प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१५ pp. २३-२५
  • कामकुरालाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कामकुरालाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कामकुरालाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्नुहोस्‌
  • परमेश्‍वरको दृष्टिकोणबाट हेर्न व्यावहारिक सुझाव
  • राज्य आशाका कारण आनन्दित हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • गिलियडमा सामेल हुन इच्छुक मनोभाव चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवामा आनन्दित होओ र हर्ष मनाओ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सेवा गर्न उत्प्रेरित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१५ pp. २३-२५

कामकुरालाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्नुहोस्‌

संयुक्‍त राज्य अमेरिकाको न्यु योर्क शहरमा सेप्टेम्बर १४, २००२ को दिन न्यानो र घमाइलो थियो। त्यो दिन त्यस मुलुकस्थित यहोवाका साक्षीहरूको प्याटर्सन शैक्षिक केन्द्र र अन्य दुई स्थानहरूमा गरी जम्मा ६,५२१ जनाको अन्तरराष्ट्रिय भीड भेला भएको थियो। त्यो भीड वाचटावर बाइबल स्कूल अफ गिलियडको ११३ औं कक्षाको दिक्षान्त समारोहको लागि भेला भएको थियो। चौधवटा मुलुकबाट आएका विद्यार्थीहरूले मिसनरी सेवाको लागि खटाइएका १९ वटा देशमा जान गत पाँच महिना तयारीमा बिताएका थिए।

अन्ठान्‍नब्बे वर्ष पुगेका यहोवाका साक्षीहरूको परिचालक निकायका एक सदस्य क्यारी बार्बर कार्यक्रमका अध्यक्ष थिए। तिनले हजारौंलाई मिसनरी क्षेत्रमा जान सुसज्जित पारेको गिलियड स्कूलको झन्डै ६० वर्ष लामो इतिहासमा सबैको ध्यानाकर्षण गरे। भाइ बार्बरले यसो भने: “गिलियडका विद्यार्थीहरूलाई दिइएको थप प्रशिक्षणले विशिष्ट परिणामहरू हासिल भएका छन्‌ भन्‍नु कुनै बढाइचढाइ गरेको कुरा होइन। प्रशिक्षित मिसनरीहरूले दिएको मदतको कारण पृथ्वीका चारै कुनाका लाखौं-लाख नम्र मानिसहरूले यहोवालाई आफ्नो जीवन समर्पण गर्नुका साथै उहाँको साँचो उपासना र पवित्र सेवा ग्रहण गरेका छन्‌।”

गिलियडमा भाग लिन आउनुअघि धेरैजसो विद्यार्थीहरूले आफ्नो सेवकाई विस्तार गर्ने चासो देखाए। क्यानाडाका एक दम्पतीले आफ्नो इलाकामा ठूलो संख्यामा रहेका चिनियाँलीहरूकहाँ सुसमाचार पुऱ्‍याउन चिनियाँ भाषा सिक्न एक वर्षभन्दा धेरै समय बिताएका थिए। अर्को एक दम्पतीले आफ्नै प्रयासमा अल्बेनियाली भाषा अध्ययन गर्न थाले र पछि अल्बेनियामा बाइबलप्रति बढिरहेको चासोलाई ध्यानमा राखेर उनीहरू त्यतैतिर बसाइँ सरे। गिलियडमा अरू केही विद्यार्थीहरू हंगेरी, ग्वाटेमाला र डोमिनिकन रिपब्लिकबाट आएका थिए र यी देशहरूमा परमेश्‍वरको वचनका शिक्षकहरूको टड्‌कारो आवश्‍यकता परेकोले तिनीहरू सेवा गर्न त्यहाँ बसाइँ सरेका थिए।

अफ्रिका, पूर्वी युरोप, मध्य तथा दक्षिण अमेरिका अनि सुदूर पूर्वतर्फ प्रस्थान गर्नुअघि सबै स्नातक विद्यार्थीहरू आफ्ना सबै कामकुरामा परमेश्‍वरलाई ध्यानमा राख्न प्रोत्साहित भए।

कामकुरालाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्नुहोस्‌

आफ्ना सुरुका टिप्पणीहरूपछि भाइ बार्बरले संयुक्‍त राज्य शाखा समितिका सदस्य भाइ म्याक्सवेल लोइडलाई बोलाए। तिनले “सबै कामकुरालाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्नुहोस्‌” भन्‍ने विषयलाई प्रकाश पारे। भाइ लोइडले दाऊद र परमेश्‍वरको पुत्र येशूका उदाहरणहरूतर्फ ध्यानाकर्षण गरे। (१ शमूएल २४:६; २६:११; लूका २२:४२) पाँच महिने बाइबल अध्ययनले विद्यार्थीहरूलाई कामकुरालाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्न सिकाएको कुरा सम्झाएपछि वक्‍ताले यस्तो प्रश्‍न सोधे: “आफ्नो नयाँ कार्यभारमा मानिसहरूसित बाइबल अध्ययन सञ्चालन गर्दा, के तपाईंहरूले तिनीहरूलाई परमेश्‍वरको दृष्टिकोणबाट कामकुरामा तर्क गर्न मदत दिनुहुनेछ?” अनि अरूहरूलाई सल्लाह दिने सन्दर्भमा तिनले विद्यार्थीहरूलाई यस्तो सल्लाह दिए: “ ‘मेरो दृष्टिकोणमा, मलाई लाग्छ . . . ’ नभन्‍नुहोस्‌। बरु, तिनीहरूलाई परमेश्‍वरको दृष्टिकोण के हो भनी बुझ्न मदत दिनुहोस्‌। यसो गर्नुभएको खण्डमा आफ्नो कार्यभारको दौडान आफूले संगत गर्ने व्यक्‍तिहरूको लागि तपाईं साँचो आशिष्‌ साबित हुनुहुनेछ।”

कार्यक्रमको अर्को भागलाई परिचालक निकायका सदस्य गेरिट लोशले सञ्चालन गरे। “म तेरो साथमा छु” भन्‍ने विषयमा बोल्दै यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई “म तेरो साथमा छु” भनी भन्‍नुभएका धेरै अवसरहरूमा तिनले ध्यानाकर्षण गरे। (उत्पत्ति २६:२३, २४; २८:१५; यहोशू १:५; यर्मिया १:७, ८) आज हाम्रो समयमा, हामी विश्‍वासी रहिरह्‍यौं भने हामी पनि यहोवाप्रति त्यस्तै भरोसा राख्न सक्छौं। भाइ लोशले औंल्याए: “के तपाईंहरू बाइबल अध्ययन गर्ने व्यक्‍तिहरू नभेटिएलान्‌ कि भनी चिन्तित हुनुहुन्छ? यहोवाले भन्‍नुभएको कुरालाई नबिर्सनुहोस्‌, ‘म तेरो साथमा छु।’ आर्थिक अभाव होला कि भनेर के तपाईंलाई चिन्ता लाग्छ? यहोवाले यसो भन्‍नुभयो, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ ” (हिब्रू १३:५) चेला बनाउने काममा आफ्ना विश्‍वासी चेलाहरूको साथमा रहनेछु भनी येशूले गर्नुभएको प्रतिज्ञा सम्झाउँदै भाइ लोशले आफ्नो भाषण टुंग्याए।—मत्ती २८:२०.

गिलियडका प्रशिक्षक लरेन्स बोवेनले “के तपाईंले अग्निमय परीक्षाहरूमा सुरक्षा पाउन सक्नुहुनेछ?” भन्‍ने विषयमा भाषण दिए। अदनमा उठाइएको विवादको कारण यहोवालाई ऐकान्तिक भक्‍ति चढाउन चाहनेहरू सबैले कठिन अनि कहिलेकाहीं अग्निमय परीक्षाहरू सामना गर्नु परिरहेको छ भनी तिनले बताए। यहोवाप्रति पूर्ण भरोसा राखेर अनि आफ्नो आज्ञाकारिता खार्नको लागि पिताले हुन दिनुभएको अग्निमय परीक्षालाई स्वीकारेर साँचो सुरक्षा पाएका येशूको उदाहरण अनुकरण गर्न तिनले स्नातक विद्यार्थीहरूलाई प्रोत्साहन दिए। (हिब्रू ५:८, ९) यहोवालाई सुन खार्ने व्यक्‍तिसित तुलना गर्न सकिन्छ, जसले अशुद्ध चीजहरूलाई हटाउनको लागि आगोको ताप ठिक्क मात्रामा प्रयोग गर्छ। निस्सन्देह, आगोले खारिएको विश्‍वासले खारिएको सुनले भन्दा ठूलो सुरक्षा दिन्छ। किन? भाइ बोवेनले यसो भने, “किनभने खारिएको विश्‍वासले जस्तोसुकै परीक्षा पनि सहन सक्छ अनि यसले हामीलाई ‘अन्तसम्म’ स्थिर रहिरहन सुसज्जित पार्छ।”—मत्ती २४:१३.

