जनवरीका लागि सेवा सभाहरू
जनवरी ३-मा प्रारम्भ हुने हप्ता
गीत १०१ (४५)
५ मि०:स्थानीय घोषणाहरू र स्थानीय क्षेत्रका मानिसहरूलाई मन पर्ने खालका विशेष बुँदाहरूलाई हालैका पत्रिकाहरूबाट प्रकाश पार्नुहोस्।
२५ मि०:“निडर तथा चनाखो भएर प्रचार गर्न।” सेवकाई निरीक्षक अथवा अरू कुनै योग्य प्राचीनद्वारा सञ्चालित प्रश्नोत्तर तथा छलफल। अनुच्छेद ३, ५, ६ छलफल गर्दा यस लेखमा उल्लिखित सबै भन्दा महान पुरुष पुस्तकका खास अध्यायहरूतर्फ श्रोताहरूको ध्यान आकर्षित गर्नुहोस्। त्यस पुस्तकका ६९ र ८१ अध्यायहरूमा भएका चित्रहरू तर्फ पनि ध्यान आकर्षित गराउनुहोस्। अनुच्छेद ७-११ छलफल गर्दा त्यसको स्थानीय प्रयोग गरेर देखाउनुहोस्। त्यसप्रकारका घटनाहरू सम्भवतः घटेका स्थानीय क्षेत्रहरू र इलाकाहरूको उल्लेख गर्नुहोस् र तिनको सामना गर्ने सबैभन्दा राम्रो उपाय के हुन सक्छ, सो विषयलाई पनि ध्यान दिनुहोस्। हामी मानिसहरूको भय मान्दैनौं तर सेवकाईमा झगडालु प्रवृत्ति अपनाउदा कुनै लाभ हुँदैन, सो बुझाउनुहोस्। (मत्ती १०:२८; १ पत्रुस ३:१५) होशियार र चनाखो भएर नचाहिंदो झै-झगडाबाट जोगिएर आफ्नो काम शान्तिपूर्वक र सके सम्म कुनै रोकटोक बिना कसरी सम्पन्न गर्न सकिन्छ सो बताउनुहोस्।
१५ मि०:“अरूहरूलाई हाम्रा प्रकाशनहरूको कदर गर्ने सहायता दिन।” मण्डलीसित यो लेख छलफल गर्नुहोस्। अनुच्छेद ३ छलफल गरी सकेपछि के परमेश्वर हाम्रो चिन्ता गर्नुहुन्छ पत्रिकाको प्रयोग गर्ने प्रदर्शनी देखाउनुहोस्। मण्डलीमा यो पत्रिका छैन भने मण्डलीमा भएको कुनै पनि पुरानो १९२-पानाका प्रकाशनहरूलाई विशेष मूल्यमा प्रस्तुत गर्न सकिने सूचना प्रकाशकहरूलाई दिनुहोस्। अनुच्छेद ५-पछि यी मध्ये कुनै एउटा प्रकाशनलाई प्रस्तुत गरेको प्रदर्शनी छोट्करीमा देखाउनुहोस्।
गीत ११६ (३७) र समापन प्रार्थना
जनवरी १०-मा सुरु हुने हप्ता
गीत १४७ (४४)
१० मि०:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-मा भएका उपयुक्त घोषणाहरू।
१५ मि०:आफ्नो विश्वासको जाँच हुने कुनै मेडिकल परिस्थितिको मुकाबिला गर्न के तपाईं तयार हुनुहुन्छ? एउटा योग्य प्राचीनले दिसम्बर १९९०-को हाम्रो राज्य सेवकाई-मा दिइएको इन्सर्टको अनुच्छेद १-३ मा भएका बुँदाहरूलाई प्रयोग गर्दै एड्भान्स मेडिकल डाइरेक्टिभ/रिलिज कार्डबाट हुने वचाउको महत्त्वलाई मूल्याङ्कन गर्ने मदत भाइहरूलाई दिने किसिमबाट जोशिलो भाषण दिनु। यसो पत्ता लगाउँदा त ५० प्रतिशत् भन्दा बढी कार्डहरू हस्ताक्षर बिना, साक्षी नभएको, वा म्याद गुज्री सकेको पाइयो। बप्तिस्मा लिएका प्रकाशकहरूलाई मात्र नयाँ कार्डहरू वितरण गर्नुहोस्, अनि कार्डहरूलाई कसरी भर्ने हो सो बारे अक्तुबर १५, १९९१-को पत्रमा दिएको निर्देशनमाथि विचार गर्नुहोस्। त्यसै राति कार्ड नभर्नु भनी सल्लाह दिनुहोस्। घर लगेर, प्रार्थनापूर्वक त्यसको आवश्यकताबारे विचार गरेर मात्र तिनीहरूलाई भर्ने सल्लाह भाइहरूलाई दिनुहोस्। त्यति बेला नै कार्डमा हस्ताक्षर नगर्नुहोस्। कार्डलाई भरेर मण्डलीको अर्को पुस्तक अध्ययन गर्ने बेलामा ल्याउनु होस् जहाँ कार्डहरूमा हस्ताक्षर गर्न, साक्षीको हस्ताक्षर गराउन, र तारिख हाल्नमा समेत प्राचीनहरूले सहयोग दिनेछन्। आफ्नो समूहका सबैले नै कार्ड भरेका छन् भनेर विश्वस्त हुन मण्डली पुस्तक अध्ययन संचालकले सबैजनाको एउटा नयाँ लिस्ट बनाउनु पर्छ। (आफ्ना सा-साना छोराछोरीहरूका कार्डहरू भर्न बप्तिस्मा प्राप्त आमाबाबुलाई सहयोग गर्न सकिन्छ।) सो पुस्तक अध्ययनमा अनुपस्थित हुनेहरूलाई अर्को सेवकाई सभामा संचालकहरू/प्राचीनहरूले सहयोग पुराउन सक्छन् ताकि सबै नै बप्तिस्मा प्राप्त प्रकाशकहरूले उचित ढङ्गमा कार्डहरू भरेर हस्ताक्षर गर्न सकून्। कुनै अझै बाँकिरहेका छन् भने यथा सम्भव चाँडो सबै कार्डहरू भराउने प्रयास प्राचीनहरूले गर्नुपर्छ।
२० मि०:“मूल्याङ्कनको भाव बढाउन फेरि जानु।” श्रोतासित छलफल। प्रकाशकहरूले के परमेश्वरले हाम्रो चिन्ता गर्नुहुन्छ पत्रिका चलाइरहेका छन् भने त्यो पत्रिका लिने व्यक्तिकहाँ पुनर्भेट कसरी गर्न सकिन्छ भनेर अनुच्छेद ३-मा दिएको सुझावलाई प्रयोग गर्दै प्रदर्शन गर्नुहोस्। विशेष प्रस्तुति गर्दा कसैले १९२-पाना भएको कुनै एउटा पुस्तक लिएको छ भने उसलाई पुनर्भेट गर्न गएको प्रदर्शनी देखाउनुहोस्।
गीत १५४ (७२) र समापन प्रार्थना।
जनवरी १७-मा सुरु हुने हप्ता
गीत १६७ (११०)
१० मि०:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट, र चन्दा प्राप्तिको जानकारी। मण्डली र सोसाइटीको कार्यका लागि आर्थिक सहयोग पुऱ्याएकोमा प्रकाशकहरूको सराहना गर्नुहोस्। कसैले एड्भान्स मेडिकल डाइरेक्टिभ/रिलिज कार्डलाई अझै भरेको छैन भने आफ्ना पुस्तक अध्ययन संचालक वा अन्य कुनै प्राचीनकहाँ गएर आजै बेलुकी सो कार्ड भर्न भन्नुहोस्।
२० मि०“बारम्बार प्रचार गरिसकिएको क्षेत्रमा प्रचार गर्न।” योग्य प्राचीनले प्रश्नोत्तरद्वारा छलफल गर्नु। बारम्बार गइरहनु पर्ने क्षेत्र भएका मण्डलीहरूमा अनुच्छेद ४-मा सङ्केत गरिएअनुसार रीजनिङ्ग पुस्तकको कुनै एउटा प्रस्तुतिहरूबाट र साथै अनुच्छेद ६, र ७-को कुनै उपयुक्त प्रस्तुतिबाट अथवा स्थानीय क्षेत्रका लागि खासगरी तयार गरिएको प्रस्तुतिबाट प्रदर्शन देखाउनुहोस्। बारम्बार एउटै क्षेत्रमा जानु नपर्ने मण्डलीहरूमा रीजनिङ्ग पुस्तकबाट अन्य कुनै उपयुक्त प्रस्तुतिहरूलाई प्रदर्शन गर्नुहोस्। प्रदर्शनीहरू राम्ररी तयार गरिएको हुनुपर्छ।
१५ मि०:पृथ्वीको भविष्य के छ? रीजनिङ्ग पुस्तक, ११२-११७ पानाहरूमा आधारित। (५ मि०) ११२ र ११३-मा सुरु हुने उपशीर्षकहरू अन्तर्गत भएका बुँदाहरू देखि ११४-पानाको बीचसम्म भएको विषय-वस्तुलाई ढाक्दै भाषण दिनुहोस्। (७ मि०) एक जना नयाँ र एक जना परिपक्व प्रकाशकलाई भाग लिन लगाउनुहोस्। अनुभवी प्रकाशकले ११४-११६ पानाहरूमा भएका सूचनामाथि छलफल गर्छन्। पृथ्वी नष्ट हुन्छ भन्ने सङ्केत बाइबलमा पाइन्छ भनेर नयाँ प्रकाशकका सांसारिक नातेदारहरूले तर्क गरेका हुनाले, पृथ्वीबारे बाइबलका पदहरू बुझ्न नयाँ प्रकाशकले आफूभन्दा अधिक अनुभवी प्रकाशकलाई मदत माग्छन्। (३ मि०) समापनमा, ११७-पानामा भएको “पृथ्वीमा अनन्त जीवन कुन प्रकारका मानिसलाई परमेश्वरले दिनु हुनेछ?” भन्ने प्रश्नमाथि छलफल गर्नुहोस्। यसप्रकारको विशेषाधिकार पाउने योग्य हुनका लागि सबैले जोडतोडका साथ परिश्रम गरून् भनी प्रोत्साहन दिनुहोस्।
गीत १७६ (१६) र समापन प्रार्थना।
जनवरी २४-मा सुरु हुने हप्ता
गीत १७८ (६७)
१५ मि०:स्थानीय घोषणाहरू। “नयाँ विशेष सम्मेलन दिवस कार्यक्रम” लेखमाथि छलफल। १९९४-मा हुने विशेष सम्मेलन दिवस कार्यक्रममा उपस्थित हुनका लागि अग्रिम तयारीहरू गर्न सबैलाई प्रोत्साहित गर्नुहोस्। थाहा छ भने तारिख र ठाउँको पनि जानकारी दिनुहोस्। ईश्वरतान्त्रिक समाचारलाई पनि सभाको यसै भागमा समावेश गर्नुहोस्। यस सप्ताहन्त हुने क्षेत्र सेवकाई प्रबन्धहरूमा भाग लिन सबैलाई प्रोत्साहित गर्नुहोस्।
१५ मि०:प्रश्न पेटी। श्रोताहरूलाई केही मात्रामा सम्मिलित गराउँदै भाषण दिनुहोस्। प्रथम तीन अनुच्छेदहरूमा दिइएका सुझावहरूको पालन गर्नु किन जरुरी छ, सो सबैलाई बुझ्ने मदत दिनुहोस्। यहोवाका साक्षीहरूलाई हामीकहाँ नआउनु भनेर बारम्बार भन्दाभन्दै पनि तिनीहरू आइ नै रहन्छन् भनी क्रोधित घरधनीहरूबाट सोसाइटकहाँ अक्सर पत्रहरू र टेलिफोनहरू आइ रहन्छन्। त्यसकारण, घर-घरको सेवकाईमा जादा हामीलाई नआउनु भनेको घर तथा क्षेत्रलाई ध्यानमा राख्नु पर्छ। “निडर तथा चनाखो भएर प्रचार गर्न” भन्ने लेखबाट स्थानीय क्षेत्रमा प्रयोग हुन सक्ने किसिमका बुँदाहरू लिएर छोटकरीमा तिनको पुनःरावलोकन गर्नुहोस्।
