प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • आसाले सिरियासित गरेको सन्धि (१-६)

      • हानानिले आसालाई हप्काउँछन्‌ (७-१०)

      • आसाको मृत्यु (११-१४)

२ इतिहास १६:१

मार्जिनल रेफरेन्स

  • +१रा १५:२५, २७
  • +यहो १८:२१, २५
  • +१रा १५:१७-१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. १०

२ इतिहास १६:२

मार्जिनल रेफरेन्स

  • +१रा ७:५१
  • +१रा २०:१; २रा १२:१८; १६:८

२ इतिहास १६:३

फुटनोट

  • *

    वा “करार।”

२ इतिहास १६:४

मार्जिनल रेफरेन्स

  • +२रा १५:२९
  • +न्याय १८:२९
  • +१रा १५:२०-२२

२ इतिहास १६:६

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २५
  • +१रा १५:१७
  • +यहो १८:२१, २४; १इ ६:६०, ६४
  • +यहो १८:२१, २६; न्याय २०:१

२ इतिहास १६:७

मार्जिनल रेफरेन्स

  • +१रा १६:१; २इ १९:२; २०:३४
  • +यर्मि १७:५

२ इतिहास १६:८

मार्जिनल रेफरेन्स

  • +२इ १४:९, ११; भज ३७:३९, ४०

२ इतिहास १६:९

फुटनोट

  • *

    वा “तिनीहरूलाई सहायता दिन।”

मार्जिनल रेफरेन्स

  • +१प ३:१२
  • +जक ४:१०
  • +१रा १५:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नजिक हुनुहोस्‌, पृ. ४२-४३

    प्रहरीधरहरा,

    १०/१५/२००२, पृ. १४

२ इतिहास १६:११

मार्जिनल रेफरेन्स

  • +१रा १५:२३

२ इतिहास १६:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२०१२, पृ. १०

२ इतिहास १६:१३

मार्जिनल रेफरेन्स

  • +१रा १५:२४

२ इतिहास १६:१४

फुटनोट

  • *

    कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

  • *

    यसले मसलाहरू बालेको आगोलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +२स ५:७
  • +मर्कु १६:१; लुका २३:५५, ५६; युह १९:४०

अरू

२ इति. १६:११रा १५:२५, २७
२ इति. १६:१यहो १८:२१, २५
२ इति. १६:११रा १५:१७-१९
२ इति. १६:२१रा ७:५१
२ इति. १६:२१रा २०:१; २रा १२:१८; १६:८
२ इति. १६:४२रा १५:२९
२ इति. १६:४न्याय १८:२९
२ इति. १६:४१रा १५:२०-२२
२ इति. १६:६यहो १८:२१, २५
२ इति. १६:६१रा १५:१७
२ इति. १६:६यहो १८:२१, २४; १इ ६:६०, ६४
२ इति. १६:६यहो १८:२१, २६; न्याय २०:१
२ इति. १६:७१रा १६:१; २इ १९:२; २०:३४
२ इति. १६:७यर्मि १७:५
२ इति. १६:८२इ १४:९, ११; भज ३७:३९, ४०
२ इति. १६:९१प ३:१२
२ इति. १६:९जक ४:१०
२ इति. १६:९१रा १५:३२
२ इति. १६:१११रा १५:२३
२ इति. १६:१३१रा १५:२४
२ इति. १६:१४२स ५:७
२ इति. १६:१४मर्कु १६:१; लुका २३:५५, ५६; युह १९:४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १६:१-१४

दोस्रो इतिहास

१६ आसाको शासनकालको ३६ औँ वर्षमा इस्राएलका राजा बासा+ यहुदाविरुद्ध उठे अनि यहुदाका राजा आसाको इलाकामा कोही पनि जान नसकोस्‌ अनि त्यहाँबाट कोही आउन पनि नपाओस्‌ भनेर बासाले रामा+ सहरलाई मजबुत बनाउन थाले।+ २ तब आसाले यहोवा परमेश्‍वरको भवनका भण्डारहरूबाट र राजमहलका भण्डारहरूबाट सुनचाँदी निकाले+ अनि ती सुनचाँदी सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पनि पठाए: ३ “तपाईँको बुबा र मेरो बुबाले जस्तै तपाईँ र मैले पनि सन्धि* गरेका छौँ। म तपाईँलाई सुन र चाँदी पठाउँदै छु। अब इस्राएलका राजा बासासित गरेको सन्धि तोडिदिनुहोस्‌ र तिनी मेरो इलाका छोडेर जाऊन्‌।”

४ बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूमाथि आक्रमण गर्न पठाए। तिनीहरूले इयोन,+ दान+ र हाबिल-मैमलाई अनि नप्तालिको कुलका+ सहरहरूमा भएका सबै भण्डार नाश गरिदिए। ५ यो कुरा सुन्‍नेबित्तिकै बासाले रामा सहरलाई मजबुत बनाउने काम रोके। ६ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई लगे अनि तिनीहरूले रामा+ सहरलाई मजबुत बनाउन बासाले+ प्रयोग गरेका ढुङ्‌गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्‌गाहरू र काठहरूबाट गेबा+ अनि मिस्पा+ सहरलाई मजबुत बनाए।

७ तब दर्शी हानानि+ यहुदाका राजा आसाकहाँ आए र यसो भने: “तपाईँ आफ्ना परमेश्‍वर यहोवामाथि भर नपरी सिरियाका राजामाथि भर पर्नुभएकोले सिरियाका राजाको सेना तपाईँको हातबाट उम्केर गयो।+ ८ के इथियोपियालीहरू र लिबियालीहरूको सेना विशाल थिएन र? के तिनीहरूको फौजमा थुप्रै रथ र घोडचढी थिएनन्‌ र? तर त्यसबेला तपाईँ यहोवामाथि भर पर्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईँको हातमा सुम्पिदिनुभएको थियो।+ ९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌,+ तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+

१० तर ती दर्शीको कुरा आसालाई मन परेन। आसा उनीसित साह्रै रिसाए र उनलाई झ्यालखानामा हालिदिए। त्यसै बेलादेखि तिनले अरू मानिसहरूलाई पनि दुर्व्यवहार गर्न थाले। ११ आसाको जीवनकालका सम्पूर्ण घटना—सुरुदेखि अन्तसम्मै ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएका छन्‌।+

१२ आसाको शासनकालको ३९ औँ वर्षमा तिनलाई खुट्टामा रोग लाग्यो र तिनी सिकिस्त बिरामी भए। तर आफू बिरामी पर्दा समेत तिनले यहोवा परमेश्‍वरको मदत खोजेनन्‌ बरु वैद्यहरूमा भर परे। १३ त्यसपछि आसा आफ्ना पितृहरूसितै सुते।+ तिनको शासनकालको ४१ औँ वर्षमा तिनको मृत्यु भयो। १४ तिनलाई दाउदनगरमा+ एउटा भव्य चिहानमा गाडियो, जुन तिनले आफ्नो निम्ति बनाइराखेका थिए। तिनको लास राखिएको अरथी विभिन्‍न किसिमको मसला र सुगन्धित तेल मिसाएर बनाइएको लेप अनि बाल्सम तेलले* भरिपूर्ण थियो।+ साथै तिनको सम्मानमा असाध्यै ठूलो आगो पनि बालियो।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने