प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जुलाई p. ७
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९९
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९६
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 जुलाई p. ७

नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम

जनवरी, १९९९ मा सुरु हुने दुई दिने क्षेत्रीय सम्मेलन कार्यक्रमको विषय हो, “आज्ञा पालन गर्‌ र तैंले जीवन पाउनेछस्‌।” (हितो. ४:४) परमेश्‍वरको आज्ञा पालन गर्नु किन भार होइन भनेर यसले जोड दिनेछ। यसबाहेक, परमेश्‍वरको इच्छा गर्दा कसरी भावी आशाका साथसाथै स्फूर्ति र साँचो आनन्द पाइन्छ, त्यो पनि देखाउनेछ।—मत्ती ११:२८-३०; यूह. १३:१७.

येशूको आज्ञाअनुरूप यस सम्मेलनमा बप्तिस्मा लिन चाहनेहरूले मण्डलीका अध्यक्षसित कुरा गर्नुपर्छ र तिनले आवश्‍यक प्रबन्धहरू मिलाउनेछन्‌।—मत्ती २८:१९, २०.

एउटा गोष्ठीले हामीलाई परमेश्‍वर र भाइहरूप्रति प्रेम देखाउनसक्ने व्यवहारिक तरिकाहरू बताउनेछ। (यूह. १३:३४, ३५; १ यूह. ५:३) यस कार्यक्रममा भजन १९ र ११९ को उत्साहबर्धक सल्लाह समावेश गरिनेछ। यी भजनहरूमा भएको प्रेरित सल्लाह हजारौं वर्षअघि लेखिएको भए तापनि आज हाम्रोनिम्ति व्यक्‍तिगत तवरमा कसरी लाभदायी छ, सो हेर्नेछौं।

जिल्ला निरीक्षकले दिने जनभाषणको विषय हो, “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌।” (उप. १२:१३) क्षेत्रीय निरीक्षकको अन्तिम भाषणले युवाहरू कसरी अत्युत्तम जीवन बिताउनसक्छन्‌ र किन अनन्त जीवनबारे विश्‍वस्त हुनसक्छन्‌ भनेर देखाउनेछ। जिल्ला निरीक्षकले प्रेमको “शाही व्यवस्थालाई” पालन गर्दा पाइने थुप्रै लाभहरू बताउँदै कार्यक्रम समापन गर्छन्‌। (याकू. २:८) निस्सन्देह, यो यस्तो सम्मेलन हो जसलाई हामी कसैले पनि छुटाउन चाहँदैनौं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने