के तपाईंले सन्ध्याकालीन साक्षी दिने प्रयास गर्नुभएको छ?
१ आफ्नो काम फलदायी हुँदा हामी सबै आनन्दित हुन्छौं। अर्कोतिर, सकारात्मक परिणामहरू नहुँदा हाम्रो कार्य पट्टाइलाग्दो र असन्तोषपूर्ण हुनसक्छ। अर्थपूर्ण परिश्रम व्यक्तिगत तवरमा इनामदायी हुनुका साथै आशिष् हो। (उप. ३:१०-१३ तुलना गर्नुहोस्।) यस सिद्धान्तलाई हामी प्रचार कार्यमा अपनाउनसक्छौं। घर-घरको सेवकाईमा जाँदा र बाइबलबारे मानिसहरूसित सफलतापूर्वक वार्तालाप गर्दा आध्यात्मिक तवरमा हामी फुर्तिलो भएर घर फर्कन्छौं भनेर हामीलाई थाह छ। त्यसो गर्दा, कार्य सन्तुष्टि महसुस हुन्छ।
२ केही क्षेत्रहरूमा मानिसहरूलाई दिनको निश्चित समयमा घरमा भेट्न गाह्रो पर्छ। बिहानै मानिसहरूलाई भेट्न जाँदा केही ठाउँहरूमा ५० प्रतिशतभन्दा धेरै मानिसहरू घरमा हुँदैनन् भनेर प्रतिवेदनले देखाउँछ। थुप्रै मण्डलीहरूले सन्ध्याकालीन साक्षीको प्रबन्ध मिलाएर यस समस्यालाई हल गरेका छन्। त्यसो गर्दा तिनीहरूले सफलता पाएका छन्। प्रकाशकहरूको प्रतिवेदनअनुसार साँझपख जाँदा थुप्रै मानिसहरू घरमा भेटिन्छन्। अनि त्यस समयमा साधारणतया मानिसहरू अधिक तनाउमुक्त र परमेश्वरको राज्य सन्देश सुन्न इच्छुक भएका हुन्छन्। के तपाईंले आफ्नो क्षेत्रमा सन्ध्याकालीन साक्षी दिने प्रयास गर्नुभएको छ?—मर्कू. १:३२-३४ तुलना गर्नुहोस्।
३ प्राचीनहरूले सन्ध्याकालीन साक्षीको प्रबन्ध गर्छन्: केही क्षेत्रहरूमा अपराह्न ३-४ बजे वा गोधुलीको बेला क्षेत्र सेवकाई सभाहरू सञ्चालन गर्दा थुप्रैले क्षेत्र सेवकाईमा भाग लिएका छन्। अपराह्न पाठशालाबाट फर्केर आउने जवान प्रकाशकहरू र बेलुकी जागिरबाट आउने वयस्कहरूलाई यस कार्यमा निम्त्याउन सकिन्छ। साप्ताहन्तको क्षेत्र सेवामा निक्लन नसक्ने केही प्रकाशकहरूका लागि साप्ताहिक सन्ध्याकालीन साक्षीकार्य नियमित तवरमा प्रचार गर्ने व्यवहारिक तरिका सिद्ध भएको छ।
४ तपाईंले सन्ध्याकालीन साक्षीकार्यमा गर्नसक्ने थुप्रै क्रियाकलापहरू छन्। तपाईं पत्रिकाहरू वा त्यस महिनाभरि चलाउने साहित्य प्रस्तुत गर्नुभएर घर-घर साक्षी दिन सक्नुहुन्छ। प्रकाशकहरूले बिहानपख वा सप्ताहन्तमा भेट्न नसकेका मानिसहरूलाई भेट्ने उपयुक्त समय साँझपख हो। कार्यस्थलबाट घर फर्केका मानिसहरूलाई भेटेर सडक साक्षी दिन सकिने फलदायी क्षेत्र पनि होला। चासो देखाउने मानिसहरूसित पुनःभेट गर्ने उत्कृष्ट समय साँझपख हो भनेर थुप्रैले स्वीकार्छन्।
५ सतर्क र बुद्धिमान हुनुहोस्: साँझपख वा झपक्क अँध्यारो भएपछि केही क्षेत्रहरूमा जानु खतरनाक हुनसक्छ। राम्ररी बत्ती बल्ने सडकहरूमा दुइ दुइ वा समूहगत रूपमा हिंड्नु र आफूलाई सुरक्षित महसुस हुने घर वा बिल्डिङमा मात्र गएर साक्षी दिनु बुद्धिमानी हुनेछ। घरधनीले देख्नसक्ने ठाउँमा उभिएर ढोका ढकढकाउनुहोस् र आफ्नो परिचय स्पष्टसित दिनुहोस्। विवेकी हुनुहोस्। परिवारले खाना खाँदै गरेको बेला वा त्यस्तै अनुपयुक्त समयमा पुग्नुभयो भने अर्को पटक भेट्ने प्रस्ताव राख्नुहोस्। राती अबेरसम्म अर्थात् घरधनी आराम गर्ने तरखर गर्दैगरेको समयसम्म साक्षी दिनुभन्दा साधारणतया झमक्क साँझ पर्नअघि आफ्नो साक्षीकार्यलाई स्थगित गर्नु बेस हुन्छ।
६ ग्रीष्मकालमा साँझ लामो हुने भएकोले विशेषगरि त्यो समय सन्ध्याकालीन साक्षीको लागि उपयुक्त हुन्छ। हामीले परमेश्वरलाई ‘दिनरात पवित्र सेवा’ चढाउँदा यहोवाले निश्चयै हाम्रा प्रयासहरूमा आशिष् दिनुहुनेछ।—प्रका. ७:१५.