शा., “तिनीहरूको मनमा।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १०:८, १४; रोमी १:२१-२३

यसैया ४४:१९

मार्जिनल रेफरेन्स

  • +व्य २७:१५

यसैया ४४:२१

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१; ४४:१
  • +यसै ४९:१५

यसैया ४४:२२

मार्जिनल रेफरेन्स

  • +भज ५१:१; १०३:१२; यसै १:१८; ४३:२५; यर्मि ३३:८; प्रे ३:१९
  • +यसै १:२७; ४८:२०; ५९:२०

यसैया ४४:२३

मार्जिनल रेफरेन्स

  • +यसै ४९:१३; ५५:१२
  • +यसै ६०:२१

यसैया ४४:२४

मार्जिनल रेफरेन्स

  • +यसै ४४:६
  • +अय्यु २६:७; यसै ४०:२२
  • +यसै ४२:५; ४८:१३

यसैया ४४:२५

मार्जिनल रेफरेन्स

  • +होसे ९:७
  • +२स १५:३१; यसै २९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ८-९

यसैया ४४:२६

मार्जिनल रेफरेन्स

  • +यहो २३:१४; यसै ५५:१०, ११; जक १:६
  • +भज १४७:२
  • +यसै ६०:१०
  • +यसै ६१:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    दानियलको भविष्यवाणी, पृ. १५०-१५१

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ८-९

यसैया ४४:२७

मार्जिनल रेफरेन्स

  • +यसै ४२:१५; यर्मि ५०:३८; प्रका १६:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    दानियलको भविष्यवाणी, पृ. १५०-१५१

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ९-१०

    उपयोगी किताब, पृ. २७-२८

    ज्ञान, पृ. १८

यसैया ४४:२८

मार्जिनल रेफरेन्स

  • +एज्रा १:१, २; यसै ४१:२५; ४५:१; ४६:११; दा १०:१
  • +यसै ४८:१४
  • +२इ ३६:२२, २३; एज्रा ६:३; यसै ४५:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३

    दानियलको भविष्यवाणी, पृ. १५०-१५१

अरू

यसै. ४४:१उत्प १७:१, ७; ३५:१०, ११; यसै ४१:८
यसै. ४४:२यसै ४३:१; ४४:२१
यसै. ४४:२व्य ३२:१५; ३३:५, २६
यसै. ४४:२यसै ४१:१०; यर्मि ३०:१०
यसै. ४४:३यसै ४१:१७
यसै. ४४:३यसै ३२:१४, १५
यसै. ४४:४यसै ६१:११
यसै. ४४:५जक १३:९
यसै. ४४:६व्य ३३:५; यसै ३३:२२
यसै. ४४:६प्रस्थ ६:६; यर्मि ५०:३४
यसै. ४४:६यसै ४१:४; ४८:१२; प्रका २२:१३
यसै. ४४:६व्य ४:३५, ३९; यसै ४३:१०
यसै. ४४:७यसै ४६:९
यसै. ४४:७यसै ४३:९; ४५:२१
यसै. ४४:८यसै ४१:१०
यसै. ४४:८यसै ४३:१०
यसै. ४४:८व्य ३२:४; २स २२:३२
यसै. ४४:९न्याय १०:१४; १रा १८:२६; १कोरि. ८:४
यसै. ४४:९भज ११५:४, ५
यसै. ४४:९यर्मि ५१:१७
यसै. ४४:१०यर्मि १०:५; प्रे १९:२६
यसै. ४४:१११स ५:३, ७
यसै. ४४:१२यसै ४०:१९; ४१:७; ४६:६
यसै. ४४:१३प्रस्थ २०:४; व्य ४:१५, १६; प्रे १७:२९
यसै. ४४:१३व्य २७:१५
यसै. ४४:१४यसै ४०:२०; यर्मि १०:३
यसै. ४४:१५प्रस्थ २०:४, ५; लेवी २६:१; हब २:१८, १९
यसै. ४४:१७यसै ३७:३७, ३८; ४५:२०; ४६:७
यसै. ४४:१८यर्मि १०:८, १४; रोमी १:२१-२३
यसै. ४४:१९व्य २७:१५
यसै. ४४:२१यसै ४३:१; ४४:१
यसै. ४४:२१यसै ४९:१५
यसै. ४४:२२भज ५१:१; १०३:१२; यसै १:१८; ४३:२५; यर्मि ३३:८; प्रे ३:१९
यसै. ४४:२२यसै १:२७; ४८:२०; ५९:२०
यसै. ४४:२३यसै ४९:१३; ५५:१२
यसै. ४४:२३यसै ६०:२१
यसै. ४४:२४यसै ४४:६
यसै. ४४:२४अय्यु २६:७; यसै ४०:२२
यसै. ४४:२४यसै ४२:५; ४८:१३
यसै. ४४:२५होसे ९:७
यसै. ४४:२५२स १५:३१; यसै २९:१४
यसै. ४४:२६यहो २३:१४; यसै ५५:१०, ११; जक १:६
यसै. ४४:२६भज १४७:२
यसै. ४४:२६यसै ६०:१०
यसै. ४४:२६यसै ६१:४
यसै. ४४:२७यसै ४२:१५; यर्मि ५०:३८; प्रका १६:१२
यसै. ४४:२८एज्रा १:१, २; यसै ४१:२५; ४५:१; ४६:११; दा १०:१
यसै. ४४:२८यसै ४८:१४
यसै. ४४:२८२इ ३६:२२, २३; एज्रा ६:३; यसै ४५:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४४:१-२८

