प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ युहन्‍ना
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ युहन्‍ना विषयवस्तु

    • अभिवादन (१-३)

    • सत्यमा हिँडिरहो (४-६)

    • भ्रममा पार्नेहरूदेखि होसियार बस (७-११)

      • अभिवादन नगर (१०, ११)

    • भेट्‌न आउने योजना र समापनका शब्दहरू (१२, १३)

२ युहन्‍ना १

फुटनोट

  • *

    वा “एल्डरको।” शब्दावलीमा “एल्डर” हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. ३१

    ब्यूँझनुहोस्‌!,

    ११/८/१९९८, पृ. १३

२ युहन्‍ना २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. ३१

    ब्यूँझनुहोस्‌!,

    ११/८/१९९८, पृ. १३

२ युहन्‍ना ४

मार्जिनल रेफरेन्स

  • +२कोरि. ४:२; ३यु ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००८, पृ. ३१

२ युहन्‍ना ५

मार्जिनल रेफरेन्स

  • +युह १३:३४; १५:१२; १प ४:८; १ युह २:७

२ युहन्‍ना ६

मार्जिनल रेफरेन्स

  • +युह १४:२१; १ युह २:५

२ युहन्‍ना ७

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:१५; प्रे २०:२९, ३०; २थि २:३, ७; २प २:१; प्रका २:२
  • +१ युह ४:२
  • +१ युह २:१८, २२; ४:३; यहु ४

२ युहन्‍ना ८

मार्जिनल रेफरेन्स

  • +हिब्रू १०:३५

२ युहन्‍ना ९

मार्जिनल रेफरेन्स

  • +युह १४:६; १५:६; ३यु ९
  • +हिब्रू ३:१४; १ युह २:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५७

२ युहन्‍ना १०

मार्जिनल रेफरेन्स

  • +व्य १७:२-५; रोमी १६:१७; १कोरि. ५:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५७

२ युहन्‍ना ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५७

२ युहन्‍ना १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१/१९९१, पृ. ३१

अरू

२ युह. ४२कोरि. ४:२; ३यु ३
२ युह. ५युह १३:३४; १५:१२; १प ४:८; १ युह २:७
२ युह. ६युह १४:२१; १ युह २:५
२ युह. ७मत्ति ७:१५; प्रे २०:२९, ३०; २थि २:३, ७; २प २:१; प्रका २:२
२ युह. ७१ युह ४:२
२ युह. ७१ युह २:१८, २२; ४:३; यहु ४
२ युह. ८हिब्रू १०:३५
२ युह. ९युह १४:६; १५:६; ३यु ९
२ युह. ९हिब्रू ३:१४; १ युह २:२३
२ युह. १०व्य १७:२-५; रोमी १६:१७; १कोरि. ५:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ युहन्‍ना १-१३

दोस्रो युहन्‍ना

१ एक जना पाको पुरुषको* नाताले चुनिएकी नारी र उनका छोराछोरीलाई म लेख्दै छु, जसलाई म साँच्चै प्रेम गर्छु र मैले मात्र होइन तर ती सबैले, जसले सत्यलाई चिनेका छन्‌। २ हामी तिमीहरूलाई प्रेम गर्छौँ किनकि सत्य हाम्रो मनमा छ र सधैँभरि रहिरहनेछ। ३ तब हामीसित परमेश्‍वर, हाम्रा बुबाको अनि उहाँको छोरा येसु ख्रिष्टको असीम अनुग्रह, कृपा र शान्तिका साथै सत्य र प्रेम पनि हुनेछ।

४ हाम्रा बुबाबाट हामीले आज्ञा पाएबमोजिम तिम्रा छोराछोरीमध्ये कोही-कोही सत्यमा हिँडिरहेका छन्‌ भनेर थाह पाएकोले म असाध्यै खुसी छु।+ ५ त्यसैले अब हे नारी, म तिमीलाई यो आज्ञा मान्‍न आग्रह गर्छु कि हामीले आपसमा प्रेम गर्नुपर्छ। (यो कुनै नयाँ आज्ञा होइन तर हामीले सुरुदेखि नै पाएको आज्ञा हो।)+ ६ उहाँका आज्ञाबमोजिम हामी हिँडिरहनु नै प्रेम हो।+ तिमीहरूले सुरुदेखि नै सुनेको आज्ञा पनि यही हो कि तिमीहरू प्रेममा हिँडिरहनुपर्छ। ७ किनकि छल गर्ने थुप्रै मानिस संसारमा देखा परेका छन्‌,+ जसले येसु ख्रिष्ट मानव शरीर धारण गरेर आउनुभएको थियो भनेर स्विकार्दैनन्‌।+ छल गर्ने र ख्रिष्ट-विरोधी यी नै हुन्‌।+

८ होसियार बस ताकि हामीले परिश्रम गरेर तिमीहरूमा फलाएको कुरा तिमीहरूले गुमाउन नपरोस्‌ बरु तिमीहरूले पूरा इनाम पाउन सक।+ ९ हरेक जो ख्रिष्टको शिक्षाभन्दा बाहिर जान्छ र त्यसमा रहँदैन, त्यससँग परमेश्‍वर रहनुहुन्‍न।+ जो यस शिक्षामा रहन्छ, ऊसँग बुबा र छोरा दुवै रहनुहुन्छ।+ १० यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र पस्न नदेओ+ वा त्यसलाई अभिवादन पनि नगर। ११ किनकि जसले त्यसलाई अभिवादन गर्छ, ऊ त्यसका दुष्कर्महरूमा सहभागी भएको हुन्छ।

१२ मैले तिमीहरूलाई भन्‍नुपर्ने कुरा त धेरै छन्‌ तर म कागज र मसीले ती लेख्न चाहन्‍नँ। तर तिमीहरूको आनन्द अझै बढोस्‌ भनेर तिमीहरूकहाँ आएर आमनेसामने कुरा गर्ने आशा गर्दै छु।

१३ तिम्री दिदी, जो चुनिएकी जन हुन्‌, उनका छोराछोरीले तिमीलाई अभिवादन पठाएका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने