अत्यावश्यक साधनहरूलाई बुद्धिमानीका साथ प्रयोग गर्नु
१ जसै तपाईं ढोका-ढोकामा गएर प्रचार गर्नुहुन्छ, तपाईंको लक्ष्य बाइबल र अन्य अत्यावश्यक साधनहरूलाई चलाउँदै प्रत्येक घरधनीलाई रचनात्मक र शास्त्रीय वार्तालापमा सामेल गराउने हुनुपर्दछ। (तुलना गर्नुहोस् २ कोरिन्थी ६:१; २ तिमोथी २:१५.) तपाईंको इलाकाका मानिसहरू आज-भोलि कुन कुरादेखि चिन्तित छन्? के तिनीहरू आर्थिक अवस्था र पारिवारिक जीवनको गुणस्तरमा भएको अवनति देखि निराश छन्? यी मध्ये कुनैपनि विषयमा छोटो परिचयात्मक टिप्पणी दिएमा एउटा राम्रो बाइबल छलफल हुनसक्छ।
२ तपाईं भन्नसक्नुहुन्छ:
▪ “आजको यस चुनौतीपूर्ण समयमा, धेरैजसो मानिसहरूलाई आफ्नो गुजारा चलाउन कठिन भइरहेको छ। के मानव सरकारहरूले हाम्रा आर्थिक समस्याहरूलाई सबैको चित्त बुझ्ने गरी समाधान गर्ला जस्तो तपाईंलाई लाग्छ? [प्रत्युत्तरलाई सुन्नुहोस्।] यस विषयमा मलाई यो कुरा साह्रै नै उत्साहवर्धक लाग्यो . . . ”
३ त्यसपछि तपाईं भजनसंग्रह ७२:१२-१४ पढ्न सक्नुहुन्छ र रिजनिङ्ग पुस्तकको पृष्ठ १५४-५ मा भएका थप विषयहरूलाई छानेर वार्तालापलाई अगाडि बढाउनुहोस्। वा एउटा शास्त्रपद्य पढेर शान्तिमय नयाँ संसारमा जीवन भन्ने पर्चाको अनुच्छेद देखाउन सक्नुहुन्छ। धेरै प्रकाशकहरूले—जसमा जवान केटा-केटीहरू पनि समावेश छन्—पर्चाहरूमध्ये कुनै एउटाको अनुच्छेद पढेर र पढेका कुराबारे घरधनीलाई तिनको विचार सोधेर सफलता पूर्वक बाइबल अध्ययनको सुरुआत गरिरहेका छन्।
४ कुनै कुनै समाजका मानिसहरू सित शायद तपाईं यो प्रस्ताव प्रयोग गर्न रुचाउनुहुन्छ होला:
▪ “बाइबललाई कुन दृष्टिकोणले हेर्नुपर्ने हो भनेर गिर्जाका सदस्य भएका धेरै मानिसहरू अलमल्ल परेका छन्। के तपाईंलाई बाइबल परमेश्वरको वचन हो जस्तो लाग्छ वा केही मानिसहरूले विचार गरे झैं तपाईंलाई पनि यो राम्रो साहित्यिक पुस्तक जस्तो मात्र लाग्छ? [प्रत्युत्तरमा केही भन्न दिनुहोस्।] बाइबल बुद्धिमान सल्लाहहरूले भरिपूर्ण छ भनेर धेरैजना मानिसहरू मानिलिन्छन् र सबैले यसको पालना गरेमा हामी सबै जनाले नै आनन्दमय जीवन बिताउन सक्छौं भनेर पनि भन्छन्।”
५ यहाँ निर तपाईं या त २ तिमोथी ३:१६, १७-मा उल्लिखित पावलको बयानलाई प्रस्तुत गरेर त्यसमाथि छलफल गर्न सक्नुहुन्छ या तपाईं किन बाइबलमा विश्वास गर्न सक्नुहुन्छ? भन्ने पर्चाको बुदाँहरू चलाएर प्रथम भेटमा नै बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्न सक्नुहुन्छ।
६ घरधनीले चासो देखाएमा तिनलाई तपाईंको भाषाका लागि यो महिनाको प्रस्तावित भेट अर्थात १९२ पृष्ठवाला कुनै एउटा पुरानो पुस्तकको उपयोगिता देखाउन सक्नुहुन्छ। यदि हाम्रा समस्याहरू भन्ने पुस्तिका चलाउँदै हुनुहुन्छ भने त्यसलाई प्रस्तुत गर्नुहोस्। अथवा तपाईंलाई उपयुक्त लागेमा पर्चा, पत्रिका वा अर्को पुस्तिकाको उपयुक्त बुँदाहरूलाई चलाउँदै अन्य अत्यावश्यक साधनहरूको बुद्धिमानीका साथ प्रयोग गर्न सक्नुहुन्छ।
७ प्रथम भेटमा नै अध्ययनको सुरुआत गर्न सक्नुभयो भने अर्को समयमा फेरि वार्तालापलाई जारी राख्न निश्चित प्रबन्धहरू मिलाउनुहोस्। “परमेश्वरले दुःख कष्ट रहिरहन किन अनुमति दिनुहुन्छ?” भन्ने प्रायः सबैले सोध्ने प्रश्नको उत्तर अर्को पटक आउँदा दिन चाहनुहुन्छ भनेर भन्नुहोस। यसरी तपाईं अर्को भेटका लागि पूर्वाधार बसाल्न सक्नुहुन्छ। पुनःभेट गर्न जानु हुँदा यस विषयलाई अझ कसरी बढाउन सक्नु हुनेछ, सो बारे तल दिएको लेखले सल्लाह दिनेछ।