१५ मि०:मण्डलीको क्षेत्र सेवकाई। बितेका चार महिनाहरूमा भएको मण्डलीको गतिविधिबारे सेवकाई निरीक्षक र अर्का एक जना प्राचीन मिलेर छलफल गर्छन्। सेवकाई वर्षको एक तिहाई बितिसकेको छ (सेप्टेम्बर-दिसम्बर)। मण्डलीको प्रगति कस्तो छ? जुन क्षेत्रमा मण्डलीले राम्रो गरेको छ त्यसमा तिनको हार्दिक सराहना गर्नुहोस्। साथै जुन क्षेत्रमा तिनीहरूले प्रगति गर्नु परेको छ त्यसको पनि उल्लेख गर्नुहोस्, र व्यावहारिक सुझावहरू दिनुहोस्। सेवकाई वर्षको पहिलो चार महिनाहरूमा क्षेत्रमा अनुभव गरिएका एक दुईवटा उत्साहप्रद अनुभवहरूलाई छोटकरीमा भन्नुहोस्। सकारात्मक र हितकारी ढङ्गमा भाषण टुङ्याउनुहोस्। आफ्नो सेवकाईबाट येशूले आनन्द उठाउनु भएको थियो। यहोवाले दिनु भएको काममा आफूलाई व्यस्त राख्यौं भने हामीले पनि ठूलो आनन्द प्राप्त गर्नेछौं।—यूहन्ना ४:३४; १ कोरि० १५:५८.
गीत १७९ (२९) र समापन प्रार्थना।
जनवरी ३१-मा सुरु हुने हप्ता
गीत १८६ (१११)
५ मि०:स्थानीय घोषणाहरू। यस सप्ताहन्त क्षेत्र सेवकाईमा अलिक चाँडै जान सबैलाई प्रोत्साहित गर्नुहोस्। नयाँ पत्रिकाहरू प्रस्तुत गर्ने मदतकारी सुझावहरू दिनुहोस्।
१० मि०:घर-घर जादा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक प्रस्तुत गर्नुहोस्। यहोवालाई चिन्न र उपासना गर्न मदत दिन यो पुस्तकको महत्त्व प्रमाणित भएको छ भनेर छोट्करीमा उत्साहप्रद भाषण दिनुहोस्। क्षेत्र सेवकाईमा यो पुस्तकलाई प्रयोग गर्ने तयारीबारे हाम्रो राज्य सेवकाई-को यस अङ्कमा दिएका सुझावहरूलाई प्रकाशकले कसरी प्रयोग गर्न सक्छन् भनेर प्रदर्शन गर्नुहोस्।
२० मि०:“सभामा उपस्थित हुनु—एउटा गम्भीर जिम्मेवारी।” प्रश्नोत्तरद्वारा छलफल गरिने। अनुच्छेद २-माथि छलफल गर्दा नियमित रूपमा सभाहरू धाउनका लागि आइपर्ने बाधाहरूलाई पार गर्ने प्रकाशकहरूको अन्तर्वार्ता लिनुहोस्।
१० मि०:स्थानीय आवश्यकताहरू। अथवा अक्तुबर १, १९९३-को वाचटावर-का सबै अर्धमासिक संस्करणहरूका २२-२५ पानाहरूमा प्रकाशित “परमेश्वरको दयाप्रति सही दृष्टिकोण अपनाउनु होस्” भन्ने लेखमा आधारित भाषण प्राचीनले दिनु। प्रहरीधरहरा प्रयोग गर्ने मण्डलीले अक्तुबर १, १९९३-को अङ्कका ८-११ पानाहरूमा “पर्खन सिक्नुको समस्या” भन्ने लेखमा आधारित भाषण दिनु। यो लेख अक्तुबर १५, १९९३-को अंग्रेजी र अन्य अर्ध-मासिक संस्करणहरूमा छापिएको छ।
गीत १८८ (८१) र समापन प्रार्थना।