यसैया

४४ “हे मेरो सेवक याकुब, सुन!

हे मैले रोजेको इस्राएल, सुन!+

 २ तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+

तिमीलाई गर्भमै रच्नुहुने

यहोवा यसो भन्‍नुहुन्छ:

‘हे मेरो सेवक याकुब,

मैले रोजेको यसुरुन,*+ तिमी नडराऊ!+

 ३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+

सुक्खा भूमिमा म खोला बगाउनेछु।

तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्‍ति खन्याउनेछु,+

तिम्रा सन्तानलाई म आशिष्‌ दिनेछु।

 ४ तिनीहरू हरिया घाँसजस्तै लहलहाउनेछन्‌,+

खोलाको किनारमा भएको चिनारको रूखझैँ* हलक्क बढ्‌नेछन्‌।

 ५ एक जनाले भन्‍नेछ; “म यहोवाको हुँ।”+

अर्कोले आफ्नो नाम याकुब राख्नेछ,

अर्कोले आफ्नो हातमा यस्तो लेख्नेछ: “म यहोवाको हुँ।”

उसले आफ्नो नाम इस्राएल राख्नेछ।’

 ६ इस्राएलका राजा यहोवा,+

इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्‍नुहुन्छ:

‘म नै पहिलो र म नै अन्तिम हुँ!+

मबाहेक अरू कुनै ईश्‍वर छैन।+

 ७ मजस्तो अरू को छ?+

कोही छ भने बोलोस्‌, मेरो सामु आएर प्रमाण पेस गरोस्‌।+

मैले आफ्ना मानिसहरूलाई रोजेको समयदेखि जे गरेँ, तिनीहरूले ती सबै गरेर देखाऊन्‌।

तिनीहरूले अहिले हुने कुराहरू

अनि पछि हुने कुराहरू बताऊन्‌।

 ८ तिमीहरू त्रसित नहोओ

र डरले मूर्च्छा नपर।+

मैले तिमीहरू सबैलाई पहिला नै बताइसकेको थिइनँ र?

तिमीहरू मेरा साक्षी हौ।+

मबाहेक अरू कुनै ईश्‍वर छ र?

हो, मजस्तो चट्टान अरू कोही छैन,+ म अरू कसैलाई चिन्दिनँ।’”

 ९ मूर्ति बनाउनेहरू सबै बेकारका हुन्‌;

तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्‌।+

तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्‌;+

त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्‌।+

१० आफूले बनाएका देवताहरूबाट वा धातुका मूर्तिहरूबाट

कसले आशिष्‌ पाएको छ र?+

११ तिनीहरूलाई साथ दिनेहरू पनि लाजमा पर्नेछन्‌,+

मूर्ति बनाउने कालिगडहरू त मानिस मात्र हुन्‌।

तिनीहरू सबै एकसाथ खडा होऊन्‌;

तिनीहरू सबै डरले काँप्नेछन्‌ र लाजमा पर्नेछन्‌।

१२ कालिगडले फलामलाई आफ्नो औजारले समात्छ र कोइलाको भुङ्‌ग्रोमा राख्छ।

उसले आफ्नो पाखुराको बलले घन चलाउँछ

र फलामलाई आकार दिन्छ।+

काम गर्दा गर्दै ऊ भोकाउँछ अनि ऊसित बल नै रहँदैन;

ऊ पानीधरि पिउँदैन र थाकेर लखतरान हुन्छ।

१३ सिकर्मीले काठलाई डोरीले नाप्छ र रातो खरीले चिन्ह लगाउँछ।

उसले काठमा रन्दा लगाउँछ र पर्कालले* नाप्छ,

त्यसपछि उसले काठलाई मानिसको आकार दिन्छ।+

अनि मन्दिरमा राख्नको लागि

उसले त्यसलाई मानिसजस्तै सुन्दर बनाउँछ।+

१४ देवदारको रूख काट्‌ने मानिसले

एउटा खास किसिमको रूख, फलाँटको रूख छान्छ;

उसले त्यसको हेरचाह गर्छ र जङ्‌गलमा त्यसलाई बढ्‌न दिन्छ।+

उसले तेजपातको जस्तै रूख पनि रोप्छ र पानी परेपछि त्यो हलक्क बढ्‌छ।

१५ त्यसपछि उसले त्यो रूख काटेर दाउरा चिर्छ;

उसले त्यो दाउरा बाल्छ र आगो ताप्छ;

त्यसको आगोमा उसले रोटी पकाउँछ।

अनि त्यस रूखबाटै उसले एउटा देवता पनि बनाउँछ र त्यसको पूजा गर्छ;

उसले खोपेर मूर्ति बनाउँछ र त्यसलाई ढोग्छ।+

१६ आधाउधी रूखलाई उसले दाउरा बनाएर बाल्छ;

त्यही आगोमा उसले मासु पोलेर अघाउन्जेल खान्छ।

अनि त्यही आगो ताप्दै ऊ यसो भन्छ:

“आहा! कस्तो न्यानो भयो!”

१७ अनि बाँकी रहेको काठबाट उसले एउटा देवता बनाउँछ, खोपेको मूर्ति;

ऊ त्यस मूर्तिलाई पूजा गर्छ र त्यसलाई ढोग्छ।

अनि त्यस मूर्तिलाई प्रार्थना गर्दै यसो भन्छ:

“हे ईश्‍वर! मलाई बचाउनुहोस्‌!”+

१८ ती मूर्ति बनाउनेहरू केही जान्दैनन्‌, तिनीहरू केही बुझ्दैनन्‌+

किनभने तिनीहरूका आँखा बन्द भएका छन्‌ र तिनीहरू केही देख्दैनन्‌

अनि तिनीहरूमा* समझ नै छैन।

१९ तिनीहरू कसैसित यसो भनेर सोच्ने ज्ञान र बुद्धि छैन:

“यस रूखको आधाउधी काठ त मैले दाउरा बनाएर बालेँ,

यसकै आगोमा मैले रोटी पकाएर खाएँ,

यसकै भुङ्‌ग्रोमा मैले मासु पनि पोलेर खाएँ;

अब बाँकी रहेको काठबाट के म यस्तो घिनलाग्दो कुरा बनाऊँ?+

जाबो एउटा काठको टुक्रोलाई म पूजा गरूँ?”

२० त्यो मानिस त खरानीले पेट भर्ने मानिसजस्तै हो,

उसको छली मनले उसलाई धोका दिएको छ।

उसले आफैलाई बचाउन सक्दैन; ऊ यसो पनि भन्दैन:

“मेरो हातमा मैले व्यर्थको मूर्ति बोकिरहेको छु।”

२१ “हे मेरो सेवक याकुब!

हे इस्राएल! तिमीचाहिँ मेरा यी कुराहरू नबिर्स।

मैले तिमीलाई बनाएको हुँ, तिमी मेरो सेवक हौ।+

हे इस्राएल! म तिमीलाई बिर्सनेछैनँ।+

२२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+

तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।

मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+

२३ हे आकाश! खुसीले कराऊ!

किनभने यहोवा अघि बढिसक्नुभएको छ!

हे धर्तीको गहिराइ! जयजयकार गर!

हे पर्वतहरू हो! खुसीले कराओ!+

हे जङ्‌गल र रूखहरू हो! रमाओ!

किनभने यहोवाले याकुबलाई मोल तिरेर छुटाउनुभएको छ।

अनि इस्राएलमा उहाँले आफ्नो महिमा प्रकट गर्नुभएको छ।”+

२४ तिमीलाई गर्भमै रच्नुहुने,

तिमीलाई मोल तिरेर छुटाउनुहुने यहोवा भन्‍नुहुन्छ:+

“म यहोवा हुँ, मैले सबै थोक बनाएँ।

मैले आकाशलाई फिँजाएँ,+

मैले नै धर्तीलाई फैलाएँ।+

त्यतिबेला मसँग को थियो र?

२५ झूटा भविष्यवाणी गर्नेहरूको कुरा म झूटो साबित गरिदिनेछु।

जोखना हेर्नेहरूलाई म मूर्ख ठहराउनेछु;+

बुद्धिमान्‌ भनाउँदाहरूलाई अलमलमा पारिदिनेछु

र तिनीहरूको ज्ञानलाई मूर्खतामा बदल्नेछु।+

२६ मेरा सेवकहरूले गरेका भविष्यवाणी म पूरा गर्नेछु

अनि मेरा दूतहरूले भनेका कुरा सही साबित गर्नेछु।+

यरुसलेमबारे म यसो भन्छु, ‘त्यो सहर फेरि बसालिनेछ।’+

यहुदाका सहरहरूबारे म भन्छु, ‘ती फेरि बनाइनेछन्‌।+

ध्वस्त भएका त्यसका ठाउँहरूलाई म फेरि बनाउनेछु।’+

२७ गहिरा पानीलाई म भन्छु, ‘सुकिजा!

तेरा सबै नदीलाई म सुकाउनेछु।’+

२८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,

उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+

यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’

मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने