प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

जकरिया विषयवस्तु

      • पाँचौँ दर्शन: पानस र दुइटा जैतुनका रूख (१-१४)

        • ‘मानिसको बलले होइन तर मेरो शक्‍तिले’ (६)

        • सानो सुरुवातको दिनलाई तुच्छ नठान (१०)

जकरिया ४:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:३१; १रा ७:४८, ४९
  • +प्रस्थ २५:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. १५

जकरिया ४:३

मार्जिनल रेफरेन्स

  • +जक ४:११, १४; प्रका ११:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. १५

    प्रकाशको चरमोत्कर्ष, पृ. १६४

जकरिया ४:६

मार्जिनल रेफरेन्स

  • +१स १७:४५; होसे १:७
  • +न्याय ६:३४; १५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. १५

    प्रहरीधरहरा,

    ५/१/२००६, पृ. १०-११

जकरिया ४:७

फुटनोट

  • *

    वा “मैदान।”

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:२; हाग्गै १:१
  • +यसै ४०:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/२००६, पृ. ११, १३

जकरिया ४:९

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:८, १०; ५:१४, १६
  • +एज्रा ६:१४; जक ६:१२

जकरिया ४:१०

फुटनोट

  • *

    वा “सानो कुराको।”

  • *

    शा., “ढुङ्‌गा, टिन।” डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:१२; हाग्गै २:३
  • +२इ १६:९; हित १५:३; यर्मि १६:१७; प्रका ५:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १२/२०२२, पृ. १५

    ३/२०२२, पृ. १६-१७

    प्रकाशको चरमोत्कर्ष, पृ. १६४-१६५

जकरिया ४:११

मार्जिनल रेफरेन्स

  • +जक ४:२, ३

जकरिया ४:१२

फुटनोट

  • *

    अर्थात्‌, लटरम्म फल फलेको हाँगाको।

जकरिया ४:१४

मार्जिनल रेफरेन्स

  • +हाग्गै २:४; प्रका ११:३, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२२, पृ. १८

    प्रकाशको चरमोत्कर्ष, पृ. १६४

अरू

जक. ४:२प्रस्थ २५:३१; १रा ७:४८, ४९
जक. ४:२प्रस्थ २५:३७
जक. ४:३जक ४:११, १४; प्रका ११:३, ४
जक. ४:६१स १७:४५; होसे १:७
जक. ४:६न्याय ६:३४; १५:१४
जक. ४:७एज्रा ३:२; हाग्गै १:१
जक. ४:७यसै ४०:४
जक. ४:९एज्रा ३:८, १०; ५:१४, १६
जक. ४:९एज्रा ६:१४; जक ६:१२
जक. ४:१०एज्रा ३:१२; हाग्गै २:३
जक. ४:१०२इ १६:९; हित १५:३; यर्मि १६:१७; प्रका ५:६
जक. ४:११जक ४:२, ३
जक. ४:१४हाग्गै २:४; प्रका ११:३, ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
जकरिया ४:१-१४

जकरिया

४ मसित कुरा गरिरहेका स्वर्गदूत फेरि आए अनि कसैलाई निद्राबाट ब्युँझाएझैँ गरी तिनले मलाई ब्युँझाए। २ त्यसपछि तिनले मलाई सोधे: “तिमीले के देख्यौ?”

तब मैले जवाफ दिएँ: “मैले सुनको एउटा पानस देखेँ।+ पानसमाथि एउटा कचौरा पनि छ। अनि पानसको हरेक टुप्पोमा एकएक वटा दियो छ। पानसमा भएका यी सात वटा दियोमा+ सात वटा नली छन्‌। ३ अनि पानसको छेउमा जैतुनका दुइटा रूख+ छन्‌; एउटा कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”

४ त्यसपछि मसित कुरा गरिरहेका स्वर्गदूतलाई मैले सोधेँ: “हे मेरा प्रभु, यी सबै कुराको अर्थ के हो?” ५ मसित कुरा गरिरहेका स्वर्गदूतले मलाई सोधे: “के तिमीलाई यी सबै कुराको अर्थ थाह छैन?”

अनि मैले जवाफ दिएँ: “अहँ, थाह छैन, मेरा प्रभु।”

६ तब तिनले मलाई भने: “यरुबाबेलको लागि यहोवा परमेश्‍वरको यस्तो सन्देश छ: ‘“न कुनै सैन्य शक्‍तिले न त मानिसको बलले+ तर मेरो शक्‍तिले,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ७ ए विशाल पर्वत, तँ को होस्‌? यरुबाबेलको+ अगाडि तँ समतल जमिन* हुनेछस्‌।+ अनि तिनले टाकुराको ढुङ्‌गा ल्याउँदा यस्तो आवाज गुञ्जनेछ: “आहा! कस्तो राम्रो! कस्तो राम्रो!”’”

८ त्यसपछि फेरि यहोवा परमेश्‍वरको यस्तो वचन मकहाँ आयो: ९ “यरुबाबेलको हातले यस भवनको जग हालेको हो+ अनि तिनकै हातले यो भवन बनाउने काम पूरा पनि गर्नेछ।+ अनि सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। १० सानो सुरुवातको* दिनलाई कसैले तुच्छ नठानोस्‌।+ किनकि यरुबाबेलको हातमा साहुल* देखेर मानिसहरू रमाउनेछन्‌। यी सात यहोवा परमेश्‍वरका आँखा हुन्‌, जसले पृथ्वीमा चारैतिर दृष्टि लगाइरहन्छन्‌।”+

११ तब मैले तिनलाई सोधेँ: “पानसको दायाँपट्टि र बायाँपट्टि भएका दुइटा जैतुनको रूखको अर्थ के हो?”+ १२ मैले तिनलाई दोस्रो पटक सोधेँ: “जैतुनका यी दुई हाँगाको* अर्थचाहिँ के हो, जसले सुनको दुइटा नलीबाट सुनौलो तेल खन्याइरहेको छ?”

१३ त्यसैले तिनले मलाई सोधे: “के तिमीलाई यी सबै कुराको अर्थ थाह छैन?”

अनि मैले जवाफ दिएँ: “अहँ, थाह छैन, मेरा प्रभु।”

१४ तिनले भने: “यी दुई अभिषिक्‍त जन हुन्‌, जो सारा पृथ्वीका मालिकको छेउमा उभिरहेका छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने