प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 डिसेम्बर
  • दिसस्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिसस्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९२
  • उपशीर्षकहरू
  • दिसम्बर ७-मा सुरु हुने हप्ता
  • दिसम्बर १४-मा सुरु हुने हप्ता
  • दिसम्बर २१-मा सुरु हुने हप्ता
  • दिसम्बर २८-मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९२
km92 डिसेम्बर

दिसस्बर महिनाका लागि सेवा सभाहरू

दिसम्बर ७-मा सुरु हुने हप्ता

गीत ४९ (२३)

१० मि.: स्थानीय उद्‌घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानेर लिएका केही उद्‌घोषणाहरू। राज्य-प्रचारको काममा भाग लिएका लागि प्रकाशकहरूलाई सऱ्‍हाना दिनु होस्‌। स्थानीय इलाकामा प्रयोग गर्नका लागि नयाँ पत्रिकाहरू बाट लिन सकिने वार्तालापका विषयवस्तुहरू बारे सुझाव दिनु होस्‌।

१५ मि.: “परमेश्‍वरको वचनको शक्‍ति।” प्रश्‍नोत्तर। Why You Can Trust the Bible भन्‍ने पर्चा सबैलाई पढने प्रोत्साहन दिनु होस्‌। क्षेत्र सेवकाईमा प्रयोग गर्नका लागि यस पर्चामा उल्लेखित सरल र प्रभावकारी तर्कहरूलाई विशेष ध्यान दिने आग्रह गर्नु होस्‌।

२० मि.: “तपाईंको प्रथम भेटमै पूर्वाधार स्थापित गर्नु होस्‌।” यस भागलाई सञ्चालित गर्ने भाइले चार वटा प्रदर्शनीहरू प्रस्तुत गर्नेछन्‌। अनुच्छेद २ र ३-मा उल्लेखित दुईवटा परिचयहरू मध्येबाट एउटा र अनुच्छेद ४, ५ र ६-मा दिएका प्रत्येक बुँदाहरू प्रयोग गर्दै तीनवटा प्रदर्शनीहरू प्रस्तुत गरिनेछ। आखिरी प्रदर्शनीले चाहिं हाम्रा समस्याहरू ब्रोश्‍यरलाई कसरी प्रस्तुत गर्न सकिन्छ, सो देखाउनु पर्दछ।

गीत ५२ (५९) र समाप्तिको प्रार्थना।

दिसम्बर १४-मा सुरु हुने हप्ता

गीत १४१ (६४)

५ मि.: स्थानीय उद्‌घोषणाहरू र ईश्‍वरतान्त्रिक समाचार।।

१५ मि०: “के तपाईं निर्देशनहरूलाई अनुसरण गर्नुहुन्छ?” अध्यक्षले दिने यो भाषण द वाचटावर-को अङ्‌ग्रेजी संस्करणमा प्रकाशित अक्‍तुबर १, १९९०-को अङ्‌कमा पाइने लेखमा आधारित हुनेछ। यही लेख नेपाली प्रहरीधरहरा-को नवम्बर १, १९९१-को अङ्‌कमा प्रकाशित भएको थियो। विशेष आवश्‍यकताहरूलाई औंल्याउँदै, यस लेखको स्थानीय प्रयोग गर्नु पर्दछ। उदाहरणका लागि, आफ्नो क्षेत्र सेवकाईको रिपोर्ट समयमै दिने, राज्य-गृहलाई सफा गर्ने, क्षेत्र-सेवकाईका सभाहरूमा समयमा आउने, राज्य-गृहमा आफ्ना छोरा-छोरीहरूलाई नियन्त्रणमा राख्ने, इत्यादि। सऱ्‍हाना दिने ठाउँमा सऱ्‍हाना दिनु होस्‌। तर निर्देशनहरूलाई मान्‍नेगर्दा कसरी सारा मण्डलीका लागि लाभदायक हुन सक्छ र नियुक्‍त सेवकहरूको काम पनि धेरै नै सजिलो हुन जान्छ भनेर सबैलाई बुझ्ने मद्दत दिनु होस्‌।

१० मि.: “जनवरीमा सहायक अग्रगामी हुनुहोस्‌।” प्रश्‍नोत्तरद्वारा, न्यानो र जोसिलो ढङ्‌गमा यो लेखको छलफल गर्नुहोस्‌। क्षेत्र-सेवकाईका निम्ति गरिएका स्थानीय प्रबन्धहरूको घोषणा गर्नुहोस्‌ र जनवरी महिनामा ठूला-ठूला ग्रुपहरूका निम्ति विशेष योजना पनि मिलाउन सकिन्छ।

१५ मि०: हामी किन जन्मोत्सवहरू मान्दैनौं। १३-१४ वर्ष नपुगेको तर अनुकरणीय एक जना टुहुरो केटो र प्राचीन बीचको छलफल। जन्मोत्सवको भोजमा उपस्थित हुन साथीहरूबाट आएको दबाउको सामना गर्ने मद्दत माँग्न यो केटो प्राचीनकहाँ जान्छ। जन्मोत्सवमा उपस्थित हुनु गलत हो भनी थाह भए तापनि, उसले यो कुरा अरूहरूलाई पनि राम्ररी बुझाउन चाहन्छ। प्राचीनले सितम्बर १, १९९२-को द वाचटावर, अङ्‌ग्रेजी संस्करण, पाना ३०-१ र री’जनीङ्‌ग [Reasoning] पुस्तकको पाना ६८-७०-मा दिइएको जानकारीलाई दयापूर्ण र सरल ढङ्‌गमा दोहोऱ्‍याउँदछ।

गीत २७ (७) र समाप्तिको प्रार्थना।

दिसम्बर २१-मा सुरु हुने हप्ता

गीत १७९ (२९)

१५ मि.: स्थानीय उद्‌घोषणाहरूका साथसाथै लेखा रिपोर्ट र प्राप्त चन्दाहरूका लागि स्वीकृति व्यक्‍त गर्नुहोस्‌। स्थानीय मण्डलीका कामकुराहरूका साथसाथै सोसाइटीका विश्‍वव्यापी कामलाई समर्थन गरेका लागि, मण्डलीलाई न्यानो भावनाका साथ सऱ्‍हाना दिनु होस्‌। उपयुक्‍त भएमा, बिदाको बेलामा क्षेत्र-सेवकाईका लागि गरिएका विशेष प्रबन्धहरूको घोषणा गर्नुहोस्‌। बिदाको बेलामा खडा हुने विवादहरूका लागि आमा-बाबुहरूले, स्कूल ब्रोश्‍यर, पाना १७-२१ प्रयोग गर्दै, छोरा-छोरीहरूलाई विशेष रूपमा तयार पार्नु पर्दछ।

२० मि.: “चासोको विकास कसरी गर्नु।” सेवा-अध्यक्षले प्रस्तुत गर्नु पर्ने भाषण र प्रदर्शनीहरू। अनुच्छेद ५ र ६-मा उल्लेखित तरीकाहरूको प्रदर्शन गर्नु होस्‌। प्रदर्शनीहरू सरल र सजिलैसित बुझ्न सकिने होस्‌।

१० मि.: “वार्तालापका उचित विषयवस्तु रोज्नु होस्‌।” क्षेत्र-सेवकाईमा जाने तयारी गरिरहेका पति र पत्नी बीचको छलफल।

गीत १९८ (५०) र समाप्तिको प्रार्थना।

दिसम्बर २८-मा सुरु हुने हप्ता

गीत ५४ (७१)

१० मि.: स्थानीय घोषणाहरू। यो हप्ताको अन्तमा एउटा नयाँ पत्रिकाबाट कसरी वार्तालापको एउटा विषयवस्तु प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा प्रदर्शनीद्वारा देखाउनु होस्‌। पछिल्लो हप्ताको सेवा-सभामा दिइएका सुझावहरू प्रयोग गर्नुहोस्‌।

२० मि.: “मतिर फर्क र म तिमीहरू तिर फर्कनेछु।” प्राचीनले दिने यो भाषण, द वाचटावर-को अर्ध-मासिक संस्करण, पाना २८-मा र मासिक संस्करणको पाना ३०-मा प्रकाशित लेखमा आधारित हुने छ। यो लेख अङ्‌ग्रेजी संस्करणको द वाचटावर-मा, अगस्त १, १९९२-को अङ्‌कमा प्रकाशित भएको थियो। यहोवाको दया र उहाँको सङ्‌गठनबाट बाटो बिराएका अथवा निष्क्रिय भएका मानिसहरूलाई स्वागत गर्न यहोवा इच्छुक हुनुहुन्छ भन्‍ने कुरामाथि जोर दिनु होस्‌। साँचो आनन्द पाउने एक मात्र ठाउँ यहोवाको सङ्‌गठन हो, सो प्रदर्शित गर्नु होस्‌।

१५ मि.: “के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?” उत्साहवर्धक भाषण।

गीत २४ (७०) र समाप्तिको प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने