प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 डिसेम्बर
  • चासोको विकास कसरी गर्नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चासोको विकास कसरी गर्नु
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • सरल तथा प्रभावकारी पुनःभेटहरू
    हाम्रो राज्य सेवकाई—१९९४
  • पुनःभेटमा जाँदा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउने
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 डिसेम्बर

चासोको विकास कसरी गर्नु

१ एउटा शब्दकोश अनुसार, “विकास” गर्नुको अर्थ वृद्धि गराउनु अथवा वृद्धिका निम्ति तयारी गर्नु हो। तर यो शब्दको अर्थ मेहनत, होसियारी अथवा अध्ययनद्वारा प्रगति गर्नु पनि हुन सक्छ। चेला बनाउनु हाम्रो सेवकाईको एउटा महत्त्वपूर्ण लक्ष्य हो। (मत्ती २८:१९, २०) अतः, क्षेत्र सेवकाईमा जाँदा फेला परेको चासोलाई विकास गर्न हामीले कोशिश गर्नु पर्दछ।

२ निष्कपट हृदय भएका मानिसहरूको आध्यात्मिक वृद्धि गराउनका लागि अक्सर तिनीहरूलाई बारम्बार भेट गर्न जानु आवश्‍यक हुन्छ। प्रगतिशील पुनःभेटहरू द्वारा एउटा नियमित बाइबल अध्ययन स्थापित गर्न सक्नु पर्ने हो।

३ के तपाईं विशेष चासो देखाउनेहरू कहाँ मात्र पुनःभेट गर्न जानुहुन्छ? पुनःभेट गर्न जानका लागि, घरपट्टीले कुनै प्रकाशन लिएको हुनु पर्दैन। प्रथम भेटमै अक्सर धेरै प्रकाशनहरू नदिने एक जना अग्रगामी, मित्रताको भाव व्यक्‍त गर्ने सबैकहाँ फर्केर जाने गर्छ। शास्त्रमा आधारित कुनै राम्रो छलफल भएको थियो भने, त्यो नै पुनःभेटका लागि एउटा उचित आधार बन्‍नु सक्छ।

४ पुनःभेटहरूमा बाइबल अध्ययनहरू सुरु गर्नका लागि पर्चाहरूको प्रयोग गर्नुहोस्‌: हाम्रा पर्चाहरूमा छापिएका विभिन्‍न विषयवस्तु हाम्रा दिनका लागि उपयुक्‍त छन्‌। तिनीहरूले बाइबलको ज्ञान लिने र त्यसलाई प्रयोगमा ल्याउने आवश्‍यकतामाथि जोर दिन्छन्‌।

तपाईंले यसो भन्‍न सक्नुहुन्छ:

◼ “अस्तिको पटक हामीले बाइबलमा आफ्नो भरोसा राख्ने केही कारणहरूबारे छलफल गर्‌यौं। बाइबलले कुन प्रकारको भविष्यबारे कुरा गर्छ?” शान्तिमय नयाँ संसारमा जीवन शीर्षक भएको पर्चाको पाना ३-को दोस्रो अनुच्छेदबाट पढन सुरु गर्नुहोस्‌। उल्लेखित पद्यहरू पनि बाइबलबाट खोलेर हेर्नुहोस्‌। तपाईंले पढी दिनु भएको कुरा बारे घरपट्टीको प्रतिक्रिया के हो, सो तिनलाई सोध्नु होस्‌। पाना ५-मा दिएको उप-शीर्षक “यो तपाईंको निम्ति कसरी सम्भव हुनु सक्छ” मनिको सामग्री पढेर कुरा टुङ्‌ग्‌याउनु होस्‌।

५ यस्तै गरी, के आशा छ, मरिगएका प्रिय जनहरूको निम्ति भन्‍ने पर्चाको पनि तपाईं प्रयोग गर्न सक्नु हुन्छ।

तपाईंले यसो भन्‍न सक्नु हुन्छ:

◼ “हामीले अस्तिको पटक छोटकरीमा विचार गरे झैं, धेरै मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्‌। उदाहरणका लागि, तिनीहरू सोध्छन्‌, ‘परमेश्‍वर यतिका शक्‍तिशाली हुनुहुन्छ भने, उहाँले मानिसहरूलाई किन मर्न दिनुहुन्छ?’ यो प्रश्‍नको उत्तर दिने मद्दत यस पर्चाले दिन सक्छ।” पाना २-को चौथो अनुच्छेदबाट सुरु हुने भागतर्फ ध्यान आकर्षित गर्नुहोस्‌। प्रत्येक अनुच्छेद पछि एउटा उपयुक्‍त प्रश्‍न सोध्ने गर्नु होस्‌ र त्यहाँ उल्लेखित तर उद्धृत नगरिएका शास्त्रपद्यहरू बाइबलबाट खोलेर पढनु होस्‌। हाम्रा समस्याहरू अथवा हेर! भन्‍ने ब्रोश्‍यर तपाईंका मण्डलीमा उपलब्ध छ भने, तिनीहरूलाई पनि तपाईंले यसै प्रकारले प्रयोग गर्न सक्नु हुन्छ।

६ अध्ययन जारी राख्नु: यहाँ दिइएका सुझावहरूलाई प्रयोगमा ल्याउँनु हुँदा, तपाईंले एउटा गृह बाइबल अध्ययन सुरु गर्नु भएको हुने छ। यो छलफललाई नियमित रूपमा जारी राख्नका लागि तपाईंले आफ्नो भेटको अन्तमा घरपट्टीलाई यो प्रश्‍न सोध्न सक्नु हुन्छ: “हामीले एक दुई मिनेट मैं महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ फेला पार्न सकेको कुरा के तपाईंले याद गर्नु भयो? अर्को हप्ता पुनरुत्थानको आशा अथवा तपाईंको चासोको अन्य कुनै पनि विषयबारे छलफल गर्नमा हामीले अलिकता बढी समय बिताउन सक्छौं।” प्रत्येक भेटमा, तपाईंले ती लेखहरूमा उल्लेखित एउटा प्रश्‍नको मात्र प्रयोग गर्न सक्नु हुन्छ। उचित समय आएपछि, तपाईंले एउटा ब्रोश्‍यर अथवा सधैंभरि बाँच्न भन्‍ने पुस्तकबाट अध्ययन सुरु गर्न सक्नु हुन्छ।

७ साँचो हृदयले सत्यको खोजी गर्ने मानिससित बाइबल अध्ययन सञ्चालित गर्नु एउटा कति सन्तोषजनक अनुभव हो! फेला परेको चासोको विकास गर्न यहाँ दिएका सुझावहरूको प्रयोगद्वारा, हामीले एउटा फलदायी सेवकाईको आशिष अनुभव गर्न सकौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने