प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 १०/१ पृ. ३-४
  • चिह्नहरूको अर्थ बुझ्नु महत्त्वपूर्ण छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चिह्नहरूको अर्थ बुझ्नु महत्त्वपूर्ण छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • झनै महत्त्वपूर्ण चिह्नहरू
  • रोटी र खमिर
    सबैभन्दा महान्‌ पुरुष
  • रोटी र खमिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • के तपाईंलाई येशूको उपस्थितिको चिह्नको अर्थ थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 १०/१ पृ. ३-४

चिह्नहरूको अर्थ बुझ्नु महत्त्वपूर्ण छ!

“सुरुमा त मैले हाम्रो छोरा एन्ड्रियासलाई अलि-अलि मात्र टाउको दुखेको होला भन्ठानेकी थिएँ। तर उसलाई खाना रुच्न छोड्यो र हनहनी जरो आयो। उसलाई कट-कट टाउको दुख्न थालेपछि त मलाई साह्रै पीर पर्न थाल्यो। श्रीमान्‌ घर फर्कनुभएपछि हामीले एन्ड्रियासलाई डाक्टरकहाँ लिएर गयौं। राम्रोसँग जाँचेपछि डाक्टरले एन्ड्रियासलाई तुरन्तै अस्पताल लगिहाल्नू भने। उसलाई टाउको मात्र दुखेको होइन रहेछ। समस्या त त्योभन्दा गम्भीर पो रहेछ। एन्ड्रियासलाई मेनिन्जाइटिस भएको थियो। तर उपचार गरेपछि भने ऊ चाँडै निको भइहाल्यो।”—गेट्रुड, जर्मन निवासी एउटी आमा।

गेट्रुडले जे-जस्तो समस्या भोगिन्‌ त्यस किसिमको समस्या अरू आमाबाबुले पनि पक्कै भोगेका छन्‌। बच्चा बिरामी भएजस्तो लक्षण देखिंदा उनीहरू चिन्तित हुन्छन्‌। हुन त हो, सबै बिमार गम्भीर किसिमका हुँदैनन्‌ तर आफ्ना छोराछोरी बिसन्चो भएजस्तो देखिने लक्षणहरूलाई बेवास्ता गरेको खण्डमा भने आमाबाबुले दुःखद्‌ परिणाम भोग्नुपर्ने हुन सक्छ। लक्षणहरू याद गरेर त्यसै अनुरूप कदम चाल्दा ठूलो फरक पर्छ। यो एउटा गम्भीर कुरा हो।

बिरामी हुँदा मात्र होइन तर अरू कुरामा पनि लक्षण चिनेर त्यसै अनुरूप कदम चाल्नु आवश्‍यक छ। यसको एउटा ज्वलन्त उदाहरण हो, सन्‌ २००४ डिसेम्बर महिनामा हिन्द महासागरको आसपासका इलाकाहरूमा आएको सुनामी छालको प्रकोप। अस्ट्रेलिया अनि हवाईजस्ता ठाउँका सरकारी संघ-संस्थाहरूले उत्तरी सुमात्रामा डरलाग्दो भूकम्प जानेछ भन्‍ने कुरा पत्ता लगाउनुका साथै त्यस भूकम्पले पुऱ्‍याउन सक्ने खतराबारे पहिल्यै जानकारी पाएका थिए। तर अफसोस, खतरनाक इलाकाहरूमा बसोबास गर्ने मानिसहरूलाई चेतावनी दिने कुनै उपाय थिएन अनि त्यहाँका मानिसहरू चेतावनी पाएर पनि केही गर्न सक्ने अवस्थामा थिएनन्‌। यसले गर्दा २ लाख २० हजारभन्दा बढी मानिसले ज्यान गुमाए।

झनै महत्त्वपूर्ण चिह्नहरू

यस पृथ्वीमा छँदा येशू ख्रीष्टले आफ्नो कुरा सुनिरहेका मानिसहरूलाई चिह्नहरू चिनेर त्यसै अनुरूप कदम चाल्ने विषयमा एउटा पाठ सिकाउनुभयो। उहाँले अत्यन्त महत्त्वपूर्ण विषयमा कुरा गरिरहनुभएको थियो। बाइबल यस्तो रिपोर्ट गर्छ: “फरिसीहरू र सदुकीहरूले, उहाँकहाँ आएर उहाँलाई परीक्षा गर्नलाई, यसो भने, ‘हामीलाई स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्‌।’ तर उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, ‘साँझ पर्दा तिमीहरू भन्छौ, दिन राम्रो हुन्छ। किनकि आकाश रातो हुन्छ। औ बिहान आकाश रातो छ भने, आँधी आउँछ भनी भन्छौ। तिमीहरू आकाशको अवस्थाबाट दिन छुट्याउन जान्दछौ, तर समयका चिन्हहरू चाहिं छुट्याउन सक्‍तैनौ।”—मत्ती १६:१-३.

‘समयका चिन्हहरूबारे’ बताउने क्रममा येशूले आफ्नो कुरा सुनिरहेका प्रथम शताब्दीका यहूदीहरूले आफू बाँचिरहेको समय ढिलासुस्ती गर्ने समय होइन भनी बुझ्नुपर्ने थियो भनी सङ्‌केत गर्नुभयो। यहूदी रीतिरिवाजमाथि भयानक विपत्ति आउनै लागेको थियो, जुन विपत्तिले तिनीहरू सबैलाई पक्कै असर गर्ने थियो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले आफ्ना चेलाहरूलाई अर्को चिह्न अर्थात्‌ आफ्नो उपस्थितिको चिह्नबारे पनि बताउनुभयो। त्यतिखेर उहाँले जे भन्‍नुभयो त्यो आज हामी सबैको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने