प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१५ पृ. २६-२८
  • “हल्लिने” पहाड

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हल्लिने” पहाड
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तीर्थस्थल भनी धेरै अघिदेखि स्थापित
  • तीर्थयात्राका प्रमुख पक्षहरू
  • तिनीहरू किन चढ्‌छन्‌?
  • सृष्टिकर्ताको मूल्यांकन गर्न प्रेरित
  • आमाबाबुबाट त्यागिएको—परमेश्‍वरबाट माया गरिएको
    ब्यूँझनुहोस्‌!—२००१
  • हिमालहरूलाई कसले बचाउनेछ?
    ब्यूँझनुहोस्‌!—२००५
  • हिमशिखरहरू सृष्टिका उत्कृष्ट नमूनाहरू
    ब्यूँझनुहोस्‌!—१९९४
  • किलिमन्जारो—अफ्रिकाको छत
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१५ पृ. २६-२८

“हल्लिने” पहाड

आयरल्यान्डको पश्‍चिममा सोली आकारको क्रोपाट्रिक, वरपरका पहाडहरूभन्दा बेग्लै देखिन्छ। वर्षेनी जुलाई महिनाको अन्तिम आइतबारका दिन सबै उमेरका झन्डै ३०,००० मानिसहरू वार्षिक तीर्थयात्राको लागि शिखर (२,५१० फिट) चढ्‌दा पहाडको टुप्पो हल्लिरहेको जस्तो देखिन्छ।

यो दिन तीर्थयात्रीहरू साँघुरो, खाल्टाखुल्टी र कतै कतै खतरनाक बाटो भएर तलमाथि गर्छन्‌। वास्तवमा, अन्तिम चरण (लगभग एक हजार फिट) असाध्यै ठाडो छ र त्यो बाटोभरि चटानहरू छरिएका छन्‌। यसले गर्दा यो पहाड चढ्‌नु खतरनाक हुनुको साथै थकाइलाग्दो हुन्छ।

केही व्यक्‍तिहरू नांगो खुट्टाले चढ्‌छन्‌ त कोही भने कुनै ठाउँहरूमा घुँडा टेकेर चढ्‌छन्‌। बितेका समयमा तीर्थयात्रीहरूले राती यात्रा सुरु गर्थे।

क्रोपाट्रिक किन धेरैको निम्ति यति महत्त्वपूर्ण अनुभव भएको?

तीर्थस्थल भनी धेरै अघिदेखि स्थापित

सा.यु. पाँचौं शताब्दीको प्रारम्भतिर रोमन क्याथोलिक चर्चले पाट्रिकलाई मिसनरी पादरी बनाएर आयरल्यान्ड पठाए। उनको मुख्य उद्देश्‍य आइरिशहरूलाई मसीही धर्ममा परिवर्तन गराउनु थियो। अनि वर्षौंसम्म मानिसहरूलाई प्रचार तथा तिनीहरूसँगै काम गरेर त्यहाँ रोमन क्याथोलिक चर्चको आधारशिला बनाएको श्रेय पाट्रिकलाई दिइन्छ।

आफ्नो कार्यले तिनी देशका विभिन्‍न ठाउँहरूमा गए। त्यसमध्ये एक आयरल्यान्डको पश्‍चिमी भाग थियो। केही स्रोतहरूअनुसार उनले त्यहाँ पहाडको टुप्पोमा ४० दिन र ४० रात बिताए। फलतः त्यो पहाड उनैको नाउँ अर्थात्‌ क्रोपाट्रिकले (अर्थ “पाट्रिकको डाँडा”) चिनिन थाल्यो। आफ्नो उद्देश्‍यको सफलताको लागि उनले त्यहाँ उपवास बसे र प्रार्थना गरे।

वर्षहरू बित्दै जाँदा उनका कार्यहरूबारे थुप्रै दन्त्यकथाहरू विकसित भएका छन्‌। यीमध्ये पहाडमा हुँदा पाट्रिकले आयरल्यान्डबाट सारा सर्पहरूको नामोनिसान हटाइदिएको कथा प्रख्यात छ।

शिखरमा उनले सानो चर्च बनाए भन्‍ने कथा पनि पहिलेदेखि चलिआएको छ। त्यो भवन त्यहाँ नभएको धेरै भइसके तापनि मौलिक आधारशिला यथावतै छ र वर्षौंदेखि त्यस थलो तथा पहाड तीर्थस्थल भएको छ।

तीर्थयात्राका प्रमुख पक्षहरू

वृद्ध अथवा पहाड चढ्‌ने बानी नभएकाहरूलाई पाँच किलोमिटर चढ्‌नु र सकुशल फर्कनु मात्रै पनि ठूलो उपलब्धि हो।

बाटोका खास खास स्थानहरूमा विभिन्‍न चोटपटकहरूको उपचार गर्न आकस्मिक सेवा टोलीहरू हुन्छन्‌।

तीर्थयात्रीहरूको निम्ति विभिन्‍न प्रकारका पापमोचन विधिहरू गर्न बाटोमा तीनवटा स्थान अर्थात्‌ उपासना थलोहरू छन्‌। यी विधिहरूको विस्तृत विवरण पहाड चढ्‌ने थालनी केन्द्रको सूचना पाटीमा टांगिएको हुन्छ।—पेटी हेर्नुहोस्‌।

तिनीहरू किन चढ्‌छन्‌?

यस कठिन तीर्थयात्रामा यतिका धेरै किन सामेल हुन्छन्‌? पहाड चढ्‌दा केहीले किन अचाक्ली नै गर्छन्‌?

वास्तवमा भन्‍ने हो भने, तीर्थयात्रा गर्दा प्रार्थना गर्नाले व्यक्‍तिगत लाभका लागि गरिएका बिन्तीहरू सुनुवाइ हुन्छ भन्‍ने केहीको विश्‍वास छ। अरू भने कुनै गल्तीको माफी पाउने प्रयासमा त्यसो गर्छन्‌। कसै कसैको लागि यो धन्यवाद जाहेर गर्ने तरिका हो। निस्सन्देह, थुप्रै व्यक्‍तिहरू सामाजिक रमझमको लागि त्यो यात्रा गर्छन्‌। यो ‘सामुदायिक सहयोग र साम्प्रदायिक प्रेमको अभिव्यक्‍ति हो’ भनेर एक अधिकृतले टिप्पणी गरे। क्रोपाट्रिक चढ्‌नु भनेको “सन्त पाट्रिकको पदचिन्ह पछ्याउनु र उहाँप्रति ऋणी छन्‌ भनेर मानी लिनु हो” भनी त्यस अधिकृतले भने। तिनले अझै भने, सबैभन्दा महत्त्वपूर्ण कुरा त पहाड चढ्‌नु “पापमोचनको एउटा तरिका हो किनभने पहाड चढ्‌दा हुने शारीरिक कसरत साँच्चै पापमोचनको व्यायाम हो। शिखरसम्म बिस्तारै चढ्‌नु पश्‍चात्तापको लामो प्रक्रिया हो।”

एक जना मानिसले त्यो पहाड आफूले २५ चोटि चढिसकेको कुरा गौरवसाथ व्यक्‍त गरे! “केही हदसम्म पापमोचनको लागि” त्यसो गरेको तिनले बताए। अर्को मानिसले केवल यसो भने, “दुःख नभोगी सुख पाइन्‍न!”

नांगो खुट्टाले पहाड चढ्‌नु अपरिहार्य नभए तापनि धेरैजसो मानिसहरू त्यसो गर्छन्‌। तिनीहरू त्यसो किन गर्छन्‌? प्रथमतः, तिनीहरू त्यो भूमि “पवित्र” ठान्छन्‌ र जुत्ता फुकाल्छन्‌। दोस्रो, ‘केही हदसम्म पापमोचन’ गर्ने उद्देश्‍यअनुरूप त्यसो गर्छन्‌। केही व्यक्‍तिहरूले विभिन्‍न पापमोचन विधिहरू घुँडा टेकेर गर्नुको कारण पनि यसले बुझाउँछ।

सृष्टिकर्ताको मूल्यांकन गर्न प्रेरित

तर त्यस विशेष दिन तीर्थयात्रीको जस्तो धार्मिक मनोभावना नराखी पहाड चढ्‌ने व्यक्‍तिबारे के भन्‍न सकिन्छ? राम्रो मौसम र मजबुत जुत्ता छ भने कुनै पनि दिन त्यो पहाड चढ्‌न सकिन्छ। तीर्थयात्रीहरूको भीडमा हामीले त्यो पहाड चढेनौं। ठाउँ ठाउँमा विश्राम गर्न रोकिंदै पहाड चढ्‌दा त्यसले धेरै जनामाथि पारेको प्रभावमा हामीले ध्यान केन्द्रित गर्न सक्यौं। हजारौं तीर्थयात्रीहरूले कठिनाइपूर्वक पहाड चढ्‌नुको साथै पापमोचनका विभिन्‍न विधिहरू गरेको कल्पना गर्दा हामी यो सोच्न बाध्य भयौं, ‘के परमेश्‍वरले चाहनुभएको यही हो? पहाड चढ्‌दैमा वा कुनै कुनै स्मारकहरू घुम्दै प्रार्थनाहरू पटक पटक बर्बराउँदैमा के कोही व्यक्‍ति साँच्चै परमेश्‍वरको नजीक हुन्छ र?’ मत्ती ६:६, ७ मा प्रार्थना दोहोऱ्‍याउने सन्दर्भमा येशूको सल्लाहबारे के भन्‍न सकिन्छ?

निस्सन्देह, धार्मिक अनुभवको लागि हामीले त्यो पहाड चढेका थिएनौं। तापनि हामीले आफूलाई सृष्टिकर्ताप्रति नजीक महसुस गऱ्‍यौं किनभने हामीले उहाँको सृष्टि मूल्यांकन गर्न सक्यौं। पहाडहरू जहाँसुकै भए तापनि ती पृथ्वीका आश्‍चर्यकर्म हुन्‌। शिखरबाट हामीले स्पष्ट सुन्दर भूदृश्‍य र आन्द्र महासागरको किनारासमेत देख्यौं। एकातिर, हामी मुनि गुचुमुच्च परेका साना टापुहरूको खाडी र अर्कोतिरको उकाली ओराली तथा उजाड पहाडी क्षेत्रबीच आकाश जमिनको भिन्‍नता थियो।

हामीले तीन उपासना थलोहरूबारे सोच्यौं। आफ्ना साँचो अनुयायीहरूलाई येशूले भन्‍नुभएका शब्दहरू हामीलाई स्मरण भयो: “प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।”—मत्ती ६:७.

गाह्रो रीतिथितिमा हजारौं व्यक्‍तिहरूलाई समेट्‌ने परम्पराको भाग यो पहाड पो रहेछ भनेर हामीले बुझ्यौं। प्रेरित यूहन्‍नाले बताएको स्वतन्त्रताभन्दा त्यो कति भिन्‍न छ भनी हामीले विचार गऱ्‍यौं। तिनले यसो भने: “हामीले उहाँका [परमेश्‍वर] आज्ञा पालन [गर्छौं] . . . र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।”—१ यूहन्‍ना ५:३.

क्रोपाट्रिकको पहाड चढ्‌नुलगायत यो भ्रमण हामीलाई रमाइलो लाग्यो। यसले हामीलाई बाइबलमा निराधार परम्पराहरूबाट मुक्‍त भएर सारा मानवजातिले “आत्मा र सत्यतामा” पृथ्वीको मायालु सृष्टिकर्तालाई उपासना गर्ने समयको उत्सुकतापूर्वक प्रतीक्षा गर्न प्रेरित गरायो।—यूहन्‍ना ४:२४.

पृष्ठ २७-मा भएको पेटी]

तीर्थयात्राका प्रमुख पक्षहरू

सन्त पाट्रिकको दिन वा अष्टमी वा जून, जुलाई, अगस्त र सेप्टेम्बर महिनाको कुनै दिन पहाड चढेर चर्चभित्र वा चर्च वरपर पोपका लागि प्रार्थना गर्ने तीर्थयात्रीले सो शिखरमै वा हप्तादिनभित्र कन्फेशन र होली कम्युनियनमा भाग लिए पापको क्षमा पाउनेछ।

परम्परागत उपासना थलोहरू

“उपासना थलोहरू” तीनवटा छन्‌। (१) सोलीको फेद वा ल्याक्‍त बेनोनमा, (२) शिखरमा, (३) रलिग म्वारे, पहाडको अर्कोतिर ल्येकान्वेभन्दा [एउटा गाउँ] अलि टाढा।

पहिलो उपासना थलो - ल्याक्‍त बेनोन

तीर्थयात्रीहरूले ७ चोटि प्रभुको प्रार्थना, ७ चोटि मरियमको जयजयकार र प्रेरितहरूको प्रशंसास्वरूप क्याथोलिक प्रार्थनाहरू गर्दै ढुंगाको थुप्रो वरपर ७ चोटि घुम्छन्‌

दोस्रो उपासना थलो - शिखर

(क) तीर्थयात्रीले घुँडा टेकेर ७ चोटि प्रभुको प्रार्थना, ७ चोटि मरियमको जयजयकार र प्रेरितहरूको प्रशंसास्वरूप क्याथोलिक प्रार्थनाहरू गर्छन्‌

(ख) पोपको लागि तीर्थयात्रीले चर्चको छेउमा प्रार्थना गर्छ

(ग) तीर्थयात्रीले १५ चोटि प्रभुको प्रार्थना, १५ चोटि मरियमको जयजयकार र प्रेरितहरूको प्रशंसास्वरूप क्याथोलिक प्रार्थनाहरू गर्दै १५ चोटि चर्चको परिक्रमा गर्छ

(घ) तीर्थयात्रीहरूले ७ चोटि प्रभुको प्रार्थना, ७ चोटि मरियमको जयजयकार र प्रेरितहरूको प्रशंसास्वरूप क्याथोलिक प्रार्थनाहरू गर्दै ७ चोटि ल्याबे फोरिग [पाट्रिकको शय्या] परिक्रमा गर्छन्‌

तेस्रो उपासना थलो - रलिग म्वारे

प्रत्येक ढुंगाको थुप्रो वरिपरि ७ चोटि प्रभुको प्रार्थना, ७ चोटि मरियमको जयजयकार र प्रेरितहरूको प्रशंसास्वरूप क्याथोलिक प्रार्थनाहरू गर्दै तीर्थयात्रीहरू ७ चोटि घुम्छन्‌। त्यहाँ त्यस्ता ढुंगाको थुप्रो तीनवटा छन्‌ र अन्तमा प्रार्थना गर्दै ७ चोटि रलिग म्वारेको सम्पूर्ण क्षेत्र परिक्रमा गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने