यहोवाका कार्यहरुको प्रचार गर
१ “जाति जातिहरुका बीचमा उहाँका कार्यहरुको प्रचार गर, उहाँको नाउँ उच्च पारिएको छ भनी चर्चा गर . . . , किनकि उहाँले महिमित कामहरु गर्नुभएको छ।” (यशै. १२:४, ५) यो मन्त्रणाको प्रत्युत्तर तपाईंले कसरी दिनु हुन्छ? एउटा जातिको रुपमा र व्यक्ति विशेषको रुपमा यहोवाले हामीसँग गर्नु भएको व्यवहार माथि जब हामी विचार गर्छ, के उहाँबारे अरुहरुलाई बताउँन हाम्रो हृदय व्यग्र भएर आउँदैन र? केही ७३ वर्ष अगावै, यहोवाले आफ्नो जनलाई बेबिलोनी दासत्वबाट छुट्कारा दिनु भयो। सन् १९१९ देखि यसो साँचो उपासना बलियो गरि स्थापित भएको छ र अब पृथ्वीका सबै भागहरुमा फिंजिएको छ। यहोवाले गर्नु भएका यी कार्यहरुको सीमानाले हाम्रो आशालाई उछिनेको छ। एक जना व्यक्तिको रुपमा, कुन गहिराइ सम्म तपाईंले परमेश्वरको डोहोऱ्याइ, संरक्षण, तथा आशिषहरुको मूल्याङ्कन गर्नु भएको छ? के उहाँको कार्यहरुबारे जानकारी दिन र उहाँको नाउँलाई उच्च पार्नको लागि तपाईंले अझ बढ्ता गर्न सक्नु हुन्छ?
२ स्मरणार्थको यामले हाम्रो मनमा त्यो ईश्वरीय कार्यलाई ल्याउँदछ जसको लागि हामी सदा सर्वदै कृतज्ञी हुनेछौं। सहायक अग्रगामीको रुपमा सेवा गरेर हाम्रो धन्यवाद तथा मूल्याङ्कन यहोवालाई देखाउनको लागि अप्रिलको महिना विशेष गरि उपयुक्त समय हुनेछ। साथै, यदि तपाईंले सर्किट ओभरसियरको आगम दौरान सहायक अग्रगामी काम गर्नु भयो भने, सेवकाइमा उहाँबाट पाएको सहायता तथा प्रोत्साहनबाट तपाईंलाई अरु बढी लाभ हुनेछ।
३ प्रायः एकै साथ निकै प्रकाशकहरुले आफूलाई सहायक अग्रगामीको रुपमा दर्ता गराए भने प्रबन्ध रामरी मिलेर आउँछ। एउटा राम्रो तालिका माथि काम गर्न सकिन्छ ताकि कार्य गर्नुको लागि सबैकोमा कोही न कोही हुनेछ, र ससाना छोरा–छोरी भएका बहिनीहरुले एकार्कालाई सहायता दिन सक्ने छन्। राम्रो योजना बनाएको खण्डमा, धेरैले पाएका छन् कि ६०–घंटाको माग पूरो गर्न धेरै गाह्रो त रहेनछ। यसको अर्थ सेवकाइको लागि औसतमा प्रत्येक दिन २ घंटा वा एक सातामा १५ घंटा मात्र दिनु पर्ने। केही सहायक अग्रगामीहरुले आफ्नो जागिरमा जान अगावै अथवा फर्केपछि एक वा दुइ घंटाको लागि साक्षी दिने काम गर्छन् तथा सप्ताहान्तको सेवकाइमा अरु लामो समय बिताउने गर्छन्।
४ यदि तपाईं सहायक अग्रगामी काम गर्न सक्नु हुन्न भने पनि, तपाईंले आफ्नो क्षेत्र सेवाका गतिविधिहरुलाई बढाउँन सक्नु हुन्छ होला। साथै, अग्रगामी हुनेहरुसँग काम गरेर अथवा सवारी साधनको लागि सहायता दिएर पनि तपाईं तिनीहरुको निमित्त एउटा प्रोत्साहनको कारण बन्नु हुनेछ। यहोवाको नाउँलाई घोषणा गर्न तथा उहाँको कार्यहरुको प्रचार गर्नको लागि हामीले जेजत्ति गर्न सक्छौं त्यो हाम्रा गुणग्राही परमेश्वरको दृष्टिबाट लुक्ने छैन।—मला० ३:१६.