शुरुका टिप्पणीहरुले फरक पार्न सक्छ
१ के तपाईंले रीʹजनइङ पुस्तकमा सुझावित केहि परिचयहरु वा हालसालैका हाम्रो राज्य सेवकाइ-का अङ्कहरुमा दिइने गरिएका परिचयहरुलाई उपयोग गर्नु हुँदैछ? धेरै प्रकाशकहरुले यी शुरुका टिप्पणीहरुलाई छापामा दिए अनुसार जस्ताको तस्तै गरि चलाएको हुनाले तिनीहरुको घर-घर-जाने सेवकाइमा अझ बढी सफलताबारे जानकारी दिंदै छन्। अरुहरुले पाएका छन् कि क्षेत्र सेवकाइका लागि तयारी गर्न अझ अलिकता समय लिएर मात्रै पनि, छापाका सुझावहरुको शब्दावली माथि आधारित तर आफ्नै शब्दमा तिनीहरुले शुरुका टिप्पणीहरुलाई सूत्रण गर्न सकेका छन्।
२ एउटा कुरो निश्चय छ, र त्यो हो यदि राज्यको समाचार लिएर कसैको सामु जानु भन्दा अगाडि तपाईंको मनमा शुरुका लागि टिप्पणीहरु छन् भने, तपाईंलाई अरु ढुक्क भएको अनुभव हुने छ र अझ आत्मविश्वास बढ्नेछ। तपाईंको अभिव्यक्तिले सुसमाचार बाँट्ने विषयमा तपाईंको निष्कपट अभिलाषालाई प्रतिबिम्ब गर्नेछ। तपाईंको राम्रो तयारीले तपाईंको सेवकाइलाई अझ आनन्दमय बनाउँनेछ किनभने यसबाट तपाईंले अझ राम्रो परिणाम निकाल्नु हुनेछ। यहाँ ठूलो महत्त्वको विषय यो छ कि हामीले अर्पण गर्न सक्ने सेवाको बलिदान सबैभन्दा उत्तम हुनुपर्छ।—हि० १३:१५; १ पत्रू० २:५.
३ अतः तयारी गर्नका लागि समय लिनुहोस्। विचार गर्नुहोस् तपाईंको इलाकामा कुनकुन प्रकारका मानिसहरुलाई भेट्ने संभावना छ। तिनीहरुलाई पिरोल्ने र चिन्ता लाग्ने विषयहरु के के हुन्? कुनकुन वर्तमान घटनाहरुले तिनीहरुको जीवनमाथि प्रभाव पारि रहेको छ? यी प्रश्नहरु सम्बन्धी जवाफहरु माथि मनन गरि सिद्धाए पछि, रीʹजनइङ पुस्तकको पृष्ट ९-१५ मा शुरुगर्नका लागि सुझावित टिप्पणीहरु माथि ध्यान दिनु होला वा शुरुमा प्रयोग गर्न हाम्रो राज्य सेवकाइ-मा राखिएका कुनै एउटा वा त्योभन्दा बढी टिप्पणीहरु रोज्नु होला। तपाईंलाई ढुक्क लाग्ने प्रकारले उक्त सुझावहरुमा उचित परिवर्तनहरु ल्याउँन वा दिएका शब्दबनोटमा छाँटकाँट ल्याउँन तपाईं स्वतन्त्र हुनु हुन्छ। यस पछिको अर्को पाइला तपाईंले बनाउँनु भएको शुरुका टिप्पणीहरुलाई दोहोऱ्याउँनको लागि अभ्यास अधिवेशनमा प्रकाशकहरुलाई एकजुट पार्नु हो। हुनः सक्छ यसबाट अरुहरुलाई पनि तिनीहरुको शुरुको टिप्पणीहरुमा उन्नति ल्याउँने प्रोत्साहन मिल्नेछ। जे होस्, यसो गर्नाले निश्चय नै तपाईंले एकअर्कालाई प्रोत्साहन दिई रहेको हुनु हुनेछ र असल कार्यहरुमा एकअर्कालाई निर्माण गरि रहेको हुनु हुने छ।
४ क्षेत्रका लागि प्रस्तुती तयार गर्दा तपाईंले खर्च गर्नु भएको समय र यत्नको इनाम तपाईंले पाउँनु हुनेछ। अहिले चलि रहेका रोमाञ्चकारी भित्राउँने कार्यमा अझ बढ्ता असरदायक रुपमा भाग लिन पाउँने आशिष तपाईंले प्राप्त गर्न सक्नु हुनेछ।