प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जनवरी p. ८
  • मूल्याङ्‌कनको भाव बढाउन फेरि जानु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मूल्याङ्‌कनको भाव बढाउन फेरि जानु
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावकारी पुनःभेटहरू गरेर चासो बढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • भेडाखालका मानिसहरूलाई बलियो जग बसाल्ने मदन दिनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • निर्भय भई पुनःभेट गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
  • चासो देखाउने व्यक्‍तिहरूलाई मद्दत दिन आनन्दपूर्वक फर्कनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 जनवरी p. ८

मूल्याङ्‌कनको भाव बढाउन फेरि जानु

१ अर्थपूर्ण पुनःभेटहरूले घरधनीको आध्यात्मिक विकाश गराउदै उनलाई विश्‍वास तर्फ तान्‍न सक्छ। चासो देखाउने मानिसहरूकहाँ फर्केर जाँदा मनमा राख्नु पर्ने केही व्यावहारिक सुझावहरू के हुन्‌?

२ सर्वप्रथम, राम्ररी तयारी गर्नुहोस्‌। यो तयारी प्रथम भेट मै सुरु हुन्छ। कसरी? चासो देखाउनेहरूबारे ठीक टिपोट लिएर। घरधनीको नाउँ, छलफलको विषय, उनको प्रतिक्रिया र सम्भवतः त्यहाँ छाडेको प्रकाशन, सबै लेख्नु होस्‌। अनि त्यहाँ फर्केर जानुभन्दा अघि आफ्नो घरघरको टिपोट-सूचिलाई फेरि हेर्नुहोस्‌ र त्यहाँ गएर के भन्‍नु हुनेछ, सो प्रार्थनापूर्वक विचार गर्नुहोस्‌।

३ अब भने तपाईं तयार हुनु हुन्छ। तपाईं के के भन्‍न सक्नुहुन्छ? तपाईंले प्रथम भेटमा घरधनीको सामुन्‍ने कुनै प्रश्‍न राखिदिनु भएको थियो भने फर्केर जानुहुँदा फेरि त्यही विषयलाई बढाउन सक्नु हुन्छ। उदाहरणका लागि, प्रथम भेटको दौडान परमेश्‍वर हाम्रो चिन्ता गर्नु हुन्छ ब्रोश्‍यरमा चित्रित भविष्यका लागि हाम्रो अद्‌भुत आशाबारे कुरा गर्नु भएको थियो भने, “परमेश्‍वरले दुःखकष्ट हुने अनुमति किन दिनु भएको छ?” भन्‍ने प्रश्‍न उठाउन सक्नुहुन्छ।

फर्केर जानुहुँदा, तपाईंले आफ्नो परिचय दिइ सक्नु भएपछि सायद यसो भन्‍न सक्नुहुन्छ:

▪“अस्तिको पटक हामीले यो सुन्दर नक्सा हेर्‌यौं जहाँ परमेश्‍वरले चाँडै नै ल्याउनु हुने अवस्थालाई चित्रित गरिएको छ। तर यसो गर्ने शक्‍ति परमेश्‍वरसित छ र उहाँ हाम्रो साँच्चै नै चिन्ता पनि गर्नु हुन्छ भने, उहाँले दुःखकष्टलाई किन रहिरहन दिनु भएको छ? यो एउटा प्रश्‍न हाम्रो सामुन्‍ने उठेको थियो। यसको सन्तोषजनक जवाफ यस ब्रोश्‍यरको भाग ६-मा पाइन्छ . . . ” र यहाँबाट कुरा अघि बढाउन सकिन्छ।

४ यस्तै प्रश्‍न उठाउनु भएर तपाईंले द ट्रुथ द्याट लिड्‌स टु इर्टनल लाइफ पुस्तक छाडनु भएको थियो भने चाहिं तपाईं यसो भन्‍न सक्नुहुन्छ: “एक जना प्रेमपूर्ण परमेश्‍वरले आज यतिका दुष्टता रहिरहन किन दिनु हुन्छ, सो हामीले अस्तिको भेटमा छलफल गरेका थियौं। के तपाईंले यसबारे अझ विचार गर्नु भयो कि? [प्रतिक्रिया व्यक्‍त गर्ने मौका दिनुहोस्‌] यसबारे बाइबलले यहाँ यूहन्‍ना ३:१६-मा भनेको कुरामाथि विचार गरी हेर्नुहोस्‌।” त्यो पद पढि सकेपछि घरधनीको ध्यान ट्रुथ पुस्तकको ८-औं अध्यायका केही विशेष भागहरूमा आकर्षित गराउनु होस्‌ जहाँ परमेश्‍वरले आज दुष्टतालाई अनुमति दिनु भएका केही कारणहरू उल्लिखित छन्‌।

५ सोच्न बाध्य पार्ने किसिमको अर्को यो प्रश्‍न पनि तपाईंले प्रथम भेटमा घरधनीको सामु राख्न सक्नुहुन्छ: “परमेश्‍वरले मानिसलाई सधैं बाच्नका निम्ति बनाउनु भएको थियो भने मानिस किन बूढा हुन्छन्‌ र मर्छन्‌?” यस प्रश्‍नको उत्तर तपाईं फर्केर आउनु हुँदा रोमी ५:१२-बाट बुझाइ दिन सक्नुहुन्छ। यो शास्त्रपद पढनु भएपछि इज दिस लाइफ अल देयर इज पुस्तकको पाना ३५-को प्रथम अनुच्छेद देखाउनु होस्‌ जहाँ मानिस बूढो हुने र मर्ने कारण छलफल गरिएको छ।

६ सतर्क हुनु पर्ने एउटा कुरा। फर्केर आउनु हुँदा सोध्नु हुने प्रश्‍नहरूबारे अलिकता सावधान हुनुपर्छ। “मैले अस्ति छाडेको पुस्तक पढनु भयो?” अथवा “मलाई चिन्‍नु भयो?” वा “हामीले अस्ति कुन विषयबारे कुरा गरेका थियौं, के तपाईंलाई याद छ?” जस्ता प्रश्‍नहरूले गर्दा घरधनीलाई अप्ठ्यारो लाग्न सक्छ। यसप्रकारका प्रश्‍नहरूको परिणाम अक्सर राम्रो हुँदैन। बरु मित्रैलो र मिलनसार हुनकासाथै संक्षिप्तमा बोल्नु होस्‌। यी गुणहरूले नै हाम्रो समाचारको शोभा बढाउनेछ।

७ यी र अरू अन्य तरिकाहरूको प्रयोगद्वारा चासो व्यक्‍त गर्ने मानिसहरूको हृदयमा मूल्याङ्‌कनको भाव बढाउन सकिन्छ। हप्तामा कम से कम एउटा पुनःभेट गर्ने लक्ष्य किन राख्नु हुन्‍न? माथि उल्लिखित सुझावहरूलाई व्यवहारमा ल्याउनु होस्‌ र तपाईंलाई मदत दिन सक्ने अनुभवी प्रकाशकहरूकहाँ गएर मदत लिनु होस्‌। अर्थपूर्ण पुनःभेटहरू गरेर प्रथम भेटमा देखाइएको चासोलाई बढाउँदै जानु हुँदा तपाईंको आफ्नो आनन्द पनि बढदै जानेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने