परमेश्वरको शान्तिमय राज्यप्रति जिज्ञासा बढाउनु होस्
१ फेब्रुअरी महिनाको दौडान पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक हामी प्रस्तुत गर्नेछौं। परमेश्वरको राज्य र त्यसको गतिविधिप्रति मूल्याङ्कनको भाव इमान्दार मानिसहरूमा बढाउने लक्ष्य हाम्रो हो। यो लक्ष्य प्राप्त गर्न हामीलाई दृष्टिकोण पता लाउने प्रश्नहरूले मदत दिन सक्छ।
२ मित्रैलो मुस्कानपछि हामी सायद यसो भन्न सक्छौं:
▪“पृथ्वीभरि उदेक लाग्दा परिवर्तनहरू भइरहे छन् र शान्ति प्राप्त गर्ने लक्ष्यको चर्चा अक्सर सुनिन्छ। तर के तपाईंको विचारमा साँचो शान्ति प्राप्त गर्न सकिएला र? [टिप्पणी गर्ने मौका दिनु होस्।] हुन तः मानवीय शासकहरूबाट शान्ति आउला भनी थुप्रैले आशा राखेका छन्। तर परमेश्वरले शान्ति ल्याउनु हुने तरिका चाहिं यहाँ भजन संग्रह ४६:९-मा बताइएको छ। [पढ्नु होस्।] परमेश्वरको यस कार्यद्वारा पृथ्वीमा के कस्ता परिवर्तनहरू आउन सक्छन्? तपाईंलाई कस्तो लाग्छ? [घरधनीको प्रतिक्रियालाई सुन्नु होस् र त्यसपछि शान्तिमय नयाँ संसारमा जीवन भन्ने पर्चा देखाउनु होस्।] यहाँ चित्रित गरिएका कुराहरूलाई के तपाईं कल्पना गर्न सक्नुहुन्छ?” “परमेश्वरको नयाँ संसारमा जीवन” भन्ने उप-शीर्षकमनि दिइएको विषय-वस्तुमाथि विचार-विमर्श गर्नु होस्। अनुकूल भएमा रीजनिङ्ग पुस्तकको पाना २२७-३२-मा उल्लिखित “परमेश्वरको राज्यको उपलब्धि के हुनेछ?” भन्ने प्रश्नमनि पाइने थप जानकारी माथि पनि छलफल गर्न सकिन्छ। नत्र भने सोझै सधैंभरि बाच्न सक्नुहुन्छ पुस्तक घरधनीको सामुन्ने प्रस्तुत गर्दै उनको ध्यान १३-औं अध्यायमा आकृष्ट गर्न सक्छौं। हामीले उक्त छलफल यो प्रश्न सोध्दै टुङ्ग्याउन सक्छौं: “तपाईंको विचारमा के परमेश्वरको सरकारले यी परिवर्तनहरू साँच्चै नै ल्याउनेछ र?” घरधनीले चासो व्यक्त गरेमा पुनः भेटका लागि प्रबन्ध मिलाउन सकिन्छ।
३ अथवा हामी यसो भन्न सक्छौं:
▪“हामी सबैले दिनदिनै सामना गर्नु पर्ने गाह्रो समस्याहरूबारे निकै नै चिन्ता व्यक्त गरिएको सुनिन्छ। के तपाईंलाई यी समस्याहरूबाट मुक्त हुने केही आशा छ जस्तो लाग्छ? [टिप्पणी गर्ने मौका दिनुहोस्।] कोही भन्छन् परमेश्वरले हाम्रो वास्तै गर्नु हुन्न। तर यहाँ हेर्नुहोस्, उहाँले प्रकाश २१:३, ४-मा के प्रतिज्ञा गर्नु भएको छ।” ती पदहरू पढ्नु होस्। ठीक यतिखेर सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक अथवा के यो संसार रहिरहनेछ भन्ने पर्चा प्रस्तुत गर्न मिल्छ। पर्चा चलाउनु भएको खण्डमा पाना २ र ३-मा “यस संसारको भविष्य” उप-शीर्षकमनिको विषय-वस्तुमाथि विचार गर्न सकिन्छ। अथवा “परमेश्वरले दुःख कष्ट किन रहन दिनु भएको छ?” भन्ने प्रश्न पहिले उठाउनु भएपछि सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक सोझै प्रस्तुत गर्नु होस्। अनि पुस्तकको ११-औं अध्याय औंल्याउँदै यसबारे अर्को पटक छलफल गर्ने प्रबन्ध मिलाउनु होस्।
४ घरधनी अति नै व्यस्त छन् भने नयाँ पत्रिकाको कुनै एउटा लेख देखाउँदै त्यसबाट कुनै खास बुँदालाई औंल्याउनु होस् र त्यसबारे सङ्क्षिप्तमा टिप्पणी गर्नु होस्।
तपाईंले पत्रिका सायद यसो भन्दै प्रस्तुत गर्न सक्नुहुन्छ:
▪“उक्त विषयबारे यस लेखले अझ विस्तृत विवरण दिनेछ। [पहिले नै छान्नु भएको एक वा दुई वाक्यांश पढेर सुनाउनु होस्।] तपाईं र तपाईंको परिवार दुवैलाई प्रोत्साहित पार्ने कुराहरू यस लेखमा पाउनु हुनेछ। उक्त विषयमा तपाईंको चासो देखिएको हुनाले हामी यसको सङ्गको अर्को पत्रिका तपाईंसित छाड्न खुशी हुनेछौं। दुवैका लागि चन्दा हो रु६.००।”
५ मानवजातिले सामना गर्ने समस्याहरूको समाधान खोज्दा मानिसहरू अक्सर अन्योलमा परेका हुन्छन्। तथापि, तिनीहरूलाई भविष्यका लागि एउटा उज्यालो आशा दिने सौभाग्य हामीले पाएका छौं। (प्रेरित १७:२७) अतः शान्तिको साँचो श्रोत, परमेश्वरको राज्यतर्फ मानिसहरूको ध्यानलाई आकृष्ट गर्न हामी परिश्रमी होऔं।