परमेश्वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, तथा त्यसबाट लाभ उठाउँन
१ लाखौं मानिसहरूकहाँ बाइबल भए तापनि, धेरैले यसलाई परमेश्वरको वचनको रूपमा स्वीकार गर्दैनन्, अधिकांशले यसका बुद्धिपूर्ण सल्लाहलाई प्रयोगमा ल्याउदैनन्, र यो पुस्तकबाट लाभ उठाउनेहरू पनि कमै हुन्छन्। तथापि, यो परमेश्वरकै वचन हो तथा सबै कामको लागि उपयोगी छ भनी यहोवाका जन वास्तवमा विश्वास गर्छन्। (२ तिमो० ३:१६, १७) अतः, १९९३ सेवा वर्षको सर्कट सम्मेलन कार्यक्रमको ध्येय हुनेछ “परमेश्वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, र त्यसबाट लाभ उठाउँन।”
२ हामीलाई प्रोत्साहन दिन, परमेश्वरको वचनप्रति हाम्रो मूल्याङ्कन बढाउन, तथा जीवनका सबै क्षेत्रहरूमा यसलाई पूर्णतया प्रयोगमा ल्याउने मद्दत दिनका लागि भाषणहरू, प्रदर्शनहरू, भाणहरू, अनुभवहरू, तथा अन्तर्वार्ताहरू प्रस्तुत गरिने छन्। पारिवारिक परिधिभित्र मनोरञ्जन, सरसङ्गती, तथा भौतिकवाद सम्बन्धी सल्लाह र अनुशासनको छलफल शनिवार अपरान्हको कार्यक्रममा गरिने छ। संसारको कुचाल एवं अश्रद्धालु वा अश्लील बोली नअपनाएर हामी त्योभन्दा बेग्लै कसरी हुनु पर्छ सो यस कार्यक्रमले देखाउने छ। यस बाहेक, एक्लो आमा वा बाबु तथा बाबु नभएका छोरा-छोरीहरूलाई लाभ हुने प्रोत्साहनको पनि प्रबन्घ गरिने छ।
३ साथै, शनिवारको दिन बप्तिस्माबारे शास्त्रमा आधारित भाषण सुनेर आफूलाई भर्खरै समर्पित गरेका व्यक्तिहरूले बप्तिस्मा लिने अवसर पाउने छन्। सर्कट सम्मेलनमा बप्तिस्मा लिन चाहनेहरूले सकेसम्म चाँडै नै आफ्नो इच्छा मण्डलीका अध्यक्षलाई जाहेर गरी दिनु उचित हुने छ। यसो गरेमा, बप्तिस्माका उम्मेदवारहरू सित प्रश्नहरू दोहोऱ्याउने प्राचीनहरूको प्रबन्ध मिलाउने अध्यक्षले पर्याप्त समय पाउने छन्।
४ परमेश्वरको वचन अनुरूप चलेर यो संसारभन्दा आफूलाई अलग्ग राख्ने तरिकाहरू आइतवार बिहानको कार्यक्रममा जाँच गरिने छ। जाँच हुने सामग्रीहरू मध्ये हाम्रा बाहिरी रूपको महत्त्व तथा हाम्रा मनलाई दूषित हुनु बाट कसरी जोगाउने विषयहरू हुने छन्। त्यसै अपरान्ह, परिभ्रमण अध्यक्षले “बाइबल सत्य हो भन्ने चिह्नारी के ले दिन्छ?” शीर्षक भएको जनभाषण दिने छन्। यो असल कार्यक्रममा चासो दिने सबै व्यक्तिहरूलाई हामी निश्चय पनि निम्ताउन चाहने छौं।
५ सर्कट सम्मेलनको यो कार्यक्रमको मिति तथा स्थान तपाईंका परिभ्रमण अध्यक्षले दिने छन्। हामी चाहिं परमेश्वरको वचनले दिएका सल्लाहलाई स्वीकार्न, प्रयोगमा ल्याउन, त्यसबाट लाभ उठाउँनका लागि त्यहाँ उपस्थित हुन सबैलाई प्रोत्साहन दिन्छौं।—या० १:२२-२५.