प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • निस्तार चाडको सुरुवात (१-२८)

        • ढोकाका खामाहरूमा रगत छर्कनुपर्ने (७)

      • दसौँ विपत्ति: जेठा सन्तान मारिन्छन्‌ (२९-३२)

      • मिश्रबाट निस्कन्छन्‌ (३३-४२)

        • ४३० वर्ष पूरा हुन्छ (४०, ४१)

      • निस्तार चाडमा भाग लिनेबारे निर्देशन (४३-५१)

प्रस्थान १२:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:४; २३:१५; गन २८:१६; व्य १६:१

प्रस्थान १२:३

मार्जिनल रेफरेन्स

  • +युह १:२९; १कोरि. ५:७; प्रका ५:६

प्रस्थान १२:५

मार्जिनल रेफरेन्स

  • +लेवी २२:१८-२०; व्य १७:१; १प १:१९

प्रस्थान १२:६

फुटनोट

  • *

    शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +गन २८:१६
  • +प्रस्थ १२:१८; लेवी २३:५; व्य १६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/२०१४, पृ. २२

    १२/१५/२०१३, पृ. १८-२०

    २/१/१९९१, पृ. २३

प्रस्थान १२:७

मार्जिनल रेफरेन्स

  • +१कोरि. ५:७; हिब्रू ११:२८

प्रस्थान १२:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:३; ३४:२५; व्य १६:३; १कोरि. ५:८
  • +गन ९:११
  • +व्य १६:६, ७

प्रस्थान १२:१०

मार्जिनल रेफरेन्स

  • +लेवी ७:१५; २२:२९, ३०; व्य १६:४

प्रस्थान १२:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

प्रस्थान १२:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ११:४, ५; १२:२९
  • +गन ३३:४

प्रस्थान १२:१३

फुटनोट

  • *

    शा., “निस्तार गरेर।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:२२; ९:४, २६; १०:२३; ११:७

प्रस्थान १२:१५

फुटनोट

  • *

    पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्‌दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।

  • *

    वा “मारिनेछ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:१५; लेवी २३:६

प्रस्थान १२:१६

मार्जिनल रेफरेन्स

  • +लेवी २३:८

प्रस्थान १२:१७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शा., “सेनालाई।”

मार्जिनल रेफरेन्स

  • +लेवी २३:६; लुका २२:१; १कोरि. ५:८

प्रस्थान १२:१८

मार्जिनल रेफरेन्स

  • +लेवी २३:५, ६

प्रस्थान १२:१९

फुटनोट

  • *

    वा “मार्नू।”

मार्जिनल रेफरेन्स

  • +गन ९:१४
  • +व्य १६:३; १कोरि. ५:७

प्रस्थान १२:२१

फुटनोट

  • *

    अर्थात्‌, भेडा वा बाख्राको पाठो।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१६; गन ११:१६

प्रस्थान १२:२२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

प्रस्थान १२:२३

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:२८

प्रस्थान १२:२४

मार्जिनल रेफरेन्स

  • +व्य १६:३

प्रस्थान १२:२५

मार्जिनल रेफरेन्स

  • +यहो ५:१०

प्रस्थान १२:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:३, ८; व्य ६:६, ७

प्रस्थान १२:२८

मार्जिनल रेफरेन्स

  • +हिब्रू ११:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९५, पृ. १२

प्रस्थान १२:२९

मार्जिनल रेफरेन्स

  • +गन ३३:४; भज ७८:५१; १०५:३६
  • +उत्प १५:१४; प्रस्थ ११:४, ५; गन ३:१३; भज १३५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २५-२६

प्रस्थान १२:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ११:६

प्रस्थान १२:३१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १०:२८, २९
  • +प्रस्थ ३:१९, २०; ६:१; १०:८-११; भज १०५:३८

प्रस्थान १२:३२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १०:२६

प्रस्थान १२:३३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:११
  • +प्रस्थ १०:७

प्रस्थान १२:३५

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१४; प्रस्थ ३:२१; ११:२; भज १०५:३७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९९, पृ. ३०

प्रस्थान १२:३६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २६

    ११/१/१९९९, पृ. ३०

    १२/१/१९९४, पृ. १३

प्रस्थान १२:३७

मार्जिनल रेफरेन्स

  • +उत्प ४७:११; प्रस्थ १:११
  • +गन ३३:५
  • +उत्प १२:१, २; १५:१, ५; ४६:२, ३; प्रस्थ १:७; गन २:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९०,

प्रस्थान १२:३८

फुटनोट

  • *

    अर्थात्‌, गैर-इस्राएलीहरूको एउटा दल, जुन दलमा मिश्रीहरू पनि थिए।

मार्जिनल रेफरेन्स

  • +गन ११:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १०/२०२३, पृ. ३०-३१

    प्रहरीधरहरा,

    ११/१५/२०१४, पृ. २०

    ७/१/१९९२, पृ. २१

    ५/१/१९९०,

प्रस्थान १२:३९

फुटनोट

  • *

    शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३१

प्रस्थान १२:४०

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२, ३; ४७:२७; प्रे १३:१७
  • +गला ३:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    ५/८/२००५, पृ. ३०

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २६

प्रस्थान १२:४१

फुटनोट

  • *

    शा., “सेना।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. १४

प्रस्थान १२:४२

मार्जिनल रेफरेन्स

  • +व्य १६:१

प्रस्थान १२:४३

मार्जिनल रेफरेन्स

  • +लेवी २२:१०

प्रस्थान १२:४४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१२, २३

प्रस्थान १२:४६

मार्जिनल रेफरेन्स

  • +गन ९:१२; भज ३४:१९, २०; युह १९:३३, ३६

प्रस्थान १२:४८

मार्जिनल रेफरेन्स

  • +गन ९:१४

प्रस्थान १२:४९

मार्जिनल रेफरेन्स

  • +लेवी २४:२२; गन १५:१६

प्रस्थान १२:५०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१५/१९९५, पृ. १२

प्रस्थान १२:५१

फुटनोट

  • *

    शा., “सेनालाई।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९०,

अरू

प्रस्थ. १२:२प्रस्थ १३:४; २३:१५; गन २८:१६; व्य १६:१
प्रस्थ. १२:३युह १:२९; १कोरि. ५:७; प्रका ५:६
प्रस्थ. १२:५लेवी २२:१८-२०; व्य १७:१; १प १:१९
प्रस्थ. १२:६गन २८:१६
प्रस्थ. १२:६प्रस्थ १२:१८; लेवी २३:५; व्य १६:६
प्रस्थ. १२:७१कोरि. ५:७; हिब्रू ११:२८
प्रस्थ. १२:८प्रस्थ १३:३; ३४:२५; व्य १६:३; १कोरि. ५:८
प्रस्थ. १२:८गन ९:११
प्रस्थ. १२:८व्य १६:६, ७
प्रस्थ. १२:१०लेवी ७:१५; २२:२९, ३०; व्य १६:४
प्रस्थ. १२:१२प्रस्थ ११:४, ५; १२:२९
प्रस्थ. १२:१२गन ३३:४
प्रस्थ. १२:१३प्रस्थ ८:२२; ९:४, २६; १०:२३; ११:७
प्रस्थ. १२:१५प्रस्थ २३:१५; लेवी २३:६
प्रस्थ. १२:१६लेवी २३:८
प्रस्थ. १२:१७लेवी २३:६; लुका २२:१; १कोरि. ५:८
प्रस्थ. १२:१८लेवी २३:५, ६
प्रस्थ. १२:१९गन ९:१४
प्रस्थ. १२:१९व्य १६:३; १कोरि. ५:७
प्रस्थ. १२:२१प्रस्थ ३:१६; गन ११:१६
प्रस्थ. १२:२३हिब्रू ११:२८
प्रस्थ. १२:२४व्य १६:३
प्रस्थ. १२:२५यहो ५:१०
प्रस्थ. १२:२६प्रस्थ १३:३, ८; व्य ६:६, ७
प्रस्थ. १२:२८हिब्रू ११:२८
प्रस्थ. १२:२९गन ३३:४; भज ७८:५१; १०५:३६
प्रस्थ. १२:२९उत्प १५:१४; प्रस्थ ११:४, ५; गन ३:१३; भज १३५:८
प्रस्थ. १२:३०प्रस्थ ११:६
प्रस्थ. १२:३१प्रस्थ १०:२८, २९
प्रस्थ. १२:३१प्रस्थ ३:१९, २०; ६:१; १०:८-११; भज १०५:३८
प्रस्थ. १२:३२प्रस्थ १०:२६
प्रस्थ. १२:३३प्रस्थ १२:११
प्रस्थ. १२:३३प्रस्थ १०:७
प्रस्थ. १२:३५उत्प १५:१४; प्रस्थ ३:२१; ११:२; भज १०५:३७
प्रस्थ. १२:३६प्रस्थ ३:२२
प्रस्थ. १२:३७उत्प ४७:११; प्रस्थ १:११
प्रस्थ. १२:३७गन ३३:५
प्रस्थ. १२:३७उत्प १२:१, २; १५:१, ५; ४६:२, ३; प्रस्थ १:७; गन २:३२
प्रस्थ. १२:३८गन ११:४
प्रस्थ. १२:३९प्रस्थ १२:३१
प्रस्थ. १२:४०उत्प ४६:२, ३; ४७:२७; प्रे १३:१७
प्रस्थ. १२:४०गला ३:१७
प्रस्थ. १२:४२व्य १६:१
प्रस्थ. १२:४३लेवी २२:१०
प्रस्थ. १२:४४उत्प १७:१२, २३
प्रस्थ. १२:४६गन ९:१२; भज ३४:१९, २०; युह १९:३३, ३६
प्रस्थ. १२:४८गन ९:१४
प्रस्थ. १२:४९लेवी २४:२२; गन १५:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १२:१-५१

प्रस्थान

१२ मिश्रमा यहोवा परमेश्‍वरले मोसा र हारुनलाई यसो भन्‍नुभयो: २ “यो महिना तिमीहरूका लागि पहिलो महिना हुनेछ; अबदेखि तिमीहरूले यस महिनालाई वर्षको पहिलो महिना मान्‍नू।+ ३ तिमीहरूले इस्राएलीहरूको सारा समुदायलाई यसो भन्‍नू, ‘यस महिनाको दसौँ दिन तिमीहरूले आ-आफ्नो परिवारको लागि एउटा-एउटा भेडा ल्याउनू।+ यसरी प्रत्येक परिवारले एउटा भेडा ल्याउनू। ४ तर तिमीहरूको परिवार सानो छ र सिङ्‌गै भेडा खान सक्दैनौ भने तिमीहरू जति जना छौ, त्यसैअनुसार हिसाब गरेर आफ्नो घरनजिकैको छिमेकीसित मिलेर खानू। प्रत्येकले त्यो भेडाको कति मासु खान सक्छ, त्यसैअनुसार तिमीहरूले हिसाब गर्नू। ५ तिमीहरूले कुनै खोट नभएको एक वर्षको पाठो ल्याउनू;+ त्यो पाठो कि भेडाको कि त बाख्राको होस्‌। ६ तिमीहरूले यस महिनाको १४ औँ दिनसम्म त्यसलाई स्याहार्नू+ अनि इस्राएलीहरूको प्रत्येक परिवारले त्यस पाठोलाई त्यही दिनको साँझतिर* मार्नू।+ ७ अनि जुन-जुन घरमा पाठो खाइन्छ, त्यस घरको ढोकाको दुवैपट्टिका खामा र माथिल्लो भागमा त्यसको रगत छर्कनू।+

८ “‘तिमीहरूले त्यही रात त्यसको मासु आगोमा पोल्नू अनि खमिर* नहालेको रोटी+ र तीते सागसित+ खानू।+ ९ त्यसको मासु काँचै नखानू। पानीमा उसिनेर पनि नखानू। बरु टाउको, खुट्टा र भित्री भागहरूसमेत पोलेर खानू। १० तिमीहरूले त्यसको कुनै पनि भाग बिहानसम्म रहन नदिनू। बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू।+ ११ पटुका बाँधेर, जुत्ता लगाएर अनि लौरो हातमै लिएर तिमीहरूले छिटो-छिटो त्यो मासु खानू। यसरी तिमीहरूले यहोवाको निम्ति निस्तार चाड* मनाउनू। १२ त्यही रात म मिश्र भएर जानेछु अनि त्यहाँका सबै पहिलो सन्तानलाई मार्नेछु। मानिस अथवा पशु कसैको पहिलो सन्तान म बाँकी राख्नेछैनँ;+ मिश्रका सबै देवतालाई म दण्ड दिनेछु।+ म यहोवा हुँ। १३ चौकोसमा छर्केको रगत तिमीहरू बसेको घरको निम्ति चिन्ह हुनेछ। त्यो रगत देखेपछि म तिमीहरूको घरलाई नाघेर* जानेछु। यसरी मैले मिश्रमाथि विपत्ति ल्याउँदा तिमीहरूलाई चाहिँ केही हुनेछैन; तिमीहरू नाश हुनेछैनौ।+

१४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्‍नू। १५ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ पहिलो दिनमै तिमीहरूले आ-आफ्नो घरबाट खमिरा पीठो* हटाउनू। जसले यी सात दिनभित्र खमिर हालेको खानेकुरा खान्छ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइनेछ।* १६ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू र सातौँ दिन पनि त्यसै गर्नू। यी दुवै दिनमा तिमीहरूले कुनै काम नगर्नू।+ तर तिमीहरू प्रत्येकले आफूलाई चाहिनेजति खाना तयार पार्न भने सक्छौ।

१७ “‘तिमीहरूले अखमिरा रोटीको चाड* मनाउने गर्नू।+ किनभने यसै दिन म तिमीहरूको दललाई* मिश्रबाट निकालेर लैजानेछु। तिमीहरूले पुस्तौँपुस्तासम्म यही दिन यो चाड मनाउनू। १८ पहिलो महिनाको १४ औँ दिनको साँझदेखि २१ औँ दिनको साँझसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ १९ सात दिनसम्म तिमीहरूको घरमा खमिरा पीठो नभेटियोस्‌। कसैले खमिर हालेको खानेकुरा खाएमा स्वदेशी होस्‌ या विदेशी,+ उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनू।*+ २० तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरूले आफ्नो घरमा खमिर नहालेको रोटी खानू।’”

२१ मोसाले इस्राएलका नाइकेहरूलाई तुरुन्तै बोलाएर+ यसो भने: “गएर आ-आफ्नो परिवारको निम्ति एउटा जनावर* छान र निस्तार चाडको बलिको रूपमा त्यसलाई मार। २२ अनि तिमीहरूले एक मुठा हिसप* लिनू र त्यसलाई भाँडामा भएको रगतमा चोपेर ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा छर्कनू अनि बिहान नभएसम्म कोही पनि घरबाट बाहिर ननिस्कनू। २३ यहोवा परमेश्‍वर मिश्रीहरूलाई प्रहार गर्न आउनुहुँदा उहाँले तिमीहरूको ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा रगत देख्नुहुनेछ र तिमीहरूको घरलाई नाघेर जानुहुनेछ। यसरी तिमीहरूको घरमा भएका कोही पनि यस विपत्तिमा परेर मर्नेछैनन्‌।+

२४ “तिमी र तिम्रा छोराहरूले यो आज्ञा सधैँ मान्‍नू।+ २५ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा पुगेपछि पनि यो चाड मनाउन नछोड्‌नू।+ २६ जब तिम्रा छोराहरूले ‘यो चाड किन मनाउनुपर्छ?’ भनी सोध्छन्‌,+ २७ तब तिमीहरूले यसो भन्‍नू, ‘मिश्रीहरूमाथि विपत्ति ल्याउनुहुँदा यहोवा परमेश्‍वरले हाम्रो घरलाई नाघेर जानुभयो। त्यो विपत्तिमा परेर हाम्रो घरका कसैले पनि ज्यान गुमाउनुपरेन। त्यसैले यहोवाको निम्ति निस्तार चाडको बलि चढाएर हामी यो चाड मनाउँछौँ।’”

तब मानिसहरूले शिर झुकाएर दण्डवत्‌ गरे। २८ अनि इस्राएलीहरू गए र यहोवा परमेश्‍वरले मोसा र हारुनलाई जे भन्‍नुभएको थियो, त्यही गरे।+ हो, तिनीहरूले त्यसै गरे।

२९ त्यसपछि यहोवा परमेश्‍वरले मध्यरातमा मिश्रभरि सबैका पहिलो सन्तानलाई मार्नुभयो+—राजसिंहासनमा बस्ने फारोको पहिलो सन्तानदेखि लिएर झ्यालखानामा थुनिएको कैदीको पहिलो सन्तानसमेत; उहाँले गाईवस्तुको पहिलो सन्तानलाई पनि बाँकी राख्नुभएन।+ ३० फारो, उनका चाकरहरू अनि सबै मिश्री राती नै उठे। मिश्रभरि ठूलो रुवाबासी भयो किनभने हरेक घरमा कोही न कोही मरेकै थिए।+ ३१ फारोले राती नै मोसा र हारुनलाई बोलाएर+ भने: “तिमीहरू यहाँबाट गइहाल! अरू इस्राएलीहरूलाई पनि सँगै लिएर जाओ; तिमीहरूले भनेझैँ यहोवाको उपासना गर्न जाओ!+ ३२ तिमीहरूले भनेझैँ आफ्नो भेडाबाख्रा अनि गाईवस्तु पनि सँगै लैजाओ।+ तर तिमीहरूका परमेश्‍वरसित मेरो लागि आशिष्‌ मागिदेओ।”

३३ मिश्रीहरूले इस्राएलीहरूलाई पठाउन हतार गरे+ र यसो भने: “तिमीहरू गएनौ भने त हामी पनि मर्नेछौँ!”+ ३४ त्यसैले इस्राएलीहरूले खमिर नहालेको पीठोको डल्ला पीठो मुछ्‌ने भाँडोमा हाले र कपडामा पोको पारेर काँधमा बोके। ३५ अनि इस्राएलीहरूले मोसाले भनेअनुसारै गरे; तिनीहरूले मिश्रीहरूसित सुन र चाँदीका सरसामान अनि लुगाफाटा मागे।+ ३६ यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। तिनीहरूले मागेका सबै कुरा मिश्रीहरूले दिए। यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे।+

३७ त्यसपछि इस्राएलीहरू रामसेसबाट+ निस्केर सुक्कोथतिर+ लागे। यसरी पैदलै जानेहरूमा ६ लाख पुरुष थिए। यसबाहेक बालबच्चा पनि तिनीहरूसँगै गए।+ ३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे। ३९ तिनीहरूले मिश्रबाट ल्याएको पीठोको डल्लाबाट अखमिरा* रोटीहरू बनाए। तिनीहरूलाई मिश्रबाट अचानक धपाइएकोले त्यो पीठो खमिरा हुन पाएको थिएन। हतार-हतार मिश्रबाट निस्कनुपरेकोले तिनीहरूले खानेकुराको राम्रो बन्दोबस्त गर्न सकेका थिएनन्‌।+

४० इस्राएलीहरू मिश्रमा बसेको+ ४३० वर्ष भएको थियो।+ ४१ अनि ४३० वर्ष पूरा भएकै दिन यहोवा परमेश्‍वरका मानिसहरूको दल* मिश्रबाट निस्केका थिए। ४२ यहोवा परमेश्‍वरले मिश्रबाट दिनुभएको छुटकाराको सम्झनामा तिनीहरूले त्यो रात चाड मनाउने थिए। यहोवा परमेश्‍वरले दिनुभएको छुटकारा सम्झन इस्राएलीहरूले पुस्तौँपुस्तासम्म त्यही रात त्यो चाड मनाउनुपर्थ्यो।+

४३ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो, “निस्तार चाड मनाउँदा यी आज्ञाहरू पालन गर्नू: कुनै विदेशीले निस्तार चाडको भोजन नखाओस्‌।+ ४४ तर कसैले पैसा तिरेर दास किनेको छ भने पहिला त्यस दासको खतना* गरियोस्‌।+ त्यसपछि मात्र उसले निस्तार चाडको भोजन खाओस्‌। ४५ कुनै प्रवासी र ज्यालादारी कामदारले निस्तार चाडको भोजन नखाऊन्‌। ४६ तिमीहरूले मारेको पाठो एउटै घरमा खानू। त्यसको मासु घरबाहिर नलैजानू र त्यसको एउटै हड्डी नभाँच्नू।+ ४७ सबै इस्राएलीले यो चाड मनाउनू। ४८ यदि कुनै विदेशी तिमीहरूसित बस्छ र यहोवाको निम्ति निस्तार चाड मनाउन चाहन्छ भने उसको घरका सबै पुरुषले खतना गरून्‌। त्यसपछि उसलाई इस्राएलमै जन्मेको व्यक्‍तिसरह ठानिनेछ र उसले पनि यो चाड मनाउन पाउनेछ। तर खतना नगरेको कसैले पनि निस्तार चाडको भोजन नखाओस्‌।+ ४९ स्वदेशी र तिमीहरूसँगै बस्ने विदेशी दुवैलाई एउटै नियम लागू हुनेछ।”+

५० यहोवा परमेश्‍वरले मोसा र हारुनलाई जे-जे भन्‍नुभएको थियो, सबै इस्राएलीले त्यही-त्यही गरे। हो, तिनीहरूले त्यसै गरे। ५१ त्यही दिन यहोवा परमेश्‍वरले इस्राएलीहरूको ठूलो दललाई* मिश्रबाट निकालेर लैजानुभएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने