जून महिनामा द वॅचटावर् टक्रयाउँदा
१ द वॅचटावर्-को उद्देश्यलाई छोट्करीमा प्रत्येक अङ्कको दोस्रो पानाको माथिल्लो हिस्सामा व्यक्त गरिएको हुन्छ। हामीले उक्त पत्रिकामा उद्घोषित उद्देश्यसँग संस्वरतामा हुन यथासंभव बढिभन्दा बढि मानिसहरुलाई मद्दत दिनको लागि के गर्न सक्छौं ? जून महिना दौरान, राज्य समाचारमा चाख देखाएका सबै मानिसहरुलाई द वॅचटावर् पत्रिकालाई नियमित रुपमा पढ्ने प्रोत्साहन दिनको लागि हामी विशेष प्रयत्न गर्नेछौं।
२ आफूलाई मसीही भनेर दावी गर्ने व्यक्तिलाई हामीले भन्न सक्छौं:
▪ “आफ्ना छरछिमेकीहरु सँग हामीले एउटा प्रश्न सोद्धै थियौं र यसबारे तपाईंको टिप्पणीलाई पनि हामी मूल्याङ्कन गर्नेछौं । किनकि येशूले हामीलाई परमेश्वरको राज्य आओस् तथा उहाँको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि होस् भनेर प्रार्थना गर्न सिकाउँनु भयो, तपाईंको विचारमा के साँच्चै परमेश्वरको इच्छा यहाँ तल पृथ्वीमा पनि पूरो हुन्छ होला?” जवाफको लागि समय दिनु होला, र तत्पश्चात यशैया ५५:१०, ११-लाई पल्टाउँनु होस् र परमेश्वरले गर्नु भएका सबै प्रतिज्ञाहरु कसरी पूरो हुनेछन् भन्ने विषयमाथि ध्यान दिन घरपट्टीलाई निम्तयाउँनु होस्।—rs, p. 12, “किङ्गडम” शीर्षक अन्तर्गत दोस्रो परिचय।
३ यदि घरपट्टीले चाख देखाए भने, यसो भन्दै तपाईंले त्यो जारी राख्न सक्नु हुन्छ:
▪ “द वॅचटावर् पत्रिकाको एउटा उद्देश्य बाइबलमा दिएका अग्रिमवाणीहरु माथि ध्यान आकर्षण गर्नु हो। यो लेखमाथि ध्यान दिनु होला।” तत्पश्चात “1914—द य्यर् देट शॅक्ड् द वर्ल्ड” भएको मे १-को द वॅचटावर्-को अघिल्लो लेखतर्फ ध्यानलाई तानेर भन्नुहोला: “‘सन् १९१४ सालमा किन चासो राख्ने होला?’ भनेर तपाईं अचम्म मान्नु हुँदै होला। हेर्नु होस् त यहाँ अनुच्छेद २-ले १९१४ तथा द वॅचटावर्-वारे के भन्दछ्।” तत्पश्चात त्यो अनुच्छेद पढि दिनु होला।
४ यदि तपाईंलाई योभन्दा पनि लामो छलफल गर्न मन लाग्यो भने, रीʹजनइङ पुस्तकमा औंलाए झैं, प्रकाश २१:३-५ मा भएका पदलाई समावेश गर्नका लागि उक्त प्रस्तुतीलाई बढाउँन सकिन्छ।
यस संदर्भमा, यशैया ५५:१०, ११ पढिसक्नु भएपछि, तपाईं भन्न सक्नु हुन्छ:
▪ “अब चाँडै पृथ्वीको सम्बन्धमा परमेश्वरले इच्छा गर्नु भएको एउटा अत्यन्तै रोचक अग्रिमवाणी पूरो हुने छ। यसले तपाईंको अनि मेरो जीवनमाथि प्रभाव पार्ने छ। सुनि दिनु होला प्रकाश २१:३-५ मा के लेखिएको छ।” तत्पश्चात तपाईंले उक्त पदहरुलाई पढि दिन सक्नु हुन्छ र परमेश्वरको राज्य शासन अन्तर्गत आउँन लागेका आशिषहरुबारे छलफल गर्न सक्नु हुन्छ। देखाइ दिनु होला द वॅचटावर्- ले परमेश्वरको राज्य सरकारवारे घोषणा कसरी गर्दछ।
तपाईं भन्न सक्नु हुन्छ:
▪“यो मे १-को अङ्कमा ‘हु विल् एस्केप् द “टाइम् ॲफ् डिस्ट्रेस्”?’ लेख पाइन्छ। हामीले प्रकाश २१-मा पढेका परमेश्वरको राज्य अन्तर्गत आउँन लागेको धार्मिक नयाँ संसारमा तपाईं कसरी जीउन सक्नु हुनेछ विषयवारे बुझ्न यसले मद्दत दिने छ।”
५ जातीय भाषामा आउने, जून १-को प्रहरीधरहरा चलाउँनु हुँदा, तपाईं भन्न सक्नु हुन्छ:
“हामीमध्ये कतिपय प्रायः समय समयमा बिरामी पर्दछौं । के जीवन यसै प्रकार नै चलिरह्ला हो?” (घरपट्टीलाई आफ्नो विचार व्यक्त गर्न दिनु होला।) तत्पश्चात भन्नु होला: “चाडै नै अब उप्रान्त बिमारी र मृत्यु हुनेछैन!” र पत्रिकाको सबैभन्दा शुरुमा दिएको तस्वीर देखाउँनु होला। “यो पक्कै पनि हुनेछ भनेर के तपाईं विश्वास गर्नु हुन्छ?” (उहाँको जवाफको लागि पर्खिनु होला।) त्यो तस्वीरमाथि केही बेरसम्म सविस्तार बोलेर, त्यस लेखको अन्तिम अनुच्छेदलाई उल्लेख गर्नु होस्। ग्राहकताको लागि प्रस्ताव राख्नु होस्।
६ बाइबल अध्ययनतर्फ लैजाने खुटकिलो रुपमा द वॅचटावर्- लाई उपयोग गर्नु होस्: अरुहरुलाई सत्य सिक्नका लागि मद्दत दिनु नै हाम्रो लक्ष्य हो जसद्वारा तिनीहरु पनि यहोवाको सहकर्मी भएर यहोवाको राज्यलाई घोषणा गर्नुमा सहभागी हुन सक्ने छन्। त्यसो भए, चाख देखाउँने मानिसहरुलाई हामीले भेट्टाए पछि, हामीले तिनीहरुबारे टिपोट राख्ने इच्छा गर्नेछौं र चाँडै फर्केर जानेछौं।
७ जसै हामी द वॅचटावर्- को सहयोगले अरुहरुसँग सत्य बाँडनेछौं, आफ्नो कार्यमा हामी निरन्तर यहोवाबाट निर्देशन मागी बसौं जसद्वारा भेडो खालका जनलाई भेट्टाएर तिनलाई हामीले ख्वाउन सक्ने छौं ।—यू० २१:१५-१७.