अर्का गिलियड प्रशिक्षक, मार्क न्युमरले यस्तो प्रश्‍न सोधे: “के तपाईं प्रशंसाको पात्र बन्‍नुहुनेछ?” उहाँको विषय १ शमूएल २:२६ मा केन्द्रित थियो, जहाँ शमूएल “परमप्रभु र मानिसहरूका प्रशंसाका पात्र भए” भनी बताइएको छ। शमूएलको उदाहरणलाई विचार गरिसकेपछि अफ्रिकामा मिसनरी सेवामा दशकौं बिताइसकेका भाइ न्युमरले यसो भने: “परमेश्‍वरले तपाईंहरूलाई सुम्पनुभएको काममा वफादारीपूर्वक लागिरहेर तपाईंहरू पनि परमेश्‍वरको नजरमा प्रशंसाको पात्र बन्‍न सक्नुहुन्छ। उहाँले तपाईंहरूलाई मूल्यवान्‌ मिसनरी कार्यभार सुम्पनुभएको छ।” त्यसपछि भाइ न्युमरले स्नातक कक्षालाई, आफ्नो कार्यभारलाई परमेश्‍वरले आफूप्रति गर्नुभएको भरोसाको रूपमा हेर्न अनि आफ्ना कार्यभारहरू निभाउँदा परमेश्‍वरको दृष्टिकोण अपनाउन प्रोत्साहित गरे।

गिलियड स्कूलको दौडान विद्यार्थीहरूले सप्ताहन्तमा त्यस क्षेत्रका मानिसहरूसित “परमेश्‍वरका महाकार्यहरू” बाँड्‌ने धेरै अवसरहरू पाएका थिए। (प्रेरित २:११) साँच्चै भन्‍ने हो भने, तिनीहरूले दस विभिन्‍न भाषाहरूमा “परमेश्‍वरका महाकार्यहरू” बोलेका थिए। “ ‘परमेश्‍वरका महाकार्य[हरूले]’ मानिसहरूलाई काम गर्न उत्प्रेरित गर्छ” भन्‍ने विषयअन्तर्गत अर्का गिलियड प्रशिक्षक वालेस लिभरेन्सले विद्यार्थीहरूको एउटा समूहसित अन्तरवार्ता लिए। तिनले यसो भने: “आत्माले पेन्तिकोसमा माथिल्लो कोठामा रहेकाहरूलाई ‘परमेश्‍वरका महाकार्यहरू[को]’ विषयमा बोल्न उत्प्रेरित गऱ्‍यो। आज पनि त्यही आत्माले परमेश्‍वरका सबै विश्‍वासी सेवकहरूमाथि काम गर्छ।” अझ धेरै मानिसहरूलाई साक्षी दिने विचारले कोही-कोही नयाँ भाषाहरू सिक्नसमेत उत्प्रेरित भइरहेका छन्‌।

परमेश्‍वरको दृष्टिकोणबाट हेर्न व्यावहारिक सुझाव

सुरुका भाषणहरूपछि संयुक्‍त राज्य अमेरिका शाखाका बेथेल परिवारका सदस्य गारी ब्रो र विलियम योङले हाल मिसनरीहरू सेवा गरिरहेका देशका विभिन्‍न शाखा समितिका सदस्यहरू अनि ४१ वर्ष मिसनरी सेवामा बिताएका एक दम्पतीको अन्तर्वाता लिए। एउटा टिप्पणी यस्तो थियो: “सुखसुविधा नखोज्ने मिसनरीहरूले लामो समयसम्म सेवा गर्छन्‌। तिनीहरू आफूलाई खटाइएको मुलुकमा आउनुको कारणमा ध्यान केन्द्रित गर्छन्‌। आफूलाई खटाइएको मुलुकमा आउनुको कारण सुसमाचार प्रचार गर्नु र यहोवालाई चिन्‍न मानिसहरूलाई मदत गर्नु हो भनेर तिनीहरूलाई थाह छ।”

परिचालक निकायका अर्का सदस्य डेभिड स्प्लानले “तपाईंहरू टाढा जाँदै हुनुहुन्‍न!” विषयको भाषण दिएर कार्यक्रमको समापन गरे। स्नातक गरेका ४६ जनालाई पृथ्वीको चारैतिर रहेका देशहरूमा पठाइने पक्का हुँदा हुँदै तिनले यसो भन्‍नुको कारण के थियो? तिनले यसो भने, “तपाईं पृथ्वीको जुनसुकै भागमा रहनुभए तापनि विश्‍वासी रहुन्जेल तपाईंहरू सधैं परमेश्‍वरको घरमा रहिरहनुहुनेछ।” हो, सारा विश्‍वासी सेवकहरू पृथ्वीको जुनसुकै भागमा सेवा गरिरहेको भए तापनि तिनीहरू प्रथम शताब्दीमा येशूको बप्तिस्माको बेला अस्तित्वमा आएको परमेश्‍वरको विशाल आध्यात्मिक मन्दिर वा घरको कुनै भागमा सेवा गरिरहेका हुन्छन्‌। (हिब्रू ९:९) यहोवा, पृथ्वीमा रहेका आफ्ना सबै विश्‍वासी सेवकहरूको नजिक हुनुहुन्छ भनेर थाह पाउनु उपस्थित व्यक्‍तिहरूका लागि साह्रै सान्त्वनादायी कुरा थियो! पृथ्वीमा हुनुहुँदा जसरी यहोवाले येशूको चासो लिनुभयो त्यसै गरी हामी जहाँसुकै रहे तापनि उहाँ हामी सबैको अनि हामीले गरेको सेवामा चासो लिनुहुन्छ। त्यसैले, उपासनाको सन्दर्भमा हामी कहिल्यै एकअर्का अनि यहोवा र येशूबाट टाढा छैनौं।

संसारका चारैतिरबाट प्राप्त भएका शुभकामनाहरू पढेर सुनाइसकेपछि अध्यक्षले विद्यार्थीहरूको कार्यभारहरूको घोषणा गर्नुका साथै गिलियडमा पाएको प्रशिक्षणको लागि कक्षाले मूल्याकंन व्यक्‍त गर्दै लेखेको पत्र पढेर सुनाए। अध्यक्षले नयाँ मिसनरीहरूलाई आफ्नो सुकर्मलाई निरन्तरता दिन अनि यहोवाको सेवामा आनन्दित हुन प्रोत्साहन दिंदै कार्यक्रमको समापन गरे।—फिलिप्पी ३:१.

[पृष्ठ २३-मा भएको पेटी]

कक्षाको तथ्यांक

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: १४

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १९

विद्यार्थीहरूको संख्या: ४६

औसत उमेर: ३५.०

सच्चाइमा बिताएको औसत वर्ष: १७.२

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १३.७

[पृष्ठ २४-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ११३ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमशः अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हो।

(१) लिक्खहार्ट, एम.; होसोइ, एस.; बर्कटोल्ड, ए.; लीम, सी.; ओकी, जे.। (२) बागीएस, जे.; बुके एस.; बोसी, ए.; अल्टन, जे.; एस्कोबार, आइ.; एस्कोबार, एफ.। (३) स्टोइका, ए.; स्टोइका, डि.; फ्रिमथ, एस.; कार्लसन, एम.; लिब्लाङ, आर.। (४) ब्याङ्‌की, आर; ब्याङ्‌की, एस.; कामिन्स्की, एल.; जोसफ, एल.; पेरिस, एस.; लिब्लाङ, एल.। (५) पेरिस, एम.; स्कीडमोर बि.; हर्टन, जे.; हर्टन, एल.; स्कीडमोर, जी.। (६) लीम, बि.; अल्टन, जि.; क्विरीसी, इ.; लाङ्‌ग्ल्वा, एम.; स्टाइनिङ्‌गर्‌, एस.; ओकी, एच.। (७) लाङ्‌ग्ल्वा, जे.; स्टाइनिङ्‌गर्‌, एम.; बोसी, एफ.; कामिन्स्की, जे.; बुके, जे.; लिक्खहार्ट, इ.; होसोइ, के.। (८) बागीएस, जे.; क्विरीसी, एम.; कार्लसन, एल.; फ्रिमथ, सी.; बर्कटोल्ड, डब्लु.; जोसफ, आर.।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने