प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

गन्ती विषयवस्तु

      • बालामको पहिलो सन्देश (१-१२)

      • बालामको दोस्रो सन्देश (१३-३०)

गन्ती २३:१

मार्जिनल रेफरेन्स

  • +गन २२:४१

गन्ती २३:२

मार्जिनल रेफरेन्स

  • +गन २३:१३, १४, २८-३०

गन्ती २३:४

मार्जिनल रेफरेन्स

  • +गन २२:२०

गन्ती २३:५

मार्जिनल रेफरेन्स

  • +गन २२:३५

गन्ती २३:७

मार्जिनल रेफरेन्स

  • +गन २३:१८; २४:३
  • +उत्प १०:२२; गन २२:५; व्य २३:३, ४
  • +गन २२:६

गन्ती २३:८

मार्जिनल रेफरेन्स

  • +गन २२:१२

गन्ती २३:९

मार्जिनल रेफरेन्स

  • +१रा ८:५३
  • +प्रस्थ ३३:१६

गन्ती २३:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१४, १६; २२:१७; प्रस्थ १:७

गन्ती २३:११

मार्जिनल रेफरेन्स

  • +गन २४:१०; यहो २४:१०; नहे १३:१, २

गन्ती २३:१२

मार्जिनल रेफरेन्स

  • +गन २२:३८; २४:१३

गन्ती २३:१३

मार्जिनल रेफरेन्स

  • +गन २२:११

गन्ती २३:१४

मार्जिनल रेफरेन्स

  • +व्य ३४:१
  • +गन २२:४१; २३:१, २८, २९

गन्ती २३:१६

मार्जिनल रेफरेन्स

  • +गन २२:३५; २३:५

गन्ती २३:१८

मार्जिनल रेफरेन्स

  • +गन २३:७; २४:३

गन्ती २३:१९

फुटनोट

  • *

    वा “पछुताउने।”

मार्जिनल रेफरेन्स

  • +भज ८९:३५; ति १:२
  • +१स १५:२९
  • +यसै १४:२४; ४६:१०; मिका ७:२०

गन्ती २३:२०

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१, २; २२:१५, १७; गन २२:१२
  • +गन २२:१८

गन्ती २३:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; २३:२०; २९:४५; यसै ८:१०

गन्ती २३:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२
  • +गन २४:८

गन्ती २३:२३

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१, ३
  • +गन २२:७

गन्ती २३:२४

मार्जिनल रेफरेन्स

  • +गन २४:९

गन्ती २३:२६

मार्जिनल रेफरेन्स

  • +गन २२:३८; २३:१२

गन्ती २३:२७

मार्जिनल रेफरेन्स

  • +गन २३:१३

गन्ती २३:२८

फुटनोट

  • *

    वा सम्भवतः “मरुभूमि; निर्जनभूमि।”

मार्जिनल रेफरेन्स

  • +गन २१:२०

गन्ती २३:२९

मार्जिनल रेफरेन्स

  • +गन २२:४१; २३:१, १४

अरू

गन्ती २३:१गन २२:४१
गन्ती २३:२गन २३:१३, १४, २८-३०
गन्ती २३:४गन २२:२०
गन्ती २३:५गन २२:३५
गन्ती २३:७गन २३:१८; २४:३
गन्ती २३:७उत्प १०:२२; गन २२:५; व्य २३:३, ४
गन्ती २३:७गन २२:६
गन्ती २३:८गन २२:१२
गन्ती २३:९१रा ८:५३
गन्ती २३:९प्रस्थ ३३:१६
गन्ती २३:१०उत्प १३:१४, १६; २२:१७; प्रस्थ १:७
गन्ती २३:११गन २४:१०; यहो २४:१०; नहे १३:१, २
गन्ती २३:१२गन २२:३८; २४:१३
गन्ती २३:१३गन २२:११
गन्ती २३:१४व्य ३४:१
गन्ती २३:१४गन २२:४१; २३:१, २८, २९
गन्ती २३:१६गन २२:३५; २३:५
गन्ती २३:१८गन २३:७; २४:३
गन्ती २३:१९भज ८९:३५; ति १:२
गन्ती २३:१९१स १५:२९
गन्ती २३:१९यसै १४:२४; ४६:१०; मिका ७:२०
गन्ती २३:२०उत्प १२:१, २; २२:१५, १७; गन २२:१२
गन्ती २३:२०गन २२:१८
गन्ती २३:२१प्रस्थ १३:२१; २३:२०; २९:४५; यसै ८:१०
गन्ती २३:२२प्रस्थ २०:२
गन्ती २३:२२गन २४:८
गन्ती २३:२३उत्प १२:१, ३
गन्ती २३:२३गन २२:७
गन्ती २३:२४गन २४:९
गन्ती २३:२६गन २२:३८; २३:१२
गन्ती २३:२७गन २३:१३
गन्ती २३:२८गन २१:२०
गन्ती २३:२९गन २२:४१; २३:१, १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
गन्ती २३:१-३०

गन्ती

२३ त्यसपछि बालामले बालाकलाई यसो भने: “यहाँ सात वटा वेदी बनाउनुहोस्‌+ अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्‌।” २ बालाकले तुरुन्तै बालामले भनेझैँ गरे। त्यसपछि बालाक र बालाम दुवै मिलेर प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।+ ३ अनि बालामले बालाकलाई यसो भने: “तपाईँ यहीँ अग्निभेटी अगाडि बस्दै गर्नुहोस्‌। मचाहिँ एकछिनमा आउँछु। सायद यहोवा परमेश्‍वर मकहाँ आउनुहुनेछ र मलाई केही भन्‍नुहुनेछ। उहाँले मलाई जे-जे भन्‍नुहुन्छ, आएर तपाईँलाई सुनाउँछु।” त्यसपछि बालाम एउटा उजाड डाँडामाथि उक्ले।

४ अनि परमेश्‍वर बालामकहाँ देखा पर्नुभयो+ र बालामले उहाँलाई यसो भने: “मैले लहरै सात वटा वेदी खडा गरेँ र प्रत्येकमा एक-एक वटा बहर र थुमा चढाएँ।” ५ तब यहोवा परमेश्‍वरले बालामको मुखमा एउटा सन्देश हालिदिनुभयो+ र यसो भन्‍नुभयो: “बालाककहाँ गएर यो सन्देश सुनाऊ।” ६ त्यसैले बालाम त्यहाँबाट फर्के। त्यतिबेला बालाक र मोआबका भारदारहरू अग्निभेटीअगाडि उभिरहेका थिए। ७ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+

“मोआबका राजा बालाकले मलाई अरामदेखि बोलाए,+

पूर्वका डाँडाहरूदेखि ल्याएर तिनले मलाई भने:

‘आउनुहोस्‌ र याकुबलाई सराप दिनुहोस्‌।

यहाँ आएर इस्राएलविरुद्ध बोल्नुहोस्‌।’+

 ८ जसलाई यहोवा परमेश्‍वरले सराप्नुभएको छैन, तिनीहरूलाई मैले कसरी सराप्ने?

जसलाई उहाँले विरोध गर्नुभएको छैन, तिनीहरूविरुद्ध मैले कसरी बोल्ने?+

 ९ चट्टानमाथिबाट मैले तिनीहरूलाई हेरेँ,

डाँडाहरूबाट मैले तिनीहरूलाई नियालेँ,

तिनीहरूको समुदाय अलग्गै बस्छ;+

तिनीहरू आफूलाई अरू जातिहरूसित गन्दैनन्‌।+

१० धुलोसरि अनगिन्ती याकुबका सन्तानलाई कसले गन्‍न सक्छ र?+

इस्राएलको एक चौथाइ भागलाई समेत कसले गन्ती गर्न सक्छ र?

मेरो मृत्यु इमानदार मानिसहरूको जस्तो होस्‌,

मेरो अन्त्य पनि तिनीहरूको जस्तै होस्‌।”

११ यो सुनेर बालाकले बालामलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएको थिएँ। तर तपाईँले त उल्टै तिनीहरूलाई आशिष्‌ पो दिनुभयो।”+ १२ बालामले यस्तो जवाफ दिए: “यहोवा परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ, मैले त्यही बोल्नुपरेन र?”+

१३ तब बालाकले बालामलाई भने: “कृपया आउनुहोस्‌, अब अर्को ठाउँमा जाऔँ। त्यहाँबाट तिनीहरू सबैलाई त देख्न सकिँदैन तर केहीलाई भने देख्न सकिन्छ। त्यहीँबाट तिनीहरूलाई सराप दिनुहोस्‌।”+ १४ त्यसैले बालाकले बालामलाई पिस्गाहको टाकुरामा+ भएको जोफिमको मैदानमा लगे। त्यहाँ तिनले सात वटा वेदी बनाए र प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।+ १५ अनि बालामले बालाकलाई भने: “म त्यहाँ परमेश्‍वरसित कुरा गरेर आउँछु। तपाईँ यहीँ अग्निभेटीअगाडि बस्दै गर्नुहोस्‌।” १६ तब यहोवा परमेश्‍वर बालामकहाँ देखा पर्नुभयो अनि उनको मुखमा एउटा सन्देश हालिदिनुभयो+ र यसो भन्‍नुभयो: “बालाककहाँ गएर यो सन्देश सुनाऊ।” १७ त्यसैले बालाम फर्केर बालाककहाँ आए। बालाक र मोआबका भारदारहरू अग्निभेटीअगाडि उनलाई नै पर्खिरहेका थिए। बालाकले बालामलाई सोधे: “यहोवाले के भन्‍नुभयो त?” १८ त्यसपछि बालामले तिनीहरूलाई यस्तो सन्देश सुनाए:+

“उठ बालाक, मेरो कुरा सुन।

हे जिप्पोरका छोरा, मेरो कुरामा ध्यान देऊ।

१९ परमेश्‍वर झूट बोल्नुहुन्‍न किनकि उहाँ मानिस हुनुहुन्‍न,+

उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्‍न।+

उहाँले भनेपछि के त्यो गर्नुहुन्‍न र?

उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्‍न र?+

२० हेर्नुहोस्‌, मलाई त परमेश्‍वरले आशिष्‌ दिन अह्राउनुभएको छ;

उहाँले आशिष्‌ दिइसक्नुभयो;+ म त्यो कसरी उल्टाउन सक्छु र?+

२१ याकुबलाई कसैले टुनामुना गरेको परमेश्‍वर सहन सक्नुहुन्‍न

अनि उहाँ इस्राएलविरुद्ध कुनै विपत्ति आइपर्न दिनुहुन्‍न।

यहोवा तिनीहरूका परमेश्‍वर तिनीहरूसित हुनुहुन्छ,+

तिनीहरू उहाँलाई आफ्नो राजा मानेर उहाँको जयजयकार गर्छन्‌।

२२ परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको छ।+

उहाँ तिनीहरूका लागि जङ्‌गली साँढेको सिङसरह हुनुहुन्छ।+

२३ कुनै अपशकुनले याकुबलाई छुन सक्दैन,+

कुनै तन्त्रमन्त्रले इस्राएललाई छुन सक्दैन।+

अब याकुब र इस्राएलबारे यसो भनिनेछ:

‘हेर त, परमेश्‍वरले कत्ति ठूलो काम गर्नुभएको छ!’

२४ यी मानिसहरू सिंहझैँ खडा हुन्छन्‌,

सिंहझैँ तिनीहरू जुरुक्क उठ्‌छन्‌।+

आफ्नो सिकार नखाएसम्म तिनीहरू पल्टँदैनन्‌

सिकारको रगत नपिएसम्म ढल्कँदैनन्‌।”

२५ त्यसपछि बालाकले बालामलाई भने: “तपाईँ तिनीहरूलाई सराप दिन सक्नुहुन्‍न भने नदिनुहोस्‌ तर तिनीहरूलाई आशिष्‌ पनि नदिनुहोस्‌।” २६ बालामले बालाकलाई यस्तो जवाफ दिए: “‘यहोवा परमेश्‍वरले जे भन्‍नुहुन्छ, मैले त्यही गर्नुपर्छ’ भनेर तपाईँलाई पहिल्यै भनेको थिइनँ र?”+

२७ बालाकले बालामलाई भने: “कृपया मसँगै आउनुहोस्‌, म तपाईँलाई अर्को एउटा ठाउँमा लैजान्छु। साँचो परमेश्‍वरले तपाईँलाई त्यहाँबाट चाहिँ तिनीहरूलाई सराप्ने अनुमति दिनुहुन्छ कि?”+ २८ त्यसैले बालाकले बालामलाई पोअर डाँडाको टाकुरामा लगे, जहाँबाट यसिमोन* देख्न सकिन्छ।+ २९ अनि बालामले बालाकलाई भने: “यहाँ सात वटा वेदी बनाउनुहोस्‌ अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्‌।”+ ३० बालाकले बालामले भनेझैँ गरे। तिनले प्रत्येक वेदीमा एक-एक वटा बहर र थुमा चढाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने