प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 नोभेम्बर p. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • क्षेत्र सेवामा चनाखो हुनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • के तपाईंले सन्ध्याकालीन साक्षी दिने प्रयास गर्नुभएको छ?
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 नोभेम्बर p. ३

प्रश्‍न पेटी

▪ खतरापूर्ण क्षेत्रमा काम गर्दा कस्तो सतर्कता अपनाउनु पर्छ?

१ विशेषगरि शहरी क्षेत्रमा हिंसा, लुटपाट तथा सामाजिक अस्तव्यस्तताका बढ्‌दो रिपोर्टहरू सुन्छौं। यसले गर्दा हामी चिन्तित त छौं, तथापि, राज्यको सुसमाचारप्रति इमान्दार व्यक्‍तिहरू त्यस्ता ठाउँहरूमा पनि छन्‌ भनी हामीलाई थाहा छ। अतः परमेश्‍वरले रक्षा गर्नुहुन्छ भनी निर्धक्क भइ उपयुक्‍त समयमा हाम्रो प्रचार-कार्य बढाउन हामीले साहस बटुल्नु पर्छ।—हितो. २९:२५; १ थिस्स. २:२.

२ सम्भावित खतरापूर्ण क्षेत्रहरूमा जाँदा हामीहरू सतर्क भएको र सही निर्णय गरेको यहोवा चाहनु हुन्छ। चनाखो हुनुहोस्‌। “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितो. २२:३) अनुभवी प्रकाशकहरूले दुई दुई जना मिलाएर, आवश्‍यक परेमा केही प्रकाशकहरूको समूहमा एकसाथ काम गर्नुको औचित्यलाई मूल्यांकन गर्छन्‌। उपदेशक ४:९, १२ ले यसो भन्छ: “एकभन्दा दुइ असल हो। . . . यदि मानिस एक्लै छ भने कुनै आक्रमणकारीले त्यसलाई जित्नसक्छ, तर दुइ जनाले ता रोक्नसक्छन्‌।” अपराधीहरूले अक्सर एक्लो तथा सजिलै शिकार बनाउन सक्ने व्यक्‍तिहरूलाई ढुक्छन्‌।

३ अँध्यारो गल्ली र आवतजावत नहुने भऱ्‍याङ्‌गहरू भएर घरभित्र पस्नु पर्ने स्थानहरूमा बढी होसियार हुनुहोस्‌। घर वा डेराभित्रै पस्ने सम्बन्धमा सतर्क हुनुहोस्‌। धम्की वा चुनौती दिन खोज्नेहरूसित विवाद नगर्नुहोस्‌। आफू यहोवाको साक्षी हो भनेर चिनाउन ढिलासुस्ती नगर्नुहोस्‌। आफ्नो परिचय दिन केही प्रकाशकहरूले सधैं बाइबल या प्रहरीधरहरा या अक! पत्रिका साथै राख्ने गर्छन्‌।

४ त्यस क्षेत्रमा त्यसै हल्लिएर हिंडिरहेकाहरूलाई पनि याद गर्नुहोस्‌। लिफ्टभित्र पस्दा, भवनमा बसोबास नगर्ने व्यक्‍तिहरू मात्र छन्‌ जस्तो लागेमा त्यसभित्र प्रवेश गर्नदेखि सतर्क हुनुहोस्‌। महङ्‌गा गर-गहनाहरू नलगाउनुहोस्‌। साँझ परेपछि बाहिर जानु परेमा कम आवागमन हुने अन्धकार सडकहरूबाट नहिंड्‌नुहोस्‌। पैसा वा सरसम्पतिको लागि तपाईंलाई हमला गरेमा प्रतिरोध नगर्नुहोस्‌; तपाईंसँग भएको भौतिक सरसम्पतिभन्दा तपाईंको जीवन बढ्‌ता बहुमूल्य छ।—मर्कू. ८:३६.

५ प्रचार-कार्यमा नेतृत्व लिने भाइहरूले त्यस क्षेत्रमा प्रकाशकहरूले कहाँ, के गरिरहेका छन्‌, त्यसबारे निरन्तर चनाखो हुनु आवश्‍यक छ। एउटै क्षेत्रमा समूहलाई केन्द्रित गराउनु अत्युत्तम हुन्छ। यसो गर्दा सधैं सबै एकअर्काको नजिकै हुन्छन्‌। त्यस इलाकाको टोलछिमेकमा कुनै प्रकारको हिंसा वा खैलाबैला मच्चियो भने त्यस क्षेत्रबाट समूह तुरून्तै गइहाल्नु पर्छ।

६ हामी चनाखो र सतर्क भइरह्‍यौं भने धेरै अपराध हुने क्षेत्रहरूमा “घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने” व्यक्‍तिहरूसम्म हामी निरन्तर पुग्न सक्छौं।—इजकि. ९:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने