भेटलाई हाम्रो प्रस्तुतीकरणसित जोडने
१ यो महिनाका लागि आफ्नो प्रस्तुतीकरण तयार पार्नु हुँदा, तपाईंको इलाकाका मानिसहरूले सामना गर्नु परेका मुख्य समस्याहरू माथि तपाईंले सर्व प्रथम विचार गर्न सक्नु हुने छ। त्यसपछि अगस्तको महिनामा हामीले प्रस्तुत गर्ने एउटा ब्रोश्यरबाट व्यावहारिक र शास्त्रीय समाधानलाई औंल्याउने बयानहरू रोज्न सक्नु हुन्छ।
२ केही छरछिमेकमा, बढ्दो बेरोजगारी एवं महँगीले गर्दा मानिसहरू चिन्तित हुन सक्छन्। यस्तो स्थितिको सामना तपाईंलाई गर्नु पऱ्यो भने, तपाईंले आफ्नो प्रस्तुतिमा यो समस्यालाई विशेष रूपले उल्लेख गर्न सक्नु हुन्छ।
तपाईं भन्न सक्नु हुन्छ:
◼ “सबैका लागि रोजगार एवं घरव्यवस्थाको प्रबन्ध मिलाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा हामी आफ्ना छिमेकीहरू सित कुराकानी गर्दै छौं। मानव सरकारहरूले यसको प्रबन्घ मिलाउने छन् भनी विश्वास गर्न के तपाईंलाई मनासिब लाग्छ? [घरपट्टीलाई प्रत्युत्तर दिने समय दिनु होस्।] यी समस्याहरू हल गर्न जान्नु हुने कोही एक जना हुनु हुन्छ। उहाँको आश्वासनपूर्ण प्रतिज्ञा यहाँ यशैया ६५:२१-२३ मा दिइएको छ। हेर्नु होस् न। [पढी दिनु होस्।] हाम्रा सृष्टिकर्ताले हाम्रै प्रोत्साहनका निम्ति यो प्रतिज्ञा लेखी दिनु भएका हुन्। र यी कष्टमय समयहरूमा हामी सबैलाई नै यसको खाँचो पनि त छ, हैन र?”—rs, p. 11.
३ प्रस्तुतिको ठीक यसै बेला तपाईंले हाम्रा समस्याहरू ब्रोश्यरबाट लिइएको सामग्रीलाई जोड्न सक्नु हुन्छ। उदाहरणका लागि, पृष्ठ ४-को अनुच्छेद २-मा सर्वसाधारण मानिसले सामना गर्नु परेका विभिन्न समस्यहरू उल्लेख गरिएको छ। अधिकांश मानिसहरूले यी मध्ये एक वा अनेकन् समस्याहरू व्यक्तिगत रूपमा अनुभव गरिरहेका हुने छन्। त्यसपछि घरपट्टीको ध्यानलाई पृष्ठ ५-तिर आकर्षित गर्न सकिन्छ, जसमा मास्टरजीले आनन्दलाई यसो भन्छन्: “कसैले हाम्रा सबै समस्याहरू चाँडै नै समाधान गर्नु हुनेछ भनी हामी सम्पूर्ण परिवार नै विश्वस्त छौं।” यहोवाले एउटा परिवर्तन ल्याउने प्रतिज्ञा गर्नु भएको छ भनेर अनुच्छेद २, पाना ६-मा उल्लेखित मास्टरजीका टिप्पणीहरू पनि एक छिनका लागि देखाउनु होस्। ब्रोश्यर प्रस्तुत गरी सक्नु भए पछि, तपाईंले आफ्नो कुरा टुङ्गयाउनु हुँदै, परमेश्वरले हाम्रा समस्याहरूलाई कसरी हल गर्नु हुने छ सो छलफल गर्न तपाईं चाँडै नै फर्केर आउन इच्छुक हुनु हुन्छ भन्न सक्नु हुन्छ।
४ “हेर!” ब्रोश्यर प्रस्तुत गर्नु हँदा, सबैलाई उपलब्ध हुने घरव्यवस्था एवं रोजगारको परिकल्पना ब्रोश्यरको बाहिर र पछाडि पट्टीको खोलमा चित्रहरू द्वारा कसरी प्रस्तुत गरिएको छ, सो देखाए कसो होला? सम्पूर्ण चित्रलाई घरपट्टीले हेर्न सक्ने गरी तपाईंले ब्रोश्यर खोल्न सक्नु हुन्छ। परमेश्वरको प्रतिज्ञा सफल भए पछिको अवस्थालाई यसले रामरी चित्रित गर्दछ भन्दै, यो चित्रलाई भर्खरै पढ्नु भएको शास्त्रपद्यसित गाँस्नु होस्।
तपाईंले “राज्य” ब्रोश्यर प्रस्तुत गर्नु हुँदै छ भने यसो भन्न सक्नु हुन्छ:
◼ “परमेश्वरको राज्य आओस् र उहाँको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पनि पूरा होस् भनेर प्रार्थना गर्न येशूले हामीलाई सिकाउनु भयो। कुनै दिन यहाँ परमेश्वरको इच्छा पूरा भयो भने, के पृथ्वी साँच्चै नै एउटा प्रमोदवनमा परिणत होला र?” घरपट्टीले प्रत्युत्तर दिए पछि, प्रकाश २१:३-५ पढ्नु होस्।
५ त्यस पछि पृष्ठ ३-मा सुरुको अनुच्छेदबाट टिप्नु भएका केही भाग पढ्नु होस्। निम्न वयानमाथि ध्यान दिनु होस्: “यही राज्यद्वारा, परमेश्वरले युद्ध, भोक, रोग र अपराधलाई अन्त्य गरिदिनु हुनेछ।” यी समस्याहरू मध्ये कुन चाहिं समस्या घरपट्टीलाई सबैभन्दा गम्भीर लाग्छ भनी सोध्नु होस्।
६ पाकाहरूलाई पनि, जवान मानिसहरूले यो राज्य समाचार प्रभावकारी ढङ्गमा प्रस्तुत गर्न सक्छन्।
यशैया ६५:२१-२३ प्रस्तुत गर्दा, जवान प्रकाशकहरूले यसो भन्न सक्छन्:
◼ “तपाईं एक जना बुज्रुक व्यक्ति भएको हुनाले, तपाईं मभन्दा धेरै नै अनुभवी हुनु हुन्छ। तापनि, यो एउटा शास्त्रपद्यबाट हामी सबैले सान्त्वना पाउन सक्त छौं।”
७ घरपट्टीले लिएका कुनै पनि पुस्तक-पुस्तिका अथवा ब्रोश्यर वा पत्रिकाको नाउँ समेत, राम्रोसँग लेखेर राख्नु होस्। चासोको विकास गर्न फर्किंदा तपाईंलाई यो जानकारीको खाँचो पर्ने छ।