अग्रगामी सेवकाई—प्रेमको एउटा अभिव्यक्ति
१ यहोवा तथा हाम्रो सङ्गीहरू प्रतिको प्रेमले नै हामीलाई प्रचारको काममा पूर्णरूपले भाग लिने प्रेरणा दिन्छ। जसै यहोवा एवं मानिसप्रति हाम्रो प्रेम बढ्दै जान्छ उसै सेवकाईमा अझ बढ्ता भाग लिने योजना बनाउँन हामी अझ प्रोत्साहित हुन्छौं। जत्ति बढी मात्रामा हामी परमेश्वरको वचनको “सही ज्ञान” लिंदै जान्छौं, उत्ति नै हाम्रो प्रेम पनि बढ्दै जाने छ। (फि. १:९, १०) यहोवाको इच्छावारे जत्ति धेरै हामी सिक्तछौं, उत्ति नै हामी बाँचिरहेका समयहरूको महत्त्वलाई मूल्याङ्कन गर्दछौं। यसले अरूहरूप्रति हाम्रो चासोलाई अझ बल दिनेछ। अग्रगामी सेवामा लागेर धेरैले आफ्नो यो प्रेमपूर्ण चासो प्रकट गरिरहेका छन्।
२ सहायक वा नियमित अग्रगामी हुन के तपाईं आफ्नो जीवनमा आवश्यक काँटछाँट गर्न सक्नुहुन्छ? हुनः त हो, हामीमध्ये सबैले नै अग्रगामी काम गर्न सक्तैनन्। तर हामी प्रत्येकले आ-आफ्ना परिस्थितिहरूलाई प्रार्थनापूर्वक विश्लेषण गर्न सक्छौं।
३ अग्रगामी सेवाका लागि फुर्सत कमै मसीहीहरू सँग मात्र हुन्छ; यसकारण, हाल हाम्रो समय खेर जाने ती अनावश्यक कुराहरूबाट ‘अनुकूल समय किनेर’ (न्यु व.) लिनु आवश्यक छ। (एफि. ५:१५-१७) परमेश्वर तथा मानिसप्रतिको प्रेमले हामीलाई आफ्ना केही व्यक्तिगत अभिलाषाहरू एवं सुखःसाधनहरू त्याग्न इच्छुक पार्नु पर्ने हो ताकि हाम्रो प्रेम अझ पूर्णरूपले प्रकट हुन सकोस्। (म. १२:३३) हामीले उपार्जन गरेका धेरै कुराहरू हाम्रो दृष्टिमा सामान्य भए तापनि संसारका अन्य भागहरूमा तिनीहरू विलास साधन मानिन सकिन्छ।
४ यो ईश्वरीय ढङ्गमा सोच्न आमा-बाबुहरूले छोरा-छोरीहरूलाई सहायता दिन के गर्न सक्छन्? कलिलो उमेर छँदै आफ्ना छोरा-छोरीका अगाडि आमा-बाबुले ईश्वरतन्त्रीय लक्ष्यहरू राखिदिनु पर्दछ। स्कूल छाड्ने बेला आउँदा, के तिनीहरू सांसारिक वा आध्यात्मिक लक्ष्यहरू बारे सोच्दै छन्? कलिलो उमेरमा नै अग्रगामी सेवामा प्रवेश गर्दा उपलब्ध हुने अनन्तकालिन लाभहरू बुझ्न मद्दत हामी आफ्ना जवान व्यक्तिहरूलाई दिन चाहन्छौं। यो स्वर्गमा धन थुपार्नु हो। (मत्ती ६:१९-२१) यसले परमेश्वरलाई खुशी तुल्याउछ र उहाँ प्रतिको हाम्रो वफादारी र भक्तिको प्रमाण दिन्छ। र यसले अरूहरूको ज्यान पनि बचाउँछ।
५ ‘सबै मानिसहरूले उद्धार पाऊनु’ भन्ने परमेश्वरको इच्छा हो। (१ तिमी. २:४) हाम्रो इच्छा पनि त्यही नै हो भनी के हामी देखाउँन सक्छौं? राज्यसम्बन्धी जिम्मेवारीहरूलाई प्रथम स्थान दिन हामी तयार छौं भने हामी त्यो गर्न सक्छौं। साथै जीवनका आवश्यकताहरूको प्रबन्ध यहोवाले मिलाउनु हुने छ भन्ने विश्वास राखेर पनि हामी सो गर्न सक्ने छौं। (मत्ती ६:३१-३३) संसारमा आर्थिक अवस्थाहरू अझ बिग्रँदै जान सक्छ, तर हाम्रो हेरविचार गर्ने यहोवाको प्रतिज्ञा कहिल्यै बदलिंदैन।—भजन. ३७:२५.
६ हाम्रा परिस्थितिहरूले दिएअनुसार क्षेत्र सेवकाईमा भाग लिन यथासक्दो बल गर्नु प्रेमको एउटा अभिव्यक्ति हो। कतिपयका निमित्त यसको अर्थ त नियमित अग्रगामी हुनु हो। सेप्टेम्बर् १, १९९२-देखिन् यो सुरु गर्न तपाईंले जे गर्नु पर्ने हो, ती सबै किन न गर्ने?