प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • सिदकियाह बेबिलोनको विरोध गर्छन्‌ (१-३)

      • नबुकद्‌नेजर यरुसलेमलाई घेराबन्दी गर्छन्‌ (४-११)

      • सहर र मन्दिरको विनाश (१२-२३)

      • मानिसहरू बेबिलोनमा निर्वासित हुन्छन्‌ (२४-३०)

      • यहोयाकिनलाई कैदमुक्‍त गरिन्छ (३१-३४)

यर्मिया ५२:१

मार्जिनल रेफरेन्स

  • +२रा २४:१७-२०; २इ ३६:११, १२
  • +२रा २३:३१

यर्मिया ५२:२

मार्जिनल रेफरेन्स

  • +२रा २४:१; २इ ३६:५

यर्मिया ५२:३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३३; व्य ३१:१६, १७
  • +२इ ३६:११, १३; इज १७:१५

यर्मिया ५२:४

फुटनोट

  • *

    शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

मार्जिनल रेफरेन्स

  • +व्य २८:५२; २रा २५:१, २; यसै २९:३; यर्मि ३९:१; इज ४:१, २; २१:२१, २२

यर्मिया ५२:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:२
  • +व्य २८:५३-५७; २रा २५:३-७; यसै ३:१; इज ४:१६

यर्मिया ५२:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:४-७

यर्मिया ५२:८

मार्जिनल रेफरेन्स

  • +यर्मि २४:८; ३४:२१; ३७:१७; ३८:१८

यर्मिया ५२:११

मार्जिनल रेफरेन्स

  • +इज १२:१३

यर्मिया ५२:१२

मार्जिनल रेफरेन्स

  • +२रा २५:८-१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ११

यर्मिया ५२:१३

मार्जिनल रेफरेन्स

  • +१रा ९:८; २इ ३६:१७, १९; भज ७४:८; ७९:१; यर्मि २६:१८; वि २:७; इज २४:२१

यर्मिया ५२:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:८

यर्मिया ५२:१५

मार्जिनल रेफरेन्स

  • +२रा २५:११, १२; यर्मि ३९:९, १०

यर्मिया ५२:१६

मार्जिनल रेफरेन्स

  • +२रा २५:२२

यर्मिया ५२:१७

मार्जिनल रेफरेन्स

  • +१रा ७:१५, २१
  • +१रा ७:२७
  • +१रा ७:२३; २इ ४:११-१५
  • +२रा २५:१३-१६; यर्मि २७:१९, २२

यर्मिया ५२:१८

मार्जिनल रेफरेन्स

  • +१रा ७:४५
  • +२इ ४:१९, २२

यर्मिया ५२:१९

फुटनोट

  • *

    बलिसकेको सलेदो राख्ने भाँडो।

मार्जिनल रेफरेन्स

  • +१रा ७:५०
  • +१रा ७:४८, ४९
  • +२इ २४:१४; ३६:१८

यर्मिया ५२:२०

मार्जिनल रेफरेन्स

  • +१रा ७:२३, २५

यर्मिया ५२:२१

फुटनोट

  • *

    एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    शा., “खम्बालाई एक फन्को लगाउन १२ हात लामो डोरी चाहिन्थ्यो।”

  • *

    एक अमल भनेको १.८५ सेन्टिमिटर (०.७३ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ७:१५-२०

यर्मिया ५२:२२

मार्जिनल रेफरेन्स

  • +२इ ३:१५

यर्मिया ५२:२३

फुटनोट

  • *

    वा “९६ वटा अनारका बुट्टा देखिन्थे।”

मार्जिनल रेफरेन्स

  • +२इ ३:१६; ४:१३

यर्मिया ५२:२४

मार्जिनल रेफरेन्स

  • +१इ ६:१४; एज्रा ७:१
  • +यर्मि २१:१, २; २९:२५
  • +२रा २५:१८-२१

यर्मिया ५२:२७

मार्जिनल रेफरेन्स

  • +२रा २५:६; यर्मि ५२:१०
  • +लेवी १८:२५; २६:३३; व्य २८:३६; यसै २४:३; यर्मि २५:९

यर्मिया ५२:२८

मार्जिनल रेफरेन्स

  • +२रा २४:१२, १४

यर्मिया ५२:२९

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:१

यर्मिया ५२:३०

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:९

यर्मिया ५२:३१

फुटनोट

  • *

    शा., “यहोयाकिनको शिर ठाडो पारिदिए।”

मार्जिनल रेफरेन्स

  • +२रा २४:८; यर्मि २४:१; ३७:१; मत्ति १:११
  • +२रा २५:२७-३०

अरू

यर्मि. ५२:१२रा २४:१७-२०; २इ ३६:११, १२
यर्मि. ५२:१२रा २३:३१
यर्मि. ५२:२२रा २४:१; २इ ३६:५
यर्मि. ५२:३लेवी २६:३३; व्य ३१:१६, १७
यर्मि. ५२:३२इ ३६:११, १३; इज १७:१५
यर्मि. ५२:४व्य २८:५२; २रा २५:१, २; यसै २९:३; यर्मि ३९:१; इज ४:१, २; २१:२१, २२
यर्मि. ५२:६यर्मि ३९:२
यर्मि. ५२:६व्य २८:५३-५७; २रा २५:३-७; यसै ३:१; इज ४:१६
यर्मि. ५२:७यर्मि ३९:४-७
यर्मि. ५२:८यर्मि २४:८; ३४:२१; ३७:१७; ३८:१८
यर्मि. ५२:११इज १२:१३
यर्मि. ५२:१२२रा २५:८-१०
यर्मि. ५२:१३१रा ९:८; २इ ३६:१७, १९; भज ७४:८; ७९:१; यर्मि २६:१८; वि २:७; इज २४:२१
यर्मि. ५२:१४यर्मि ३९:८
यर्मि. ५२:१५२रा २५:११, १२; यर्मि ३९:९, १०
यर्मि. ५२:१६२रा २५:२२
यर्मि. ५२:१७१रा ७:१५, २१
यर्मि. ५२:१७१रा ७:२७
यर्मि. ५२:१७१रा ७:२३; २इ ४:११-१५
यर्मि. ५२:१७२रा २५:१३-१६; यर्मि २७:१९, २२
यर्मि. ५२:१८१रा ७:४५
यर्मि. ५२:१८२इ ४:१९, २२
यर्मि. ५२:१९१रा ७:५०
यर्मि. ५२:१९१रा ७:४८, ४९
यर्मि. ५२:१९२इ २४:१४; ३६:१८
यर्मि. ५२:२०१रा ७:२३, २५
यर्मि. ५२:२११रा ७:१५-२०
यर्मि. ५२:२२२इ ३:१५
यर्मि. ५२:२३२इ ३:१६; ४:१३
यर्मि. ५२:२४१इ ६:१४; एज्रा ७:१
यर्मि. ५२:२४यर्मि २१:१, २; २९:२५
यर्मि. ५२:२४२रा २५:१८-२१
यर्मि. ५२:२७२रा २५:६; यर्मि ५२:१०
यर्मि. ५२:२७लेवी १८:२५; २६:३३; व्य २८:३६; यसै २४:३; यर्मि २५:९
यर्मि. ५२:२८२रा २४:१२, १४
यर्मि. ५२:२९यर्मि ३२:१
यर्मि. ५२:३०यर्मि ६:९
यर्मि. ५२:३१२रा २४:८; यर्मि २४:१; ३७:१; मत्ति १:११
यर्मि. ५२:३१२रा २५:२७-३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ५२:१-३४

यर्मिया

५२ राजा सिदकियाहले+ शासन गर्न थाल्दा तिनी २१ वर्षका थिए। तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनकी आमाको नाम हमुतल थियो।+ उनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्‌। २ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ३ यहोवा परमेश्‍वर यरुसलेम र यहुदासित रिसाउनुभएकोले उहाँले तिनीहरूलाई आफ्नो सामुन्‍नेबाट हटाउन यस्तो विपत्ति ल्याउनुभयो।+ अनि सिदकियाहले बेबिलोनका राजाको विद्रोह गरे।+ ४ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्‌नेजर* आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए। तिनीहरूले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+ ५ अनि राजा सिदकियाहको शासनकालको ११ औँ वर्षसम्म यरुसलेम घेराबन्दीमा रह्‍यो।

६ चौथो महिनाको नवौँ दिन+ अनिकालले भयङ्‌कर रूप लियो। सहरमा एक गेडो अन्‍न बाँकी थिएन।+ ७ आखिरमा सहरको पर्खाल भत्काइयो। अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+ ८ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्‌यो+ र यरिहोको मरुभूमिमा तिनलाई भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ९ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर हमाथको रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ बेबिलोनका राजाले तिनलाई सजाय सुनाए। १० अनि बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामुन्‍ने मारे। साथै बेबिलोनका राजाले यहुदाका सबै भारदारलाई पनि त्यहीँ मारे। ११ त्यसपछि बेबिलोनका राजाले सिदकियाहको आँखा फुटाइदिए,+ तिनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे अनि तिनी नमरुन्जेल तिनलाई कैदमा राखे।

१२ पाँचौँ महिनाको १० औँ दिन अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+ १३ तिनले यहोवा परमेश्‍वरको भवन, राजाको महल र यरुसलेमका सबै घरमा आगो लगाइदिए। तिनले सबै ठूलठूला घरमा पनि आगो लगाइदिए।+ १४ अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+

१५ पहरेदारहरूका कप्तान नबुजरदानले केही गरिब मानिसहरूलाई र सहरमा बाँकी रहेका अरू सबैलाई निर्वासनमा लगे। साथै तिनले बेबिलोनका राजाकहाँ भागेर आएका मानिसहरू अनि बाँकी निपुण कालिगडहरूलाई पनि लगे।+ १६ तर पहरेदारहरूका कप्तान नबुजरदानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्‌गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+

१७ अनि कल्दियालीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्‌कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका सबै तामा बेबिलोन लिएर गए।+ १८ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, कचौराहरू,+ प्यालाहरू+ र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १९ पहरेदारहरूका कप्तानले निखुर सुन र निखुर चाँदीका बाटाहरू,+ सलेदोदानीहरू,* बटुकाहरू, भाँडाहरू, पानसहरू,+ प्यालाहरू र कचौराहरू पनि लगे।+ २० राजा सुलेमानले यहोवा परमेश्‍वरको भवनको लागि बनाएका दुई वटा खम्बा, ठूलो खड्‌कुँलो, त्यसलाई थाम्ने १२ वटा साँढे+ र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।

२१ खम्बाहरूको उचाइ १८ हात* र गोलाइ १२ हात थियो।*+ खम्बामा प्रयोग गरिएको तामा चार अमल* बाक्लो थियो र ती खम्बाहरू भित्रपट्टि खोक्रा थिए। २२ ती दुवै खम्बाको शिर तामाको थियो। दुवै शिर पाँच हात अग्लो थियो+ अनि शिरको चारैतिर भएको जाली र अनारका आकृति पनि तामाकै थिए। दुवै खम्बालगायत अनारका आकृति पनि उस्तै देखिन्थे। २३ प्रत्येक टुप्पाको चारैतिर ९६ वटा अनारका बुट्टा थिए* अनि जालीदार बुट्टाको चारैतिर जम्माजम्मी १०० वटा अनारका बुट्टा थिए।+

२४ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रा दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई पनि लगे।+ २५ अनि तिनले सिपाहीहरूमाथि खटाइएका दरबारका अफिसरलाई र सहरमा भेट्टाइएका राजाका सात जना सल्लाहकारलाई पनि सँगै लगे। साथै सेनापतिका सचिव, जसले देशवासीलाई सैन्य सेवाको लागि बटुल्थे, उनलाई र सहरमा अझै बाँकी रहेका सर्वसाधारणबाट ६० जनालाई पनि पक्रेर लगे। २६ पहरेदारहरूका कप्तान नबुजरदानले तिनीहरू सबैलाई पक्रेर रिब्लाहमा बेबिलोनका राजाकहाँ पुऱ्‍याए। २७ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको रिब्लाहमा मारे।+ यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

२८ नबुकद्‌नेजरले आफ्नो शासनकालको सातौँ वर्षमा निर्वासनमा लगेका यहुदीहरू जम्मा ३ हजार २३ जना थिए।+

२९ नबुकद्‌नेजरको शासनकालको १८ औँ वर्षमा+ यरुसलेमबाट निर्वासनमा लगिएकाहरू जम्मा ८३२ जना थिए।

३० नबुकद्‌नेजरको शासनकालको २३ औँ वर्षमा पहरेदारहरूका कप्तान नबुजरदानले निर्वासनमा लगेका यहुदीहरू जम्मा ७४५ जना थिए।+

यसरी जम्माजम्मी ४ हजार ६ सय जना मानिस निर्वासनमा लगिए।

३१ यहुदाका राजा यहोयाकिन निर्वासित भएको+ ३७ औँ वर्षको १२ औँ महिनाको २५ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्‍त गरे।*+ त्यसै वर्ष एबिल-मरोदक राजा नियुक्‍त भएका थिए। ३२ बेबिलोनका राजाले यहुदाका राजासित दयालु भई बोले र उनीसितै बेबिलोनको कैदमा रहेका अन्य राजाहरूलाई भन्दा उनलाई धेरै सम्मान दिए। ३३ त्यसैले यहोयाकिनले झ्यालखानामा बस्दा लगाएको कैदीको लुगा फेरे। अनि उनले जीवनभर बेबिलोनका राजासँगै भोजन गरे। ३४ बेबिलोनका राजाले यहोयाकिनको मृत्यु नहोउन्जेल दिनहुँ उनको लागि भोजनको प्रबन्ध मिलाइदिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने