“मेरो सम्झनामा यो गर्ने गर”
१ येशूले आफ्नो चेलाहरुलाई उहाँको मृत्युको जयन्ती मनाउनु भनि आज्ञा दिनु भयो। (लू० २२:१९) यो उत्सव मनाएमा यसले मानव जातिको लागि येशूले दिनु भएको महान बलिदानबारे सम्झौटोको काम गर्नेछ। यो वर्ष विश्वभरि यहोवाका साक्षीहरुले येशूको मृत्युको स्मरर्णाथलाई शुक्रवार, अप्रिल १७, सूर्यास्त पश्चात मनाउने छन्।
२ व्यक्तिगत तयारी: यो महत्त्वपूर्ण अवसरलाई उचित प्रकारले मनाउनको लागि हामीले तयारी कसरी गर्न सक्छौं? एउटा तरिका हो येशूको पार्थिव जीवन तथा सेवकाइमाथि प्रार्थनापूर्वक मनन गरेर। आफ्नो सिद्ध मानव जीवनलाई बलिदानस्वरुप दिएर उहाँ मानव जातिको उद्धारक हुनु भयो। (मत्ती २०:२८) यो प्रबन्धबारे प्रत्येकलाई मूल्याङ्कन गर्नु मदत् दिनको लागि, द ग्रेटेस्ट् म्यान् हू एभर् लिभ्ड्–को अध्याय ११२ देखिन् ११६ माथि विचार गर्नु हुन हामी सिफारिस गछौं।
३ स्मरणार्थ अगाडिको बाइबल पढाई यो वर्षको लागि, १९९२ क्याʹलेन्डर् ॲफ जिहोʹभाज् ह्विटʹनेसस्–मा उल्लेख गरिए अनुसार, बाइबलको पुस्तक मर्कूसबाट चुनिएका पदहरु रहेका छन्। यो विशेष बाइबल पढाइलाई अप्रिल १२-१७, अर्थात रविवार देखिन् शुक्रवारको छः–दिनको समयावधिको लागि तालिकाबद्ध गरिएको छ। यी गम्भीर घटनाहरु माथि मनन गर्नको लागि हामी सबैले नै पर्याप्त समय लिन चाहनेछौं।
४ प्राचीनहरुद्वारा पूरापूर तयारी: सुनिश्चित गर्नुहोस् कि स्मरणार्थको लागि आमन्त्रण पत्रहरु उपलब्ध छन्। आशा गरे अनुसार त्यहाँ उपस्थित हुने जत्तिको लागि पर्याप्त बस्ने प्रबन्ध छ? जब हॅललाई एक वा त्यसभन्दा बढीले प्रयोग गर्छन्, प्रत्येक मण्डलीलाई स्मरणार्थ मनाउँने पर्याप्त समय दिनको लागि काइदाको प्रबन्ध हुनु पर्छ। परिचारकको रुपमा सेवा गर्नेहरुले आफ्नो कर्तव्यबारे पहिल्यै नै सूचना पाएको हुनु पर्छ। त्यहाँ उपस्थित हुने नौलो व्यक्तिहरुलाई स्वागत गर्नको लागि तिनीहरु अघि सर्न चाहनेछन्। असल–योग्यता भएको वक्ता रोज्नु पर्छ जसले स्पष्ट तथा शास्त्र अनुसार जानकारी दिन सक्छन्। ती प्रतीकहरु सार्नको लागि जिम्मेवार प्राचीन वा सेवकाइ दासहरुलाई खटाउँनु होला। अखमिरे रोटी र मसला नभएको रातो दाखमद्यको प्रबन्ध हुनु पर्छ। थप संझौटोको लागि, फ्रेब्रुअरी १५, १९८५, द वॅचटावर–को अङ्क, पृष्ठ १९ हेर्नु होला।
५ पूरापूर अग्र तयारी द्वारा, हामीले प्रदर्शन गर्नेछौं कि हामी यो विशेष अवसरको महत्त्वलाई पूर्णतया मूल्याङ्कन गर्दछौं तथा हामीहरु येशूले दिनु भएको आज्ञा बमोजिम मसिहको मृत्युको स्मरणार्थ मनाउँन पनि इच्छुक छौं।—१ कोरि० ११:२३-२६.
[पृष्ठ १-मा भएको पेटी]
१. वक्ता लगायत सबैलाई, यो उत्सव मनाउँने स्थान तथा ठीक समयवारे जानकारी दिइएको छ? के वक्ताकोमा सवारी साधन छ?
२. प्रतीकहरुको व्यवस्था मिलाउँनको लागि निश्चित प्रबन्धहरु गरिएका छन्?
३. कसैलाई एउटा सफा टेबिलपोश तथा आवश्यक सङ्खयामा गिलासहरु र प्लेटहरु ल्याउँनको लागि प्रबन्धहरु गरिएको छ?
४. स्मरणार्थको अगाडि हॅल सफा गर्न र यदि त्यो साँझ अर्को मण्डलीले त्यो हॅल चलाउँदैछ भने स्मरणार्थ सिद्धे पछि हॅललाई हल्कासँग सफा गर्नको लागि के के प्रबन्धहरु गरिएका छन्?
५. परिचारक तथा प्रतीकहरु सार्नको लागि अरुहरुलाई खटाउँने काम सिद्धिए? आआफ्ना कार्यभारबारे राम्ररी जानकारी पाउँनको लागि स्मरणार्थ अगावै तिनीहरुसँग सभा बस्ने तालिका बनाइएको छ? कहिले? यी प्रतीकहरु सबैलाई कुशलतापूवर्क पस्कनुको लागि कुन प्रक्रिया अपनाउँनु हुनेछ?
६. वृद्ध तथा अशक्त भाइ तथा बहिनीहरुलाई मदत् गर्नको लागि प्रबन्धहरु पूरा छन्? यदि त्यहाँ कुनै अभिषिक्त हुनुहुन्छ तथा चलहल गर्न उहाँलाई समस्या पर्छ र किङ्डम हॅलमा आउँन सक्नु हुन्न भने उहाँलाई प्रतीकहरु पस्कनुको लागि प्रबन्धहरु गरिएका छन्?