प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई p. ३
  • अग्रगामी सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अग्रगामी सेवा गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई p. ३
एक युवती, तिनका आमाबुबा र हजुरआमा मिलेर आ-आफ्नो तालिकाबारे छलफल गर्दै छन्‌।

ख्रिष्टियन जीवन | नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्‌

अग्रगामी सेवा गर्नुहोस्‌

हामीले आफ्नो शक्‍तिलाई आध्यात्मिक लक्ष्यहरू हासिल गर्न केन्द्रित गऱ्‍यौँ भने त्यसको सदुपयोग गरिरहेका हुन्छौँ। (१को ९:२६) अहिलेको संसार अन्त हुन थोरै समय मात्र बाँकी छ। त्यसैले लक्ष्यहरू राख्यौँ भने हामी समयको सदुपयोग गर्न सक्छौँ। (एफि ५:१५, १६) आउँदो सेवा वर्षको लागि कस्ता लक्ष्यहरू राख्न सकिन्छ भनेर पारिवारिक उपासनाको बेला छलफल गरे कसो होला? यस अभ्यास पुस्तिकामा थुप्रै सुझाव दिइएका छन्‌। तीबारे प्रार्थनापूर्वक विचार गर्नुहोस्‌।—या १:५.

परिवारको साथ पायो भने एक जनाले मात्र भए पनि नियमित अग्रगामीको रूपमा सेवा गर्न सकिएला कि? नियमित अग्रगामी सेवा सुरु गरेपछि घण्टा पुऱ्‍याउन सक्दिनँ जस्तो लाग्छ भने तपाईँको जस्तै अवस्था भएका अग्रगामीहरूसित कुरा गर्नुहोस्‌। (हित १५:२२) पारिवारिक उपासनामा कोही एक जना अग्रगामीलाई बोलाएर तिनलाई आफ्नो मनमा उठेका प्रश्‍नहरू सोध्नुहोस्‌। अनि तपाईँले पछ्याउन सक्ने विभिन्‍न तालिका बनाउनुहोस्‌। तपाईँले पहिला अग्रगामी सेवा गर्नुभएको थियो भने फेरि गर्न सकिन्छ कि भनेर आफ्नो अवस्था केलाउनुहोस्‌।

तपाईँको परिवारमा कसैले एक महिना वा त्योभन्दा लामो समयको लागि सहायक अग्रगामी सेवा गर्न सक्छन्‌ कि? तपाईँसित धेरै बल छैन भने पनि अग्रगामी सेवा गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँ हप्ताको हरेक दिन अलि-अलि समय साक्षीकार्यमा बिताउने योजना बनाउन सक्नुहुन्छ। अर्कोतर्फ, हप्ताभरि काम गर्नुपर्छ वा स्कुलको विद्यार्थी हुनुहुन्छ अनि हप्ताको बीचमा साक्षीकार्यमा भाग लिन सक्नुहुन्‍न भने नि? तपाईँ धेरै बिदा हुने महिना अथवा पाँच वटा सप्ताहन्त भएको महिना छान्‍न सक्नुहुन्छ। अनि कुनचाहिँ महिनामा सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ क्यालेन्डरमा लेख्नुहोस्‌ र तालिका बनाउनुहोस्‌।—हित २१:५.

साहसी . . . अग्रगामी हुनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • यहोवाले कसरी बहिनी आमान्डको हेरचाह गर्नुभयो? यस अनुभवबाट हामी के सिक्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने