प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अप्रिल पृ. ३२
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “हामी तपाईंसितै जानेछौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामी तपाईँहरूसितै जानेछौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अप्रिल पृ. ३२

पाठकहरूको प्रश्‍न

प्रत्येक अभिषिक्‍त ख्रीष्टियनले परमेश्‍वरबाट पाउने “बैना” र “छाप”-को मतलब के हो?–२ कोरि. १:२१, २२.

कागजातलाई पुष्टि गर्न माटोमा औंठीद्वारा छाप लगाउँदै गरेका मानिस

पहिला-पहिला कुनै कागजात पुष्टि गर्नुपऱ्‍यो भने माटो वा मैनमा औंठीद्वारा छाप लगाइन्थ्यो

बैना: एउटा स्रोतले बताएअनुसार २ कोरिन्थी १:२२ मा “बैना” भनेर अनुवाद गरिएको ग्रीक शब्द “विशेषगरि कानुन र व्यापार-व्यवसायमा चलाइने शब्द” हो, जसको अर्थ “कुनै कुरा किन्दा पहिले नै दिइने रकम, बन्धकी, धरौटी, धितो” हो अनि यसले गर्दा “कानुनी रूपमै आफूले किनेको कुरामा दाबी गर्न सकिन्छ र कारोबार पक्कापक्की भएको मान्‍न सकिन्छ।” अभिषिक्‍त जनहरूको कुरा गर्ने हो भने २ कोरिन्थी ५:१-५ मा बताइएजस्तै तिनीहरूले कहिल्यै नाश नहुने अविनाशी जीवन धारण गरेपछि मात्र लाक्षणिक कारोबार सकिनेछ अर्थात्‌ तिनीहरूको इनाम चुक्‍ता हुनेछ। अनि यसमा तिनीहरूले अमरता पाउने कुरा पनि समावेश छ।—१ कोरि. १५:४८-५४.

आधुनिक ग्रीक भाषामा मगनीको औंठीलाई बुझाउन यसैसित सम्बन्धित शब्द चलाइएको छ। ख्रीष्टको प्रतीकात्मक पत्नी बन्‍नेहरूको लागि यो तुलना एकदमै सुहाउँछ।—२ कोरि. ११:२; प्रका. २१:२, ९.

छाप: पहिला-पहिलाको समयमा आफ्नो स्वामित्व जनाउन, कुनै कुरा प्रमाणित गर्न वा मन्जुरी दिन छाप लगाउने चलन थियो। अभिषिक्‍त जनहरूको कुरा गर्ने हो भने तिनीहरूमाथि परमेश्‍वरको स्वामित्व छ भनेर सङ्‌केत गर्न लाक्षणिक तवरमा पवित्र शक्‍तिद्वारा तिनीहरूमाथि “छाप” लगाइएको छ। (एफि. १:१३, १४) तर मृत्युसम्मै वफादार भइसकेपछि वा महासङ्‌कष्टको केही समयअघि मात्र यो छापले तिनीहरूलाई स्थायित्व प्रदान गर्छ।—एफि. ४:३०; प्रका. ७:२-४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने